बुटवल । लुम्बिनी प्रदेश सभाका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी राजीनामा दिएका छन् । विहिबार लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले राजीनामा दिएका हुन् । यस अघि माओवादी र एकीकृत समाजवादीले सरकार छोडेपछि उनले आज विश्वासको मत लिने तालिका रहेको थियो । तर उनले विश्वासको मत नलिएर राजीनामा दिएका हुन् । यस अघि आजै लुम्बिनीका चार दल एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा तथा एक स्वतन्त्र सांसदबीच माओवादी केन्द्रका सांसद जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउनेसहितका पाँच बुँदे सहमति गरेका छन् ।
Author: सन्देश पोस्ट
झापा । झापाको बाह्रदशी गाउँपालिका – १ मा आज बिहानै विदेशबाट ४ दिन अघि मात्रै विदामा नेपाल आएका श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । आज बिहान ६ः३० बजेको समयमा बाह्रदशी – १ का ३३ वर्षीय देवनारायण राजवंशीले श्रीमती ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेका हुन् । देवनारायणले ममसरीको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटनापछि खुकुरीसहित राजवंशीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय राजगढका सई राजेन्द्र शर्माले बताए । राजवंशी वैदेशिक रोजगारीका लागि ओमन गएका थिए । श्रीमती अर्कै व्यक्तिसँग लागेको विषयमा विवाद भई राजवंशीले खुकुरी प्रहार गरेको बताइएको छ । मृतक दिव्यज्योति मावि राजगढमा…
काठमाडौं । भारत टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार तेस्रो जित हासिल गरेको छ । फ्रेन्डसिप कप अन्तर्गत जारी टी-२० सिरिजमा नेपालले गुजरात क्रिकेट एसोसियसनविरुद्ध लगातार दोस्रो र सिरिजमा तेस्रो जित हासिल गरेको हो । बुधबार सम्पन्न खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गरेको छ । नेपालले दिएको १८२ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउदै १७३ रन बनाएको हो । यस अघि नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै १८१ रन बनाएको थियो । नेपालका लागि आसिफ सेखले सर्बाधिक ८५ रन बनाएका थिए । त्यसति कुशल भुर्तेलले ५४ रन बनाएका थिए ।…
एजेन्सी । ताइवानमा शक्तशाली भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षणका ताइवानको पूर्वी तटीय ह्वालियन सिटीबाट १८ किलोमिटर दक्षिणमा केन्द्रबिन्दु बनाएर ७.४ म्याग्नेच्युडको भूकम्प गएको हो। यसलाई ताइवानमा २५ वर्षयताकै ठूलो भूकम्प भनिएको छ। अहिलेपनि पराकम्पहरू गइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। सबैभन्दा ठूलो पराकम्प ६.४ म्याग्नेच्युड मापन गरिएको छ। अहिलेसम्म मानिसहरूको मृत्यु भएको रिपोर्ट नआएको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। तर घरहरूमा मानिसहरू च्यापिएको हुनसक्ने बताइएको छ। भूकम्पका कारण राजधानी ताइपेइमा समेत विद्युत आपूर्ति अवरूद्ध भएको छ। त्यस्तै छिमेकी मुलुकहरू जापान र फिलिपिन्समा भूकम्पको चेतावनी दिइएको छ।
काठमाडौँ । भारत टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले मंगलबार बरोडा क्रिकेट एसोसियसनको टिमलाई २७ रनले पराजित गरेको हो । नेपालले दिएको १५७ रनको लक्ष्य पछाएको बरोडा २० ओभरमा अल आउट हुदै १२९ रन बनाएको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १५६ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेल र आसिफ सेखले ९-९ रन बनाए भने कप्तान रोहित पौडेलले १८, अनिल शाहले २५, गुलशन झाले १३, सन्दीप जोराले २८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले अविजित ४० तथा दिपेन्द्र सिंह ऐरीले…
बाहुनडाँगी । कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा जारी दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर फाइनल प्रवेश गरेको छ । मंगलबार सम्पन्न सेमिफाइनलमा रोलिङ फुटबल क्लब धुलाबारीविरुद्ध १–० को कठिन जीत निकाल्दै काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर उपाधि नजिक पुगेको हो । काँकरभिट्टाका आशिष चापागाईले गरेको एक गोलनै निर्णायक बन्यो । ६४ औँ मिनेटमा आशिषले गरेको प्रहारले सिधैँ जाली चुमेको थियो । खेल अवधिभर धेरै समय बल पोजिसनमा राखेको काँकरभिट्टाले गोल गर्ने थुप्रै अवसर खेल फाल्यो । खेलको १५ औँ मिनेटमा काँकरभिट्टाका आशिष चापागाईले गरेको कर्नर किकलाई सञ्जित राईले गरेको हेडलाई धुलाबारीको डिफेन्सले क्लियर गरेका थिए । त्यसैगरी,…
झापा । मंगोल नेशनल अर्गनाइजेशन (एमएनओ)को १५ औं जिल्ला अधिवेशन बैशाख १ मा हुने भएको छ ।विर्तामोडस्थित सैनिक बजारमा हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । अधिवेशनमा सांस्कृतिक झाँकीहरुसहितको शान्तिपूर्ण र्याली गरिने साथै देशको समसायिक राजनीतिक अवस्थाको बारेमा छलफल र बहस गरिने जिल्ला अध्यक्ष बानिरा मेचेले जानकारी दिनुभयो । वि.संं. २०६४ सालमा माघ १५ गते एमएनओले निर्वाचन आयोगबाट दर्ता र चुनाव चिन्ह कुखुरा पाएको थियो । हाल एमएनओमा ८० प्रतिशत मुलबासी मंगोल रहेका छन् । अधिवेशन सफल पार्नका लागि एमएनओले व्यापक प्रचार प्रसार र चन्दा संकलन गरिरहेका छन् ।
२० चैत्र २०८०, मंगलवार, काठमाडौं । कोरोना महामारीका कारण बन्द भएका नेपाल–चीनबीचका १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू यथाशीघ्र खोल्न चीन तयार भएको छ। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको ९ दिने चीन भ्रमणका क्रममा परराष्ट्रमन्त्री श्रेष्ठको आग्रहमा चिनियाँ पक्ष ती नाकाहरू खोल्न तयार भएको हो। यसअघि नै नेपाल–चीन नाकाहरूमध्ये रसुवागढी–केरुङ, तातोपानी–झाङ्मु, यारी–पुरान तथा नेचुङ–लिची (कोरला) नाका सञ्चालनमा आइसकेका छन्। चीनको भ्रमण सकेर सोमबार स्वदेश फर्कनुभएका परराष्ट्रमन्त्री श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘भ्रमणका क्रममा मैले चिनियाँ पक्षसँग ती १४ वटा नाकाहरू यथाशीघ्र खोल्न आग्रह गरेँ । चिनियाँ पक्ष यसमा तयार भएको छ।’ उहाँले नेपालको आर्थिक विकासका लागि आवश्यक औद्योगिकीकरण, उत्पादनशीलता वृद्धि र…
बाहुनडाँगी । बाहुनडाँगी युवा क्लब दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा जारी प्रतियोगितामा ब्रदर्स युनाइटेड चन्द्रगढीलाई २–० गोल अन्तरले पराजित गर्दै बाहुनडाँगी युवा क्लब उपाधि नजिक पुगेको हो । विजयी भएको बाहुनडाँगीले कम्तिमा ५१ हजार सुरक्षित गरेको छ भने पराजित हुँदै ब्रदर्स युनाइटेड चन्द्रगढी उपाधि होडबाट बाहिरिएको छ । बाहुनडाँगीका लागि दुवै गोल अभिषेक गुरुङले गरेका थिए । जर्सी नम्बर ७ का अभिषेकले खेलको २३ औँ मिनेटमा फस्ट बार च्याप्दै हानेको प्रहारले जाली चुमेको थियो । त्यसैगरी, ४६ औँ मिनेटमा अभिषेकलेनै दोश्रो गोल गरे । निशान प्रधानको पासलाई सदुपयोग गर्दै…
कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-४ भदौरेस्थित थामडाँडामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। आइतबार ३ बजेर ५० मिनेटमा पोखराबाट सल्यानतर्फ जाँदै गरेको ग.१.ज. ५५४७ नम्बरको यात्रुवाहक जीप सडकबाट अन्दाजी २ सय ५० मिटर तल खस्दा दुई जनाको ज्यान गएको हो। मृतकको पहिचान खुल्न सकेको छैन। जीपमा १२ जना सवार थिए। घटनास्थलमा कालिका गण पोखराबाट सशस्त्र प्रहरीको टोली पुगेको छ। घाइतेलाई उपचारका लागि पोखरा ल्याइँदै गरेको कालिका गणका गणपति अरूण पौडेलले बताए । घटनास्थलबाट स्थानीय र नेपाल प्रहरीको सहयोगमा १० जनालाई उद्धार गरी पोखरास्थित अस्पताल पठाइएको शर्माले बताए।