Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडौँ । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना जारी रहेको छ । प्राप्त पछिल्लो मत गणनाको विवरण अनुसार एमालेका दमनबहादुर भण्डारीले १५९३ मत प्राप्त गरेका छन् । त्यस्तै माओवादी केन्द्रका जनकबहादुर बुढाले ९९८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९५५ मत प्राप्त गरेका छन् ।  त्यस्तै एकीकृत एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५९५ प्राप्त गरेका छन् । बझाङको यस क्षेत्रमा अहिलेसम्मको गणनामा ४२१४ मत सदर भएको छ ।

Read More

इलाम । इलाम–२ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । कांग्रेसका डम्बरबहादुर विष्टले ६५७ मत पाउँदा नेकपा एमालेका सुहाङ नेम्वाङले ५३४ मत पाएका छन् । तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १८७ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले ११५ मत पाएका छन् । यो मत परिणाम फाकफोथुम–१ वडाको गणना हुँदा आएको हो ।

Read More

धनगढी । उपनिर्वाचन भएको बझाङ प्रदेश सभा (१) मा दिउँसो १ बजेदेखि मत गणना हुने भएको छ । भर्खरै सम्पन्न सर्वदलीय बैठकले १ बजेदेखि मत गणना गर्ने निर्णय गरेको हो । मतपेटीका संकलन सकिएपछि निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको थियो ।

Read More

झापा । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मतदानपश्चात् मतपेटिका संकलन गर्न थालिएको छ। मतपेटिका इलाम ७ मा रहेको गौतमबुद्ध सम्मेलन केन्द्रमा संकलन गरिएको हो। यसअघि बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिएको थियो । १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ६६ हजार मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए। उनका अनुसार करिब ५७ प्रतिशत मत खसेको हो ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम–२ मा प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन्। कार्यालयका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान भएको हो। जहाँ ७४५…

Read More

इलाम । इलाम २ मा आज सम्पन्न उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको इलाम २ मा ५७ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार करिब ६६ हजारले मतदान गरेका छन् । मतगणना आजै रातीबाट सुरु गर्ने तयारी छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गरिएको हो । मतदान सम्पन्न पश्चात् मतगणना स्थल सदरमुकामको गौतमबुद्ध सभागृहमा यो समाचार तयार पार्दासम्म मतपेटिका ल्याउने क्रम जारी रहेको छ ।  आजै राती १०-११ बजेसम्ममा सबैतिरबाट मतपेटिका ल्याइसक्ने अपेक्षा मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चाँडो मतपेटिका…

Read More

काठमाडौँ । इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बूले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् । लिम्बूले मतदान गर्न जादा पार्टीको चुनाव चिन्ह अङ्कित ब्याच लगाएर गएपछि आचारसंहिता उलंघन भएको हो । उनले कोटबाहिर स्पष्ट देखिनेगरी रास्वपाको चुनाव चिन्ह घण्टी भएको लोगो लगाएर मत दिएर निर्वाचन आचारसंहिताको उल्लंघन गरेका हुन् । उनीविरुद्द उजुरी परेपछि निर्वाचन आयोगले छानबिन सुरु गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले रास्वपाको उम्मेदवारविरुद्ध आयोगमा आज उजुरी परेपछि आवश्यक कारबाही सुरु गरेको र स्थानीय प्रशासनलाई आवश्यक कारबाहीको पूर्ण अधिकार दिइएको बताएका छन् । लिम्बुले आफूले मतदान गरेको तस्बिर सामाजिक सञ्जालमा राखेपनि आचारसंहिता उलंघन भएको…

Read More

झापा । इलाम र बझाङमा मतदान सुरू भएको छ। आज ७ बजेबाट इलामको प्रतिनिधि सभा क्षेत्र नम्बर २ र बझाङको प्रदेशसभा १(१)का मतदान केन्द्रहरूमा मतदान सुरू भएको हो। इलामका सहायक निर्वाचन अधिकृत इन्द्र श्रेष्ठले सबै मतदान केन्द्रहरूमा मतदान सुरू भएको जानकारी दिए। ‘तोकिएकै समयमा सबै केन्द्रहरूमा मतदान शान्तिपूर्ण तरिकाले सुरू भएको छ,’ सहायक निर्वाचन अधिकृत श्रेष्ठले बताएका छन् । त्यस्तै बझाङमा पनि मतदान सुरू भइसकेको प्रमुख निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए। ‘केही ठाउँबाट सुरू भइसकेको जानकारी आएको छ। केही ठाउँमा बुझ्दै छौं। तोकिएकै समयमा मतदान सुरू भएको छ,’ उनले भने। निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको…

Read More

बिर्तामोड । झापामा बिद्यालय हातामा पाठ्यपुस्तक लगायतका शैक्षिक सामग्रीको खुलेआम बिक्री वितरण भईरहेको छ । विक्री भइरहेको सूचनापछि झापामा अनुगमनको तयारी गरिएको छ । जिल्लाका कतिपय पालिकाका सामुदायिक र संस्थागत विद्यालयले विद्यालय हाताबाटै शैक्षिक सामग्रीको विक्री बितरण गरेको थाहा भएपछि यसको अनुगमन गर्न लागिएको हो । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघ झापाका अध्यक्ष विनोद सापकोटाका अनुसार पालिकाको अनुगमन समिति, शिक्षा अधिकारी, सम्बन्धित वडाका वडा अध्यक्ष, राजश्व शाखा, स्थानीय प्रशासन, वाणिज्य संघ, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ लगायत सरोकार राख्ने टोलीले अनुगमन गर्ने भएको हो ।

Read More

काठमाडौं । आजबाट कक्षा १२ को परीक्षा सञ्चालन हुँदै छ। परीक्षामा नियमित र ग्रेडवृद्धि गरी ४ लाख ९१ हजार ४ सय ९७ परीक्षार्थी सहभागी हुँदै छन्। नियमिततर्फ ३ लाख ९० हजार ८ सय ९५ र ग्रेडवृद्धितर्फ १ लाख ६ सय २ परीक्षार्थी सहभागी हुँदै छन् । परीक्षामा १ हजार ५ सय २६ परीक्षा केन्द्र कायम गरिएको छ । परीक्षालाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्न ५२ हजार ४ सय ७१ जनशक्ति परिचालित हुनेछन् । त्यसमा सबैभन्दा धेरै सुरक्षाकर्मी परिचालन हुनेछ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित गरी १८ हजार ३ सय सुरक्षाकर्मी परिचालन हुनेछन् । परीक्षामा २७…

Read More

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । कम गुणस्तरका चाउचाउ भेटिएपछि कृषि तथा पशुपन्छी विभागले जरिवाना गराएको हो । बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना गरेको हो । वैशाख १२ गते तोकिएको जरिवाना कम्पनीले ७ दिनभित्र बुझाउनु पर्नेछ । महानगरपालिकाको वडा नं. ६, सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते चाउचाउ जफत गरियो । २०८० सालको चैत महिनामा उत्पादित ६० ग्राम तौल भएका, अधिकतम विक्री मूल्य २० रुपैयाँ पर्ने व्याच नं. AL/YL23…

Read More