महेन्द्रनगर । भारतको नैनीतालस्थित बेतालघाटमा सोमबार राति भएको सवारी दुर्घटनामा परी सात नेपाली र सवारी चालक भारतीय नागरिकको मृत्यु भएको छ । बेतालघाट पुलिस थानाका सब–इन्सपेक्टर अनिश अन्सारीका अनुसार मृत्यु हुनेमा विश्राम चौधरी, धिरज चौधरी, अन्तराम चौधरी, विनोद चौधरी, तिलक चौधरी, उदयराम चौधरी र गोपाल बस्नेत छन् । मृतकको साथमा फेला परेको कागजातको आधारमा उनीहरू नेपालको साविक भेरी अञ्चल बबइका भएको बेतालघाट पुलिस थानाले जनाएको छ । घटनास्थल वरपर नेपालीहरू सडक छेउमा पाइप बिछ्याउने काम गर्दथे । उनीहरू गाडी भाडामा लिएर टनकपुर आउने तयारीमा सामान लोड गर्दागर्दै सवारी सडकदेखि तल झरेको अन्सारीले बताए । “काम गर्ने ठाउँ नजिकै दुर्घटना हुँदा…
Author: सन्देश पोस्ट
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । देशभरबाट काठमाडौंमा जम्मा भएका राप्रपाका प्रदर्शनकारीले भद्रकालीबाट निषेधित क्षेत्र तोड्दै सिंहदरबारतर्फ अघि बढ्ने प्रयास गरेका थिए । प्रहरीले रोक्नका लागि राखेको रेलिङको बार तोडेर अघि बढ्ने प्रयास गरेपछि बल प्रयोग भएको थियो । प्रहरीले पानीको फोहोरासहितको प्रयोग गरेपछि आन्दोलनकारी तितरवितर भएका छन् । प्रहरीले निरन्तर पानीको फोहोरासहित आन्दोलनकारीलाई पछि हटाउँदै सहिदगेट कटाएको छ ।
रौतहट । भारतीय सिमानासँग जोडिएको रौतहटको दक्षिणी भेग ईशनाथ नगरपालिका स्थित गएराती भएको आगलागी बाट तीन घर गोठ जलेर नष्ट भएको छ। आगलागीमा परेर घर गोठ भित्र रहेको ७ वटा चौपायाको मृत्यु भएको छ। आगलागी बाट १० लाख रुपैयाँ भन्दा बढीको क्षती भएको अनुमान गरिएको छ। गए राती ११ बजेर ४५ मिनेटको समय ईशनाथ ८ मंसरी टोलका बलिराम मिश्राको फुसको गोठ घरमा बालेको घुरबाट आगो सल्कीन गई गोठ घरमा आगलागी भएको थियो। आगलागीको खबर प्राप्त हुना साथ प्रहरी चौकी रामपुर खापका प्रमुख असई सुरेशमान श्रेष्ठको कमाण्डमा खटि गएको टोली, गाउँले र बोर्डर आउट पोस्ट खापबाट गएको सशस्त्र प्रहरीको सहयोगमा १२ बजेर…
झापा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६, भेडेटारबाट प्रहरीले तरकारी बोक्ने गाडीबाट ५ सय ४४ केजी गाँजा बरामद गरेको छ । धनकुटाबाट धरानतर्फ सब्जी लिएर जाँदै गरेको को १ ख ३२९४ नम्बरको मिनी ट्रकबाट चेकजाँचका क्रममा आइतबार राति प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो । तरकारीको बोराभित्र १८ वटा पोकामा राखिएको गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज जीवन कार्कीले जानकारी दिए । मिनीट्रक प्रहरीको नियन्त्रणमा रहेको छ । शंकास्पद रहेको गाडी चेक गर्ने क्रममा चालक फरार भएपछि खोजतलास गर्दा फेला पर्न नसकेको कार्कीले बताए । उनको खोजी कार्य जारी रहेको बताइएको छ । गत महिना पनि भेडेटारबाट पेट्रोलियम पदार्थ…
काठमाडौं । कोशी प्रदेश सरकारमा रहेका माओवादीका मन्त्रीहरूले राजीनामा दिएका छन् । कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा माओवादीबाट खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार कार्की र पर्यटन, वन तथा वातावरण गणेश उप्रेती थिए । उनीहरूले मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् ।
काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष एवं सांसद अब्दुल खान चढेको कार दुर्घटनामा परेको छ । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति समेत रहेका खान लगायत बर्दिया जाने क्रममा धादिङमा दुर्घटना भएको बताइएको छ । हाल सांसद खानसहित अन्य घाइतेको धादिङ जिल्ला राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको र थप उपचारका लागि काठमाडौ ल्याउन लागिएको बताइएको छ । उनीसँग गाडीमा को को थिए भन्ने स्पष्ट हुनसकेको छैन ।
काँकरभिट्टा । झापा नेशनल स्कुल मेचीनगर–७ को आयोजनामा ‘झापा नेशनल होलिडे फुटबल क्याम्प’ आजदेखि काँकरभिट्टामा सञ्चालन भएको छ । काँकरभिट्टा खेल मैदानमा चैत ३० गतेसम्म सञ्चालन हुने क्याम्पमा १४ वर्ष मुनिका २ सय ५० भन्दा बढी बिद्यार्थीको सहभागीता रहेको थियो । पाँच दिनसम्म सञ्चालन हुने क्याम्पमा एन्फाका प्रशिक्षकले प्रशिक्षण गर्नेछन् ।झापा जिल्ला फुटवल संघका अध्यक्ष भगिरथ आले मगर मामाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा काँकरभिट्टा फुटबल टे«निङ सेन्टरका अध्यक्ष मीन बस्नेत, पत्रकार अर्जुन कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए । प्रमुख अतिथि भगिरथ आले मगर मामाले खेलकुदमा स्कुलले गरेको लगानीले भविष्यमा खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताए । स्कुलको खेलकुद गतिविधिलाई प्रमुख…
काठमाडौँ । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ । मुलुकी अपराध संहिता–२०७४ अनुसार उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा फौजदारी कसुरमा जाहेरी दर्ता भएको हो । युवतीले उनलाई भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएकी हुन् । उनले हुलाकमार्फत पठाएको जाहेरी दर्ता भएको परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिएका छन् ।बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको पीडित युवतीले आरोप लगाएकी छन् । पीडितले प्रहरीमा दिएको जाहेरीमा काठमाडौँ महानगरपालिका–१० बबरमहलस्थित सनसाईन अपार्टमेन्ट र भारतको गुडगाउँस्थित तुलसी हेल्थकेयर अस्पतालमा बलात्कार गरेको उल्लेख छ । बस्नेतमाथि २…
काठमाडौं । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारहरूको मनोनयन पत्र दर्ता हुँदैछ। निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले मनोनयन पत्र दर्ता गराउन सक्नेछन्। आज बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका अनुसार आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिने छ। यस्तै उम्मेदवारको विरोधमा उजुरी दिनका लागि भोलि बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ। साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी…
बाहुनडाँगी । कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा सम्पन्न दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगिताको उपाधि बाहुनडाँगी युवा क्लबले चुमेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा काँकरभिट्टा फुटबल टे«निङ सेन्टरलाई १ का विरुद्ध २ गोल गर्दै बाहुनडाँगी च्याम्पियन बनेको हो । बिजेता टिम बाहुनडाँगी फुटबल क्लबले नगद एक लाख १ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता काँकरभिट्टा फुटबल टे«निङ सेन्टरले ५१ हजार नगदसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।बाहुनडाँगीको दुवै गोल इञ्जुरी समयमा भएको थियो । बाहुनडाँगीका लागि पहिलो हाफको इञ्जुरी समयमा विशाल राईले गोल गर्दै अग्रता दिलाए । विशाल दर्जीले गरेको प्रहारलाई काँकरभिट्टाका गोलरक्षक देवान…