Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

झापा । निद्रा केवल विश्रामको समय मात्र होइन, यो सम्पूर्ण स्वास्थ्यको मेरुदण्ड हो। आजको द्रुत जीवनशैली, मोबाइल स्क्रिनमा बित्ने अबधि, कामको तनाव र अनियमित तालिकाले धेरै नेपालीको निद्रामा प्रत्यक्ष असर गरिरहेको छ। चिकित्सकहरू चेतावनी दिन्छन् , “निद्रा नपुग्नुले दीर्घकालीन रूपमा जीवनशैलीमा गम्भीर असर पार्न सक्छ।” कति सुत्नुपर्छ ? निद्रा आवश्यकताको मात्रा उमेरअनुसार फरक हुन्छ। निद्रा नपुग्दा के के हुन्छ ? स्वास्थ्य विज्ञहरूका अनुसार पर्याप्त निद्रा नपुग्दा शरीर र मस्तिष्कमा गम्भीर असर पर्न सक्छ। किन हुँदैछ निद्रा समस्या? विशेषज्ञहरू भन्छन् — “मोबाइल, टिभी, ल्यापटप जस्ता स्क्रिनहरू सुत्नुअघि प्रयोग गर्नु निद्रा बिग्रिने मुख्य कारण हो। साथै, क्याफिनयुक्त पेय (जस्तै कफी), अनियमित सुत्ने…

Read More

काठमाडौं, साउन १८ ।महिला कोपा अमेरिका फुटबल प्रतियोगितामा ब्राजिलले कोलम्बियालाई सडनडेथ पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै लगातार पाँचौं पटक उपाधि जितेको छ। आइतबार राति इक्वेडरको रोड्रिगो पाज डेल्गाडो रंगशालामा सम्पन्न रोमाञ्चक फाइनल खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयसम्म ४–४ को बराबरी भएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। यससँगै ब्राजिलले प्रतियोगिताको इतिहासमा कुल नौ पटक उपाधि जित्न सफल भएको छ। कोलम्बियाका लागि भने यो चौथो पटक फाइनलमा ब्राजिलसँगै पराजित हुने लज्जास्पद इतिहास दोहोरिएको छ। यसअघि २०१०, २०१४ र २०२२ को संस्करणमा पनि कोलम्बिया ब्राजिलसँगै फाइनलमा हार्दै उपविजेतामा सीमित रहनुपरेको थियो। तेस्रो स्थानमा अर्जेन्टिना तेस्रो स्थानका लागि शनिबार बिहान भएको…

Read More

– होमराज राई, समय अनुसार नेतृत्वको परिभाषा परिवर्तन हुँदै गएको छ। नेतृत्व केवल पद र अधिकार होइन, त्यो दायित्व, दृष्टिकोण र प्रेरणाको विषय हो। परम्परागत दृष्टिमा नेता भनेको आदेश दिने, नियन्त्रण गर्ने व्यक्ति मानिन्थ्यो,– शक्ति र अधिकारमा आधारित। तर आधुनिक युगमा, नेतृत्वको नयाँ परिभाषा उदाउँदै छ ,– सेवा, नम्रता, र सहकार्यमा आधारित नेतृत्व। आजको प्रश्न हो: सफल नेतृत्व शक्ति हो कि सेवा ? नेतृत्व के हो ? नेतृत्व भन्नाले कुनै व्यक्ति वा समूहले अरूलाई मार्गदर्शन, उत्प्रेरणा र समर्थन दिँदै साझा उद्देश्यतर्फ अग्रसर गराउने प्रक्रिया हो। यो केवल आदेश दिने वा नियन्त्रण गर्ने अभ्यास होइन, बरु दूरदृष्टि, उत्तरदायित्व, सहकार्य, र आदर्श…

Read More

लोकप्रिय मेसेजिङ प्लाटफर्म ह्वाट्सएपले कम प्रकाशयुक्त ठाउँमा फोटोग्राफीलाई उत्कृष्ट बनाउनका लागि आफ्नो एन्ड्रोइड एपमा एक नयाँ फिचरको तयारी गरिरहेको छ । समाचार अनुसार उक्त नाइट मोड फिचर ह्वाट्सएपको नयाँ बिटा भर्सनको क्यामेरा इन्टरफेसमा देखिएको छ । उक्त फिचरको उद्देश्य कम प्रकाशमा उत्कृष्ट तथा सफासँग देखिने तस्वीर खिच्नु हो, ताकि कुनै बाहिरी फिल्टर आवश्यक नपरोस् । नाइट मोडले कसरी काम गर्छ ? WABetaInfo का अनुसार WhatsApp Beta for Android v2.25.22.2 मा यो नयाँ फिचर देखिएको छ । यसको क्यामेरा इन्टरफेसको दायाँ माथिपट्टि कर्नरमा फ्लास आइकनकै छेउमा चन्द्रमा आकारको आइकन थपिएको छ । उक्त आइकनलाई ट्याप गरेपछि नाइट मोडलाई अन/अफ गर्न सकिन्छ…

Read More

काठमाडौँ । थाईल्यान्ड र क्याम्बोडियाले “बिनासर्त तत्काल लागू हुने” गरी युद्धविराम गर्न सहमत भएका छन् । मलेशियाको मध्यस्थतामा दुई देशका प्रधानमन्त्रीहरूबीच भएको शान्तिवार्तापछि यो सहमति घोषणा गरिएको बीबीसीले जनाएको छ। शान्तिवार्तापछि आयोजित पत्रकार सम्मेलनमा क्याम्बोडियाका प्रधानमन्त्री हुन मानेत र थाईल्यान्डका कार्यवाहक प्रधानमन्त्री पुमताम वेचयचाईले सहमतिलाई ऐतिहासिक कदमको रूपमा व्याख्या गरे। उनीहरूले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ सरकारलाई शान्ति प्रक्रिया अघि बढाउन भूमिका खेलेकोमा धन्यवाद व्यक्त गरे। दुवै देशबीचको तनाव पछिल्लो समय उच्च विन्दुमा पुगेको थियो। गत साता सीमावर्ती क्षेत्रमा भएको सैन्य झडपमा कम्तीमा ३३ जनाको मृत्यु भएको थियो। अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिणपूर्वी एसियाका यी दुई छिमेकी देशलाई वाशिङ्टनसँगको व्यापार…

Read More

झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा राज्यले जिम्मेवार ढंगले अगाडि नबढेको भन्दै सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार बिर्तामोडमा आयोजना गरेको सरोकारवालाबीचको बैठकमा सहभागीले मानव बेचबिखन विभिन्न स्वरूपमा फैलिँदै गएको र राज्य गम्भीर नदेखिएको बताएका हुन्। बैठकमा मानव बेचबिखन र ओसारपसारलाई मानव अधिकारको गम्भीर उल्लंघनका रूपमा व्याख्या गर्दै सहभागीहरूले यसको नियन्त्रणका लागि राज्य, स्थानीय सरकार तथा सरोकारवाला निकायहरूको साझा प्रयास अपरिहार्य रहेको धारणा राखे। स्थानीय तहहरूले समेत नीति निर्माण गरी, मानव बेचबिखनविरुद्ध क्रियाशील समितिहरूलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिइएको थियो। बैठकमा प्रलोभनमा पारेर मानिस ठगिने, बेचिने, यौन तथा श्रम शोषणमा पारिने घटना बढ्दै…

Read More

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने घोषणापछि नेकपा एमाले भित्र यस विषयमा औपचारिक निर्णय गर्ने तयारी भएको छ। आज च्यासलस्थित पार्टी कार्यालयमा बसेको पोलिटब्युरो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति भइसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्किनु गम्भीर विषय रहेको टिप्पणी गरेका छन्। पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, अध्यक्ष ओलीले राष्ट्रपति राष्ट्रको परमाधिपति र गणतन्त्रको प्रतीक भएकाले यस्तो व्यक्तिले सक्रिय राजनीतिमा फर्कने विषयमा गम्भीर छलफल आवश्यक रहेको बताएका थिए। पूर्वराष्ट्रपति भण्डारीले पार्टीको सदस्यता नविकरण गरी राजनीतिमा सक्रिय हुने संकेत दिएकी छन्। तर, पार्टीभित्रै यस विषयमा मत विभाजन देखिएको छ। एक पक्षले राष्ट्रपति पदको गरिमा कायम राख्दै राजनीतिमा फर्किन…

Read More

काठमाडौँ। दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यु–२० च्याम्पियनसिपमा नेपाल श्रीलङ्काविरुद्धको खेलमा विजयी भएको छ । बङ्लादेशको ढाकास्थित बसुन्धरा किङ्स इरिनाको अभ्यास मैदानमा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ७-० गोलअन्तरले पराजित गरेको हो । यसअघि पनि पहिलो खेलमा नेपालले श्रीलङ्कालाई समान ७-० गोल अन्तरले नै हराएको थियो । योसँगै नेपालले चार खेलबाट ९ अङ्क जोडेको छ । चार खेल खेलेको श्रीलङ्का भने अङ्कविहीन छ । श्रीलङ्विरुद्धको खेलमा आज पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा तीन गोल थप्यो । नेपालका लागि कुसुम खतिवडा र समीक्षा मगरले समान दुई-दुई गोल गरे । पूर्णिमा राई, बिर्सना चौधरी र सरिता नाथले समान…

Read More

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्र पढ्ने र विभिन्न मन्त्रालयका मन्त्रीहरूले मौखिक प्रश्नहरूको उत्तर दिने कार्यसूची छ। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२ू माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत गर्ने छन्।

Read More

झापा । प्रधानमन्त्री केपी ओलीले ईलामको माई नगरपालिका–२ मा आयोजना गरिएको विशेष समारोहमा खानेपानी आयोजना शिलान्यास, माई नगर अस्पतालको उद्घाटन तथा सुकुम्बासीलाई जग्गाधनी प्रमाण–पुर्जा वितरण गरेका छन्। १५ शैयाको क्षमता भएको माई नगर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताए। साथै, शुद्ध र सुरक्षित खानेपानी पहुँचका लागि निर्माण हुन लागेको आयोजनाले हजारौं स्थानीयलाई लाभ पुर्‍याउने अपेक्षा गरिएको छ। कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेत, प्रदेशसभा सदस्य सुहाङ नेम्बाङ, कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्की, पूर्वमुख्यमन्त्री शेरधन राईलगायतको उपस्थिति रहेको थियो। सुकुम्बासीलाई जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै प्रधानमन्त्री ओलीले सरकारको प्राथमिकतामा भूमिहीन नागरिकको अधिकार सुनिश्चित गर्नु…

Read More