काठमाडौँ । चलचित्र मनसराको ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । अन्तरजातीय सम्बन्धको कथावस्तुमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधानको अभिनय छ । उपेन्द्र सुब्बा निर्देशित चलचित्रले साधारण कथालाई रोचक बुनाइबाट पेस गरेको छ । निर्देशक सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायाँकार शैलेन्द्रध्वज कार्की हुन् । यस्तै विष्णकुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बू थाक्लुङ सह–निर्माता हुन् । हेर्नुहोस् भिडिओ :
Author: सन्देश पोस्ट
विराटनगर । मोरङको विराटनगरस्थित रानीमा तनाव भएको छ । एक समूहले निकालेको मोटरसाइकल र्यालीलाई अर्को समूहले अवरोधको प्रयास गरेपछि दुवै पक्षबीच झडप भएको प्रहरीले जनाएको छ । झडपका क्रममा दुवै पक्षबीच ढुंगा हानाहान समेत भएको थियो ।सो क्षेत्रमा अवस्था नियन्त्रणमा लिन व्यापक प्रहरी परिचालन गरिएको र नियन्त्रणका लागि प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ । अहिले अवस्था सामान्य हुदै गएको प्रहरीले जनाएको छ ।
होमराज राई झापा । मान्छेले सबैभन्दा इमान्दार साथीका रुपमा कुकुरलाई लिने गर्दछ । पाणी शास्त्री र मानववैज्ञानिक जोन ब्रेडस् मान्छे र जनावरबीचको सम्बन्ध र आपसी व्यवहारको अध्ययन गर्ने गर्छन् । ‘इन डिफन्स अफ डग्स’ र ‘एनिमल्स एमोङ्ग अस’ किताबका लेखक जोन ब्रेडसले कुकुरमाथि अहिलेसम्मको गहिरो अध्ययन गरेका छन्ः विश्वव्यापी रुपमा कुकुर रुचाउनेहरुको संख्या क्रमिक रुपमा बढ्दै गएको छ । मानवीय सभ्यताको विकास क्रमसँगै कुकुरको साथ रहँदै आएको छ । कुकुरलाई सचेत र बफादार साथीका रुपमा लिने गरिन्छ । यहाँ कुकुरबारे कम जानकारीमा आएका तर रोचक तथ्यहरु समेट्ने प्रयास गरेका छौँ । कुकुरको बौद्धिक क्षमता ः औषत रुपमा कुकुरको बौद्धिक क्षमता…
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो नाममा फेक धितो ऋण खाता खोलेर ऋण प्रवाह भएको देखाइएको प्रतिक्रिया दिएका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमार्फत लामिछानेले आफ्नो नाममा फेक धितो ऋण खाता खोलेर ऋण प्रवाह भएको देखाइएको बताएका हुन् । साथै लामिछानेले के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो ? भन्दै प्रश्न समेत गरेका छन् । उनले आफ्नो पोष्टमा अनुसन्धानले सुप्रिम सहकारीमा ठगि गरेको कुनै प्रमाण अनुसन्धानबाट पुष्टि नभएको समेत दाबि गरेका छन् । उनले भनेका छन्- के अभियोगपत्रमा मैले गैरकानुनी ऋण लिएको भन्ने पुष्टी भएको छ र?अभियोगपत्रमा गोरखा मिडिया नेटवर्क प्रा.लि.मा तत्कालिन समयमा शेयरधनी रहेको…
पोखरा । साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन भएको छ । पंगेनीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाइ अस्पताल भर्ना गरिएको थियो । प्रकटका कविता, गजलका किताब प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’ जस्ता गीत चर्चित छन् । उनको बुधवार मध्यान्ह दाहसंस्कार गर्ने परिवार निकटले बताएका छन् ।
काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा, झापा गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-७ चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पाकी संचालक ३४ वर्षीया पुजा लोवा र चितवन वीरेन्द्रनगर घर भई हाल काठमाडौं महानगरपालिका-७ गंगाहिटी बस्ने ४३ वर्षीया पुजा मगर भन्ने ओम कुमारी पुन रहेका छन् । नवलपरासी पूर्वस्थित एक रेष्टुरेन्ट तथा काठमाडौं चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पामा नाबालिकालाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पुजा लोवालाई काठमाडौं चावहिल तथा ओम कुमारी पुनलाई काठमाडौं ज्ञानेश्वरबाट पक्राउ गरेको हो ।…
झापा । नक्कली सुन बेच्ने एकजना भारतीय नागरिकलाई प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको छ । बुद्धशान्ति गाउँपालिका–२ की ४५ वर्षीया सविता सिटौलालाई काँचो सुन भनेर ६० हजार रुपैयाँमा नक्कली सुन बेच्ने भारत सिलिगुडी स्थित जलपाइगुढीका ५४ वर्षीय शेरबहादुर गिरीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको हो । प्रहरीले गिरीलाई सोमबार बिर्तामोड नगरपालिका–५ स्थित शनिश्चरे रोडबाट पक्राउ गरेको थियो । गिरीले काँचो सुन दिन्छु भनेर सिटौलाबाट ६० हजार रुपैयाँ लिएका थिए । सिटौलाले बिर्तामोड प्रहरीलाई बिस्कुट जस्तो आकार देखिने नक्कली सुन (टिल) दिई ठगेको जानकारी गराउन साथ प्रहरीले गिरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
काठमाडौँ । नेपाल एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । हङ्कङविरुद्ध जितका लागि पाएको एक सय १५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । नेपालको जितमा ओपनर द्वय कुशल भुर्तेल र आसिफ शेखले आक्रामक पारी खेले । आसिफले १८ बलमा ४० रन बनाएर आउट भए भने कुशलले १९ बलमा ३२ रन बनाएर पभेलियन फर्किए । कप्तान रोहित पौडेलले नटआउट २५ रन बनाए । सन्दीप जोरा पनि १९ रनमा नटआउट रहे । यससंगै नेपाल एक खेलअगावै समूह ‘ए’ बाट प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । यसअघि खेलेका दुवै खेलमा नेपाल विजयी भएको थियो…
काठमाडौँ । निर्वाचन आयोगले आजदेखि उपनिर्वाचन हुने इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली दर्ता र अद्यावधिक सुरु गरेको छ । आयोगले उपनिर्वाचन प्रयोजनका लागि गत फागुन १४ गतेदेखि मतदाता नमावली दर्ता कार्य स्थगित गरेको थियो । आयोगले उपनिर्वाचन हुने इलाम र बझाङमा यही वैशाख २५ गतेदेखि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट साविकमा झैँ मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य थालिने जनाएको छ । पेसा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगाना भन्दा फरक अर्को कुनै जिल्लामा बसोवास गरिरहेका व्यक्तिले नाम दर्ताका लागि आवश्यक प्रमाण सहित प्रि–रजिष्ट्रेशन प्रणालीमार्फत आवेदन गर्न सक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । त्यसरी…
जेरुसेलम – इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरायलमा आक्रमण गरेको छ । इजरायली सेनाका अनुसार तेहरानले इजरायलतर्फ तीन सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरेका थियो भने तीमध्ये अधिकांशलाई विफल पारिएको थियो । केही आक्रमण इराक र यमनबाट समेत भएको इजरायली सेनाका प्रवक्ता रियर एडमिरल डेनियल हागारीले जानकारी गराएका छन् । सेनाले आक्रमणमा प्रयोग गरिएका ड्रोन र क्षेप्यास्त्रमध्ये ९९ प्रतिशतलाई इजरायली प्रतिरक्षा प्रणालीले रोकेको जनाएको छ । प्रवक्ता हागारीले एक टेलिभिजन कार्यक्रममा भने, “इरानी आक्रमण विफल पारिएको छ ।” हगारीका अनुसार इजरायलतर्फ प्रहार गरिएका कुनै पनि ड्रोन र क्रुज क्षेप्यास्त्र आफ्नो क्षेत्रमा प्रवेश गरेका छैनन् र केही ब्यालेस्टिक क्षेप्यास्त्र मात्र…