Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडौँ । सर्वोच्च अदालत परिसरबाट ५ चैत २०८० मा दुर्गा प्रसाईंका सुरक्षा गार्डबाट बरामद गरिएको हतियार ‘इजाजत दिन नमिल्ने’ प्रकृतिको रहेको छानबिन समितिको निष्कर्ष छ । सहसचिव राजेन्द्रदेव पाण्डे नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाउँदै सो हतियार ‘इजाजत दिन मिल्ने खालको नदेखिएको’ ठहर गरेको हो । समितिले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमा भनिएको छ,‘सर्वोच्च अदालत परिसरमा फेला परेको हतियार कानुनले तोके अनुसार इजाजत दिन मिल्ने खालको नदेखिएको र इजाजत दिने निर्णयमा समेत देशभर लैजान पाउने गरी इजाजत नदिइएको पाइएको छ ।’ छानबिन समितिमा कानुन महाशाखाका उपसचिव ऋषि पौडेल र प्रहरी उपरीक्षक सन्तोष भट्टराई सदस्य र उपसचिव एकदेव अधिकारी सदस्य–सचिव…

Read More

काठमाडौँ । नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनी ११ हजार ६१२ मतका साथ निर्वाचित भएका हुन् । यसैगरी निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत प्राप्त गरे । निर्वाचन आयोगले यसबारे औपचारिक घोषणा गर्न बाँकी छ । बझाङ प्रदेशसभा १ मा आइतबार मध्यान्हदेखि मतगणना सुरु भएको थियो । यसअघि कांग्रेसले जितेको उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचनमा भने एमालेले बाजी मारेको हो। २०७९ सालमा भएको निर्वाचनमा विजयी पृथ्वीबहादुर सिंहको निधन भएपछि शनिबार बझाङमा उपनिर्वाचन भएको हो । २०७९ को निर्वाचनमा माओवादी र एकीकृत समाजवादीको साथ पाउँदा कांग्रेसका पृथ्वीबहादुर सिंह…

Read More

झापा । इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । २९ हजार १५२ सदर मत मध्ये एमाले उम्मेदवार नेम्वाङले ११ हजार ६१९ मत पाएका छन् । यस्तै कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ६ सय ५९ मत पाउँदा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ७ हजार ४ सय ५२ मत पाएका छन् । तेस्रो स्थानमा रहेका डकेन्द्र डम्बरभन्दा २०७ मतले मात्र पछाडि छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बुले १५ सय ९६ मत मात्र पाएका छन् । फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिकाको मतगणना सम्पन्न भएको छ । इलाम २ मा अहिले माई नगरपालिकाको ६, ७ र ८ वडाको मतगणना…

Read More

झाप । झापाको मेचीनगरमा घर भाडामा लिएर अवैध अनलाइन व्यवसाय सञ्चालन गर्ने एउटा गिरोह पक्राउ परेको छ । मेचीनगर नगरपालिका –९ स्थित शैलेन्द्र पोद्धारको घरमा राजश्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीले आइतबार छापा मारेर सो गिरोहलाई पक्राउ गरेको हो । सो घरमा अवैध अनलाइन व्यवसाय सञ्चालन भइरहेको विशेष सूचनाको आधारमा राजश्व अनुसन्धान विभागले छापा मारेर १० जना भारतीय नागरिकलाई पक्राउ गरेको जनाइएको छ । सो घटनाका मुख्य नाइकेसहित अन्य केही व्यक्ति अझै फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको स्रोतले जनाएको छ । घरमा छापा मारेर संयुक्त टोलीले ४० वटा मोबाइल , एउटा प्रिन्टर, ७ वटा ल्यापटप, एउटा सीसी क्यामेरा…

Read More

इलाम । प्रतिनिधि सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ । २१ हजार ८१० मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार ६१८ को मतान्तर बनाएका हुन् । सुहाङले ८ हजार ८९८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ६ हजार २८० मत ल्याएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४ हजार ६३४ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार ३०५ मत सहित चौथो स्थानमा सीमित छन् ।

Read More

इलाम । प्रतिनिधि सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ । १८ हजार ९४८ मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार २८२ को मतान्तर बनाएका हुन् । सुहाङले ७ हजार ६७७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ५ हजार ३९५ मत ल्याएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४ हजार ५८ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार १६२ मत सहित चौथो स्थानमा सीमित छन् ।

Read More

काठमाडौं ।बझाङ-१ (क) मा भएको प्रदेशसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ। पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवारले पहिलो पटक अग्रता लिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ७ हजार ४ सय ८८ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ७ हजार २ सय ३९ मत ल्याएका छन्। त्यसै गरी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले २ हजार ८ सय ९४ मत प्राप्त गरेका छन्। यस्तै नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले २ हजार १ सय ०२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए।

Read More

मेचीनगर । मानव बेचबिखन र लैङ्गिक हिंसाको अन्त्यको अभियान भन्ने मुल नारासहित नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टामा सक्रिय गैर सरकारी संस्था आफन्त नेपालले परियोजना समिक्षा कार्यक्रमको अवसरमा काँकरभिट्टा सिमानाकामा रहेर मानव बेचबिखन नियन्त्रण तथा रोकथाममा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दैं दुईवटा सुरक्षा निकायसहित एउटा संस्थालाई सम्मान गरिएको छ । आइतबार झापाको मेचीनगरमा “मानव बेचबिखन र लैङ्गिक हिंसाको अन्त्यको अभियान” भन्ने मुल नारासहित गैर सरकारी संस्था आफन्त नेपालले परियोजना समिक्षा कार्यक्रमको अवसरमा प्रमुख अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीलेको बाहुलीबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक मीमबहादुर लामा, सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सिमा सुरक्षा गुल्म काँकरभिट्टाका प्रमुख सशस्त्र…

Read More

इलाम क्षेत्र नम्बर २ मा अहिलेसम्म फाकफोकथुम गाउँपालिकाका ६ वटा वडाको मतगणना सकिएको छ। वडा नम्बर १, २, ३, ४, ५ र ६ को मतगणनामा नेकपा एमालेका सुहाङ नेम्वाङले ३७८३ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ। कुल ८०६३ सदर मतमध्ये उनले करिब ४७ प्रतिशत मत ल्याएका हुन्। नेम्वाङलाई प्राप्त मत निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको तुलनामा १००१ ले बढी छ। खड्काले २७८२ मत ल्याएका छन्। यो सदर मतको करिब ३५ प्रतिशत हुन्छ। अहिलेसम्मको मतगणनाअनुसार ‘मूढा’ चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्रसिंह थेगिम लिम्बू तेस्रो स्थानमा छन्। उनले ७८४ मत ल्याएका छन्। त्यस्तै, चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ५६१ मत…

Read More

इलाम । इलाम–२ उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई उछिनेका हुन् । शीर्ष स्थानका लागि नेपाली कांग्रेस र नेकपा एमालेबिच कडा प्रतिस्पर्धा भइरहेको छ । सुहाङले २ हजार ५४२ मत पाएका छन् भने खड्काको २ हजार १९७ मत रहेको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले ५९३ मत पाउँदा रास्वपाका मिलन लिम्बुले ३ सय ७९ मत पाएका छन् ।

Read More