Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोसी, बागमती र मधेस प्रदेशलगायत राष्ट्रका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने बताएको छ । साथै महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मध्याह्नपछि हुरीबतासको सम्भाावना रहेको बताउँदै ती भूभागका सबैलाई सचेत रहन आग्रह गरेको छ । महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी स्थानमा मौसम सफा रहने छ । कोसी, गण्डकी र कर्णाली प्रदेशलगायत मुलुकका पहाडी क्षेत्रका केही स्थानका साथै बाँकी पहाडी भूभागका एक–दुई…

Read More

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले हल्दिबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरीलाई नियन्त्रणमा लिएको छ । उनी विरुद्ध जातीय भेदभाव तथा अपमान सम्बन्धी व्यवहार कसुरमा जोहेरी दर्ता भएको थियो । जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेलले गिरी विरुद्ध इप्रका बिर्तामोडमा चैत २८ गते जाहेरी दिएका थिए । सोही जोहरीका आधारमा प्रहरीले गिरीलाई बैशाख १ गते साँझ बिर्तामोडबाट नियन्त्रणमा लिएको झापा प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । पूर्व उपाध्यक्ष गिरीले पोर्तेललाई टेलिफोन सम्बाद मार्फत जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ आकर्षण हुने गरि अभिव्यक्ति दिएका थिए । चैत १८ गते हल्दिबारीमा पार्टीको बैठक सकेर…

Read More

काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरेको छ । शनिवार सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो । नेपालले दिएको २११ रनको लक्ष्य पछाएको कतारले २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिंग गर्दै अविजित ६४ रन बनाएका थिए । दीपेन्द्रले १९ बलमा अर्धशतक पुरा गरेका थिए । दीपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए । त्यस्तै असिफ सेखले ५२ रन…

Read More

विराटनगर । छुट्काराद्वारा चङ्गाई तथा वृहत जागृति महोत्सव बुधबारका दिन झापाको गौरीगञ्ज गाउँपालिकामा भव्यताका साथ सम्पन्न भएको छ । इटहरी इसाई समाजका अध्यक्ष गोविन्द खातिवडाको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता धनन्जय राजवंशीले गरेका थिए । आज यो महान् छुट्काराद्वारा चङ्गाई तपाईँको जीवनमा आउनेवाला छ । यसको निम्ति पहिला तपाईँहरूले उहाँमा विश्वास गर्न आवश्यक छ र त्यही विश्वासले तपाईँहरूमा चङ्गाई आउनेछ ।” प्रार्थनाका योद्धाहरूले रोगी बिरामीहरूका निम्ति निरन्तर प्रार्थना गरिरहेका थिए । उता प्रमुख वक्ता पाष्टर अधिकारीले प्रचार गरिहेका थिए सोही समयमा परमेश्वरको उपस्थितिमा धेरै मानिसहरूले चङ्गाई पाए । जन्मै कान नसुन्ने धेरैले सुन्ने भए, बैसाखी टेक्नेहरूले फ्याँकेर गए, सयौँ मानिसहरू…

Read More

हनोइ  । भियतनामका एक घरजग्गा कारोबारीले १२.४६ बिलियन डलर अनियमितता गरेको पुष्टि भएको छ । भियतनामको सो रियल इस्टेट टाइकुन ट्रुङ माई ल्यानलाई बिहीबार ३०४ ट्रिलियन (१२.४६ बिलियन डलर) को वित्तीय ठगी गरेको पुष्टि गरेको हो । सो मुद्दामा दोषी देखिए पछि उनको सो भूमिकाको लागि मृत्युदण्डको सजाय सुनाएको छ । यो सिंगो भियतनामको इतिहासको सबैभन्दा ठूलो ठगीको रूपमा हेरिएको छ । उनको मुद्दाको सो ट्रायल मार्च ५ वाट सुरु भएको थियो भने योजना भन्दा पहिले समाप्त भएको छ । भ्रष्टाचार विरुद्धको अभियानको एक नाटकीय नतिजा थियो, जुन सत्तारुढ कम्युनिस्ट पार्टीका नेता न्गुएन फु ट्रोङले वर्षौंदेखि निर्मुल गर्ने बाचा गरेका…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आन्दोलनको क्रममा जथाभावी फोहोर गरेको भन्दै कारवाही गर्ने चेतावनी दिएको छ । राजा फर्काउने आन्दोलनमा उत्रिएको राप्रपाले हिजो मंगलबार पुताली सडक भद्रकाली क्षेत्रमा आन्दोलन गर्ने क्रममा सौन्दर्यका लागि बनाइएका बाटीका भत्काउने र सडकभरी फोहोर गरेकाले उक्त फोहोर संकलन गरी एक ठाउँमा फ्याक्न आग्रह सहितको पत्र महानगरपालिकाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई सम्वोधन गरेर पत्र पठाइएको छ । तीनदिन भित्र महानगरपालिकाले दिएको निर्देशन पालना नगरे स्थानीय शासन ऐन अनुसार कारवाही गर्ने पत्रमा उल्लेख गरिएको छ । आन्दोलनमा सहभागी भएका राप्रपाका कार्यकर्ताले जथाभावी फोहोर गरेर सडकलाई कुरुप बनाउने काम गरेका थिए ।

Read More

मेचीनगर ।  काँकरभिट्टाका सामाजिक व्यक्तित्व मध्येका एक जना समाजसेवी बुद्धिनाथ पौडेलको निधन भएको छ । उनको ७७ बर्षको उमेरमा बुधबार विहान २ बजे निधन भएको हाे । परिवार स्राेतका अनुसार राति १ वजे शरीर दुख्याे भन्दै हुनु हुन्थ्याे । अस्पताल लाने तयारी गर्दै गर्दा २ वजे निधन भएको छ । उनी प्रेसर र दम राेगबाट पीडित थिए । स्व. पाैडेलकाे आजै दिउँसाे २ वजे स्थानीय मेची नदिमा अन्तिम दाहसंस्कार गरिने परिवारले बताएकाे छ । उनकाे पत्नी सेवाकुमारी, ३ जना छाेराहरू कृष्ण, कमल र मनाेज तथा २ जना छाेरीहरू विष्णु र रञ्जना पाैडेल छन् । उनी काँकरभिट्टा माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक,…

Read More

सुर्खेत । कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले कँडेललाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यस अघि आजै नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका २३ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष दाबी पेस गरिएको थियो । कँडेलको पक्षमा एमालेका ९, माओवादीका १३ र नेकपा एसका १ जना सांसदले समर्थन जनाएका छन् । मुख्यमन्त्री राजकुमार शर्माले गत बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा चैत २७ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज साँझ ५: ५० बजेभित्र समय…

Read More

भक्तपुर । आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको प्रसिद्ध बिस्केट (बिस्का) जात्रा आजदेखि सुरु भएको छ ।भक्तपुरको टौमढी क्षेत्रस्थित पाँच तले र भैरवनाथ मन्दिर परिसरमा बनाइएको तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर जात्रा सुरु गरिएको हो । भैरवनाथको पूजा सुरु भएसँगै सुरु हुने यो जात्रामा दिउँसो स्थानीयको पुजा सकिएर गुठी कार्यालयले ल्याएको सरकारी पुजा सकिएपछि रथ तानेर जात्रा सुरु भएको हो । तीनतले भैरवनाथको रथ र भद्रकालीको दुईतले सानो प्यागोडा शैलीकै रथ तान्न सुरु गरिएको छ । बिहानैदेखि भैरव मन्दिरमा जात्रा सञ्चालक आकाश भैरव गुठी तथा भद्रकाली गुठीका रकमी तथा भैरव मन्दिरका पुजारीहरूको संलग्नतामा भैरवको नित्यपूजा सम्पन्न भएपछि रथ…

Read More

काँकरभिट्टा । गोर्खामा हुने नवौँ यु–१३ ओसन कपमा झापाको प्रतिनिधित्व गर्ने काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका खेलाडीलाई विदाई गरिएको छ । मंगलबार काँकरभिट्टाको खेलमैदानमा एक कार्यक्रमकाबीच खेलाडीलाई खादालगाएर विदाई गरिएको हो ।चर्चित क्लबहरु सम्मिलित प्रतियोगितामा भाग लिन काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष मिनकुमार बस्नेतको नेतृत्वमा टिम गोर्खा प्रस्थान गरेको हो । अध्यक्ष बस्नेतले टिमले उपाधि लक्ष्यसहितको तयारी गरेको बताए । उनले अघिल्लो संस्करणमा पनि सहभागी भएर अनुभव बटुसकेकोले यो संस्करणमा जीत नै प्रमुख लक्ष्य रहेको बताए । विदाई कार्यक्रममा प्रदेश सांसद गोपाल तामाङको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मगर ‘मामा’, मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर…

Read More