काठमाडाैं । गृहमन्त्री रवि लामिछाने र धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएकाे छ । मेयर साम्पाङद्वारा धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त सोत–साधनको माग गरेका छ । कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको मेयर साम्पाङको गुनासो गरेका छन् । लोकप्रिय जनप्रतिनिधिले मन्त्रालयमै आएर राखेका माग र गरेका गुनासोमा गम्भीर हुने गृहमन्त्रीको भनाइ छ । गृहमन्त्री लामिछानेले माग सम्बोधनको प्रक्रिया सुरु गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । प्रहरीको मनोबल उच्च बनाउने गरी काम गर्न गृहमन्त्रीलाई मेयर साम्पाङको सुझाव दिएका छन् । प्रहरीलाई ‘आम…
Author: सन्देश पोस्ट
झापा, चैत १८ । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि काठमाडौँको चर्च ब्वाइज युनाइटेडले हात पारेको छ। गएराति इटहरी रङ्गशालामा सम्पन्न फाइनल खेलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि चुमेको हो। चर्च ब्वाइजले उपाधिसँगै नगद रु १० लाख प्राप्त गरेको छ। उपविजेतामा सीमित भएको आर्मी क्लबले रु पाँच हात पारेको छ। चर्च ब्वाइजलाई च्याम्पियन बनाउन राजेश परियारले निर्णायक गोल गरेका थिए। उनले खेल प्रारम्भ भएको चौथो मिनेटमा गोल गरेका हुन्। खेलको प्रारम्भमा नै गोल गरेर अग्रता लिएको चर्च ब्वाइजले अधिकांश समय रक्षात्मक खेलेर विभागीय टोलीलाई अल्मल्याएको थियो। आर्मीका खेलाडीले पाएका…
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको विषयमा छानबिनको माग गरेको छ। नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमले सहकारी ठगी प्रकरणमा उपप्रधानन्त्री तथा गृहमन्त्रीको नाम मुछिएकोबारे संसदीय छानबिन समितिको माग गरे। “नौतिकताको पनि प्रश्न हो । यस विषयमा सरकार गम्भीर हुन जरुरी छ । यो विषयमा प्रधानमन्त्रीले दिनुभएको जवाफ, प्रहरी प्रमुखले दिनुभएको जवाफले यो विषयमा न्याय निरुपण कसरी हुन्छ भन्ने संशय पैदा भएको छ”, उनले भने, “यस विषयमा छानबिन गर्न संसदीय छानबिन समिति बनोस्।” उनले संसद् आवश्य भएको विषय प्रमुख प्रतिपक्षी दल कांग्रेसले बुझेको भन्दै जनजीविकासँग जोडिएका अनेकौँ…
– होमराज राई, संसारमा धेरै धर्महरू छन् र तिनको आ–आफ्नै धर्मशास्त्रहरू छन् । तर बाइबलको ऐतिहासिक स्वभावले गर्दा अरू सबै धर्मशास्त्रहरूभन्दा यो फरक छ । परमेश्वरको अस्तित्वलाई बाइबलले स्वःत स्वीकारेको छ र इतिहासमा उहाँको व्यक्तिगत हात रहेको कुरा बाइबलले बताउँछ। सुरूमा परमेश्वर मानिससंग बोल्नुहुँदा यस पृथ्वीमा मानिसहरूमा बिभिन्न रुपमा देखा पर्नु हुन्थ्यो । क्रुसारोहणको समयमा येशूले भोग्नुभएको अति पीडादायी यातना आश्चार्यमय थियो । उहाँलाई गिल्ला गर्नेहरू र उहाँलाई मृत्युदण्ड दिनेहरूप्रति भएको येशूको धारणा आश्चार्यमय छ, “हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन्” (लूका २३:३४) । येशू जुन तरिकाले मर्नुभयो त्यो आश्चार्यमय थियो जस्तो उहाँले भन्नुभयो, “कसैले…
काठमाडौं । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा गत फाल्गुण ३० गतेबाट सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा २९ जना शिक्षार्थी सहभागी गराई सञ्चालन भएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न भएको छ । तालिमको समारोहमा बोल्दै रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सुरक्षा बहुआयामिक, अन्तर सम्बन्धित र बहुनिकायसँग सरोकार राख्ने विषय भएकोले सुदृढ राष्ट्रिय सुरक्षाको लागि राज्यका सम्बन्धित निकायहरुबीच सुरक्षासम्बन्धी साझा बुझाई र साझा धारणाको विकास गर्न निरन्तर संवाद, समन्वय र सहकार्य हुन आवश्यक रहेको बताए । उनले राष्ट्रिय सुरक्षाको लागि राष्ट्रिय शक्तिको मुख्य तत्त्वहरु अर्थतन्त्र, कूटनीति, सूचना र सञ्चार तथा सैन्य शक्तिलाई उचित नीति एवं साधन श्रोतले सम्पन्न गराउँदै समुचित रुपमा…
काठमाडौ। नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले चलाएको गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रणसम्बन्धी अभियानका क्रममा पेस्तोलसहित ताप्लेजुङको फुङ्लिङका २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बूलाई आज पक्राउ गरेको हो । परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले कपन क्षेत्रमा पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने गरेको अभियोगमा लिम्बूलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले पक्राउ परेका लिम्बूसँग कटुवा पेस्तोल एक थान, धारिलो चक्कु दुई थान, फलामको हम्बर एक थान, मोबाइल दुई थान र आइफोन एक थान बरामद गरेको छ । पक्राउ परेका लिम्बूसँग आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीलाई सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैर(व्यवसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछिगृहमन्त्री लामिछानेले यस्तो निर्देशन दिएको हुन् । गृहमन्त्रीको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले आज सादा पोशाकका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन निर्देशन गरेको हो। उक्त कार्यालय तथा मातहत समेतबाट हाल परिचालन गरिएका सादा पोशाकका प्रहरी कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिई उनीहरुको काम, कारबाहीकोसमेत कार्यालय प्रमुखबाटै नियमित निगरानी गर्ने व्यवस्था मिलाउ आग्रह गरिएकाे हाे । प्रहरी प्रधान…
काभ्रे। परिवारले समेत काबुमा राख्न नसकेका गलत संगतमा फसेका एक युवकले ८३ बर्षिया महिलाको हत्या गरेका छन् । हत्या गरेको २६ दिनपछि प्रहरीले शङ्कास्पद गतिविधिलाई निगरानीमा राख्दै हत्यामा संलग्न युवकलाई पक्राउ गरेको छ । ‘फरक फरक जिल्ला र ठेगाना भएका दुई व्यक्ति एउटै घरमा भाडामा बस्दै आएका थिए । दुवै एक्ला एक्लै बस्ने क्रममा युवकले राति राति महिलाको कोठामा गएर दुख दिने र धम्की समेत दिने गरेका थिए । हत्या गर्ने दिन बिहानै युवक महिलाको कोठामा प्रवेश गरे । महिला सुतिरहेको अवस्थामा थाहा पाउन सकिनन् । युवकले महिलाको छातीमा घुँडा राखेर मुख थुनिदिए । कानमा लगाएका दुई वटा रिङ फुकाले…
काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट शुरु हुँदैछ। परीक्षामा देशभरबाट ५ लाख ४ हजार ४ सय १४ विद्यार्थीले परीक्षा फाराम भरेका छन्। गत वर्षको परीक्षाको तुलनामा करिब १० हजार सङ्ख्या घटेको हो । यो वर्ष करिब सङ्ख्या २ लाख ५३ हजार ६ सय २७ छात्र र सङ्ख्या २ लाख ५० हजार ७ सय ७२ जना छात्राले परीक्षा दिँदै छन्। त्यसै गरी यो वर्ष १५ जना अन्य विद्यार्थीले परीक्षा दिँदै छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाको सबै तयारी पुरा भैसकेको जानकारी दिए। उनले परीक्षालाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबैलाई आग्रह गरे। सबै परीक्षा…
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । एकीकृत समाजवादीले इलामा–२ मा जीतबहादुर राई र बझाङ प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको एक नेताले बताएका छन् । यद्यपि एकीकृत समाजवादीले आधिकारिक निर्णय गर्न भने बाँकी रहेको छ । उपनिर्वाचनको उम्मेदवार मनोनयन दर्ता चैत्र २४ गते हुँदै छ । अहिलेसम्म एमालेले इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार मिलन लिम्बुलाई उम्मेदवार बनाउने तयारी गरेको छ र यसको औपचारिक घोषणा चैत्र १७ गते…