Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ ‘जनसाङ्ख्यिक सूचक’ नामक पुस्तिका र ‘जनसङ्ख्या साक्षरता’ पुस्तक सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयमा आइतबार एक कार्यक्रमकाबिच जनसङ्ख्या साक्षरता पुस्तक तथा जनसाङ्ख्यिक सूचक सार्वजनिक गरिएको हो । जनसख्या साक्षरता पुस्तकमा नेपालमा जनगणना उपयोगिता, अभ्यास तथा गुणस्तरका चुनौतीहरू ,जनसङ्ख्याको आकार संरचना वितरण एवम् वृद्धि मापन तथा प्रक्षेपण विधि, शैक्षिक तथ्याङ्क र जनसाङ्ख्यिक सूचकमा चार सयभन्दा बढी सूचकहरू समावेश गरिएको छ ।  पुस्तक राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख अर्जुनप्रसाद पोखरेलले सार्वजनिक गरेका हुन् । 

Read More

काठमाडौं । नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने निर्णय गरेकोमा भारतले असन्तुष्टि जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालले एकतर्फी निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका छन् । गत बिहीबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद बैठकले एक सय रुपैयाँको नोटमा अहिलेको नक्साको सट्टा चुच्चे नक्सा राख्ने निर्णय गरेको थियो । त्यसबारे भारतका पत्रकारहरुले विदेशमन्त्री जयशंकरसँग जिज्ञासा राखेका थिए । त्यसको जवाफ दिने क्रममा विदेशमन्त्री जयशंकरले भने, ‘हाम्रो धारणा स्पष्ट छ, नक्सा परिवर्तन भए पनि धरातलीय यथार्थ परिवर्तन हुँदैन ।’ नेपाल सरकारको निर्णयबारे विस्तृत जानकारी नभएको बताउँदै उनले सीमाबारे दुई देशबीच स्थापित संयन्त्रमा छलफल भइरहेका बेला नेपालले एकतर्फी निर्णय…

Read More

काठमाडौं । जापानका विदेशमन्त्री योको कामीकावा आइतबार नेपाल भ्रमणमा आउँदै छिन् । जापानबाट पाँच वर्षपछि विदेशमन्त्रीको भ्रमण हुन लागेको हो । कामीकावा माडागास्कार, आइभोरिकोस्ट, नाइजेरिया र फ्रान्स हुँदै श्रीलंकापछि नेपाल आउन लागेकी हुन् । विदेशमन्त्री कामीकावाले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनले आइतबारै उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग द्विपक्षीय औपचारिक वार्ता गर्नेेछिन् । परराष्ट्र मन्त्रालयले जापानी विदेशमन्त्रीको भ्रमणमा दुई देशबीच सम्बन्धका सबै पक्षमा छलफल हुने जनाएको छ । ‘औपचारिक वार्तामा नेपाल जापान सम्बन्धका सबै पक्षबारे पुनरावलोकन हुनेछ । द्विपक्षीय सहयोग र सहकार्यका विषयमा छलफल हुन्छ । अन्तर्राष्ट्रिय मञ्चमा पनि सहयोग आदान–प्रदानबारे कुराकानी हुनेछ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले…

Read More

काठमाडौँ। नेपाल पत्रकार महासङ्घको २७औँ महाअधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनको उद्घाटन गरेका छन् । महाअधिवेशनमा देशभरका विभिन्न शाखाका राष्ट्रिय परिषद् सदस्यहरू सहभागी छन् । यसअघि विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आजै बिहान महासङ्घको अगुवाइमा प्रभातफेरी आयोजना गरिएको छ । महासङ्घको २७औँ महाअधिवेशन समेतका अवसरमा आयोजित प्रभातफेरी रत्नपार्क शान्तिबाटिकाबाट सुरु भई भृकुटीमण्डपस्थित महाअधिवेशनस्थल राष्ट्रिय सभागृहमा पुगेर समापन गरिएको थियो । प्रभातफेरीमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, पदाधिकारी, पूर्वअध्यक्ष, विभिन्न सञ्चारगृहमा आबद्ध पत्रकारहरुको सहभागिता थियो । प्रभातफेरीमा नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठन नेपाललगायत सङ्घसङ्गठनका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो…

Read More

झापा । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ। इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवामा समस्या देखिएको स्वीकार गरेका छन्। तर, उनीहरूले के समस्या देखिएको हो प्रस्ट पारेका छैनन्। वर्ल्डलिंक, सुबिसु, भायनेटलगायत इन्टरनेट प्रदायकहरूको सेवामा समस्या देखिएको हो। बिहीबार करिब ४ बजेदेखि उत्पन्न समस्या हालसम्म पनि समाधान हुन सकेको छैन। प्रयोकर्ताहरुको अनुसार केही महिनादेखिनै समस्या आइरहेकाले इन्टरनेट सम्बन्धिका कामहरुमा कठीनाई व्यहोर्नु परेको बताउँछन् ।

Read More

काठमाडौं : आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका  साथ मनाइँदैछ। मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले  हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ।  यसै अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना गर्ने भएको छ। सोही समारोहमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा योगदान गरेका व्यक्ति तथा सङ्घसंस्था मध्येबाट सर्वोत्कृष्टलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम छ। सरकारले कृषि, पर्यटन, ऊर्जासँगै सूचना प्रविधिलाई पनि आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्वीकार गरी यसको विकास एवं प्रवर्द्धनका विविध कार्यक्रम कार्यान्वयन गर्दै आएको छ।…

Read More

काठमाडौं । ओमानले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि ओमानले आकिब इलियासको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । ओमानले विश्वकपमा जिशानको ठाउमा इलियासलाई कप्तान बनाएको छ । विश्वकप खेल्ने ओमानको टोलीमा आकिब इलियास (कप्तान), जिशान मकसुद, कश्यप प्रजापति, प्रतीक आठवले (विकेट), अयान खान, शोएब खान, मोहम्मद नदीम, नसीम खुशी (विकेट), मेहरान खान, बिलाल खान, रफिउल्लाह, कलीमुल्लाह, फय्याज बट, शकील अहमद रहेका छन् । त्यस्तै रिजर्व खेलाडीमा जतिन्दर सिंह, समय श्रीवास्तव, सुफयान महमूद र जय ओडेद्रा रहेका छन् । ओमान विश्वकपको समुह बी…

Read More

झापा । झापाको मेचीनगरमा प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीय ड्राइगन युथ क्लब मेचीनगरको आयोजनामा बैशाख १९ गतेदेखि प्रदेश स्तरीय सुपर सिस क्रिकेट प्रतियोगिता आयोजना हुने भएको हो । मेचीनगर- ९ स्थित टिमाइ बाटिका खेलमैदानमा आयोजना हुने प्रतियोगितामा दमक, भद्रपुर, केचना, धुलाबारी , काँकरभिट्टा, माेरङ र विदेशी २ टिमसहित १६ टिमकाे सहभागीता रहने खेल संयाेजक राजु धिमालले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, मेडल र प्रमाण पत्र एवम् द्वितीय हुनेलाई २० हजार मेडल र प्रमाण पत्र प्रदान गरिने टिमाइ वाटिका खेल मैदान संरक्षक हाेमनाथ पाैडेलले बताए । नयाँ खेलाडीकाे उत्पादन, खेलाडीहरुकाे क्षमता विकास गर्न…

Read More

इलाम । इलाम बजारमा नेकपा एमालेको विजय सभामा सहभागी भएर फर्किंदै गरेको पिकअप गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। को २ च ४४७ नम्बरको पिकअप गाडी इलाम नगरपालिका ५, बिब्ल्टे बजार नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते तीन जनालाई उपचारको लागि झापा अस्पताल रेफर गरिएको छ। सामान्य घाइतेको इलाम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। गाडी चालक इलाम नगरपालिका ५ का ३१ वर्षे राजन खत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

Read More

झापा । इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन्। शनिबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाममा सुहाङ २७ हजार ७ सय ७२ मत प्राप्त गरी विजयी भएका हुन्। नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्का दोस्रो भए। उनले २१ हजार ९ सय ४२ मत पाए। सुहाङभन्दा डम्बर ५ हजार ८ सय ३० मतले पछि परे। त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गरेका छन्। उनी तेस्रोमा रहे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० मत प्राप्त गरी चौथो स्थानमा रहे। यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित…

Read More