काठमाडौं । आजबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने भएको छ। यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि गए रातिदेखि निर्वाचन आचारसंहिता लागु भएसँगै प्रचारप्रसार गर्न निषेध गरिएको हो। निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि वैशाख १२ गते राति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ। आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने व्यवस्थासमेत मिलाइसकेको छ । निर्वाचन आचारसंहिताबमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी लगायत गर्न तथा उम्मेदवारको…
Author: सन्देश पोस्ट
१२ बैशाख २०८१, बुधबार, होमराज राई, झापा । झापा जिल्ला ईसाई समाजले २५ औं बर्ष पुरागरी रजत महोत्सव मनाएको छ । ईसाई समाजको २५ औं वर्षको अवसरमा मंगलबार सिटी सेन्टर बिर्तामोडको भवनमा भब्य कार्यक्रम गरी रजत महोत्सव मनाएको हो । कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख संग्रौला , पाष्टर प्रकाश सुब्बा , पाष्टर दानियल सुब्बा , पाष्टर महेन्द्रजंग साम्पाङलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उप–प्रमुख नगेन्द्र प्रसाद संग्रोलाले भने–झापा जिल्ला प्रतिष्ठिट भएको जिल्ला हो । यहाँ बहु–धार्मिक,बह–सांस्कृतिक र बहु–जातिय भएको मुलुकमा कसैको एकलौटी शासन चल्दैन । संविधान २०७२ ले मौलिक हक अधिकारको रुपमा राखिसकेको छ र हाम्रो…
काठमाडौँ । सरकारले मंगलबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंलगबार नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेलेस्टाइन विद्रोहीको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले पेलेस्टाइन विद्रोहीको आक्रमणमा परेर नेपाली विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त समेत गरे । “सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायबाट ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल गएर काम गरिरहेको अवस्थामा हाम्रा विद्यार्थीहरूले पेलेस्टाइन विद्रोहीको आक्रमणमा परेर ज्यान गुमाउनु परेको घटनाले मलाई निकै दुःखी तुल्याएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “उक्त घटनामा परेर ज्यान गुमाउनुहुने विद्यार्थीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । उहाँका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।” उनले…
– होमराज राई, मेचीनगर । झापा जिल्ला ईसाई समाजको २५ औ बर्ष ऐतिहासिक रजत महोत्सवको तयारी पुरा भएको छ ।शुक्रबार बसेको समाजको बैठकले बैशाख ११ गतेका दिन बिर्तामोडको सिटी सेन्टरमा रजत महोत्सव हुने अन्तिम तयारी भैसकेको समाजको सचिव राजु चाम्लिङले जानकारी दिनुभएको हो । झापाको बिर्तामोड स्थित सिटी सेन्टरमा हुन गइरहेको रजत महोत्सवमा सम्माननीय सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यता रहनेछ । त्यसैगरी नेपाल ईसाई समाजका केन्द्रीय अध्यक्ष पास्टर प्रकाश सुब्बाबाट परमेश्वरको बचन बाचन हुनेछ । झापा जिल्ला ईसाई समाजले रजत महोत्वसलाई भब्य, सभ्य र ऐतिहासिक बनाउनका लागि बिभिन्न खालका उपसमितीहरुको निमार्ण,बिभिन्न चरणका अन्तरकृया,भेटघाट भएको जानकारी दिनुभयो । ऐतिहासिक रजत महोत्सवमा…
मेचीनगर। पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ एसियाली विकास बैंकको ऋण सहयोगमा स्तरोन्नति थालिएको यो सडक अन्तर्राष्ट्रिय मापदण्डअनुसारको हुनेछ । काँकरभिट्टादेखि लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ किलोमिटरका लागि मात्र ठेक्का लागेर काम सुरु भएको छ । आयोजनाले यो सडकलाई पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेको छ । काँकरभिट्टादेखि सीतापुरीसम्मको ४५ किलोमिटर सडक दमकस्थित कार्यालयले हेर्नेछ भने सीतापुरीबाट इटहरी पश्चिम पचरुखीसम्मको क्षेत्र इटहरी कार्यालयको कार्यक्षेत्रमा छ । पूर्वी खण्डमा २१ वटा पुल रहेका छन् भने १३५ वटा कल्भर्ट बन्ने छन् । ‘पाइल फाउन्डेसन’…
काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने भएका छन् । शनिबारदेखि सुरू हुने प्रतिनिधि परिषदको बैठक वैशाख १० गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने छ । शुक्रबार पत्रकार सम्मेलनमा एमालेका महासचिव शंकर पोखरेलले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने जानकारी दिएका छन् । उनले यस बैठकले पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयको निर्क्योल गर्ने बताए । बैठकमा मिसन ग्रासरुट संगठन सुदृढकरण अभियान र समृद्धिका लागि संकल्प यात्राका रुपमा गरेको झुलाघाट- चिवाभज्याङ यात्राको समीक्षा हुने उनले बताए । यसैगरी आगामी दिनमा वार्षिक कार्ययोजनाहरूलाई कसरी व्यवस्थित गर्ने…
काठमाडौं । युएईमा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो । युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । पुनले एक रेस्टुरेन्टमा काम गर्ने गरेको दूतावासले जनाएको छ । युएईमा दुई दिनदेखि भएको भिषण वर्षाका कारण बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ । बाढीका कारण युएईका सरकारी कार्यलय बन्द रहेको दूतावासले जानकारी दिएको छ । युएईमा अहिले भइरहेको बर्षा ७५ बर्ष यताकै ठुलो भएको बताइएको छ ।
काठमाडौँ । रुससँगको युद्धमा युक्रेनले हार्यो भने विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने दाबी गरिएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले यस्तो बताएका हुन् । उनले अमेरिकी कांग्रेसलाई राहत विधेयक पारित गर्न पनि माग गरेका छन् । युक्रेनलाई राहत प्याकेज दिने विषयमा अमेरिकी संसदमा शनिबार मतदान हुँदै छ । आफूहरूलाई हिजो यो पैसा चाहिएको तर आज वा भविष्यमा आवश्यकता नहुन सक्ने उनको भनाइ थियो । ‘हामीलाई बचाइएन भने युक्रेनले युद्ध हार्नेछ यसले अन्तर्राष्ट्रिय सुरक्षाको सम्पूर्ण प्रणाली ढल्नेछ । विश्वलाई सुरक्षाको लागि नयाँ प्रणाली चाहिनेछ,’ डेनिसले भनेका छन् । फेरि नयाँ तनाव उत्पन्न हुन सक्ने, यस्तै खालका कयौँ युद्धहरू देख्न सकिने र…
विराटनगर । कोशी प्रदेशमा राजनीतिक अन्योलताका बीच आज प्रदेश सभाको अधिवेशन बोलाइएको छ। कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले एमाले र माओवादीका ५२ सांसदको माग बमोजिम बिहीबार दिउँसो १ बजेलाई प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन्। कोशी प्रदेशमा राजनीतिक अन्योलता बढिरहेको छ। मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन माओवादी केन्द्र र एमालेले फिर्ता लिएपछि बढेको राजनीतिक अन्योलताले निकास पाउने अहिलेसम्म देखिएको छैन। मुख्यमन्त्री कार्कीले आफूले दुई वर्षसम्म विश्वासको मत लिनु नपर्ने दाबी गर्दै आफूलाई हटाउने प्रावधान संविधानमै नभएको दाबी गर्दै आएका छन्। त्यस्तै अर्कोतर्फ एमाले र माओवादी केन्द्रले भने समर्थन फिर्ता लिएपछि सरकार स्वतः अल्पमतमा पर्ने र प्रदेश सभामा विश्वासको मत लिनै पर्ने…