Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

एजेन्सी । चिनियाँ फुटबल संघ (सीएफए) का पूर्व अध्यक्ष चेन सुयुवानलाई भ्रष्टाचारको आरोपमा आजीवन जेलको सुनुवाई गरिएको छ। मध्य हुबेई प्रान्तको एक अदालतले चेनले २०१० देखि २०२३ सम्म आफ्ना विभिन्न पदहरूको फाइदा उठाउँदै भ्रष्टाचार गरेको पुष्टि भएको थियो। उनले चिनियाँ फुटबल संघलगायत परियोजना अनुबन्ध, लगानी सञ्चालन र खेलकुद कार्यक्रमहरूको व्यवस्था सम्बन्धी मामिलामा अरूलाई सहयोग पु¥याइए वापत घुस लिने गरेको आरोप लागेको थियो। चेनले गत जनवरीमा ८१ मिलियन युआन घुस लिएको आरोप स्वीकार गरेका थिए। त्यस्तै, राष्ट्रपति सी जिनपिङको नेतृत्वमा भ्रष्टाचार विरोधी खेलकुद, बैंकिङ र सेनामा समेत कटौती गरिएको बताइएको छ।

Read More

काठमाडौं । जनजागरण पार्टी नेपालले पत्रकार सम्मेलन गरेका छन् । आज मंगलबार दिउँसो १ वजे मंगलबार रिपोर्टस क्लब भृकुटी मण्डपमा पत्रकार सम्मेलन गरेको हो । पार्टीका अध्यक्ष डा. खनालले दिउँसो १ वजे रिपोर्र्टस क्लब भृकुटी मण्डपमा पत्रकार सम्मेलन गर्दै नौ बुँदे अवधारणापत्र सार्वजनिक गरेका थिए । देशको बदलिदो राजनीतिक घटना क्रम, भ्रष्टचार, सरकारी कार्यलयहरुको ढिला सुस्ति,अल्पसंख्यक, पीडित, प्रताडित तथा सीमान्तीकृत समुदायमाथि भइरहेको प्रहार उपर छलफल र पैरविको लागि गर्नुपर्ने प्रयास,समसामयिक विषयमा छलफल तथा भावि रणनीति योजना, पार्टीको आर्थिक अवस्था र हरेक सदस्य तथा पदाधिकारीले व्यहोर्नु पर्ने दायित्व, राष्ट्रवादी गणतान्त्रिक मोर्चाका गतिविधिहरू तथा हाम्रो सक्रियता बढाउने(नबढाउनेबारे आसन्न उपनिर्वाचन तथा त्यसपछिका निर्वाचन…

Read More

काठमाडौँ । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको हो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले खाजा घर सञ्चालक खोटाङ साकेला गाउँपालिका-२ का विजय राई र सोही ठाउँका सुलभ राईका साथै भोजपुर ट्याम्केमयुङ-२ का विशाल हाङ मुकारुङ र काठमाडौं गोकर्णेश्वरका छेङविहाङ राईलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार घटनाका मुख्य आरोपी विजय राई यसअघि आगुऔषध मुद्दामा दोषी ठहर भई २ वर्ष जेल बसेर छुटेका थिए । आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाबीच…

Read More

काठमाडौं । ” जनजागरण पार्टी नेपालले पत्रकार साक्षात्कार गर्ने “भएको छ । ग्वार्को ललितपुर स्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यकारिणी समिति, स्थायी समिति र काठमाडौं उपत्यका केन्द्रित केन्द्रीय समिति सदस्यहरूबीच चैत ३ गते बसेको बैठकको निर्णय सार्वजनिक गर्नलाई जनजागरण पार्टी नेपालले आज दिउँसो १ वजे मगलबार रिपोट्रस क्लब भृकुटि मण्डपमा पत्रकार साक्ष्त्कार कार्यक्रम गर्दैछ । देशको बदलिदो राजनितिक घटना क्रम, भ्रष्टचार, सरकारि कार्यलयहरुको ढिला सुस्ति ,अल्पसंख्यक, पीडित, प्रताडित तथा सीमान्तीकृत समुदायमाथि भइरहेको प्रहारउपर छलफल र पैरविको लागि गर्नुपर्ने प्रयास,समसामयिक विषयमा छलफल तथा भावि रणनीतिक योजना, पार्टीको आर्थिक अवस्था र हरेक सदस्य तथा पदाधिकारीले व्यहोर्नुपर्ने दायित्व, राष्ट्रवादी गणतान्त्रिक मोर्चाका गतिविधिहरू तथा…

Read More

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाइलाई न्याय दिलाएको छ । न्यायधीशद्वय कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले सोमबार निर्णय सुनाउँदै प्रसाइलाइ मेडिकल कलेज सम्बधन दिन सरकारलाई आदेश दिएको छ । बीएन्डसी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाउँदै २ वटा रिट दायर गरेको थियो, जसको आज आदेश दिइएको हो । मेडिकल कलेजको मान्यता नदिएपछि कलेजका तर्फबाट प्रसाईले २०७७ असार २१ र २०७७ असोज ३० गते आयोगविरुद्ध रिट दायर गरेका थिए।

Read More

काठमाडौं । ललितपुरको धोलाहिटीमा होली खेल्ने क्रममा दुई ग्याङ फाइट हुँदा दुईजनाको मृत्यु भएको छ । आइतबार राति धोलाहिटीमा दुई समूहबीच झडप हुँदा सुनसरी घर भई धोलाहिटी बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार मृत्यु हुनेमा सुनसरी घर भई धोलाहिटी बस्ने २८ वर्षीय रोबर्ट राई र ३० वर्षीय पुजन राई रहेका छन् । पूजनको शव सुमेरु अस्पताल र रोबर्टको पाटनमा राखिएको छ । ग्याङ फाइटपछि दुई जनाको मृत्यु भइसकेपछि मात्र खबर पाएको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाट…

Read More

काठमाडौं । नेकपा एमालेले उप चुनावका लागि उम्मेदवार तय गरेको छ । पार्टी मुख्यालयमा बसेको एमाले सचिवालय बैठकले इलाम र बझाङका लागि उम्मेदवार चयन गरेको हो । जसअनुसार  बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारी र इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो  । आगामी बैशाख १५ गते उप निर्वाचन हुदैँछ ।

Read More

काठमाडौं । नेपाल प्रहरीले होली सुरक्षार्थ देशभर २९ हजार ३ सय ३० प्रहरी परिचालन गरेको छ। जबरजस्ती रङ दल्ने, मापसे र लापसे गरी सवारी चलाउने, हातहतियार ओसारपसार हुन सक्ने र संस्कृतिको नाममा मिठाइमा लागुऔषध मिलाएर खान दिनसक्नेजस्ता घटना रोक्न देशैभर प्रहरी परिचालन गरेको हो। नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले उपत्यकामा मात्र ३ हजार ८ सय ३४ प्रहरी परिचालन हुने जानकारी दिनुभयो। होली सुरक्षा योजना–२०८० अन्तर्गत कोशीमा २ हजार ८ सय २५, मधेसमा ४ हजार २ सय ११, वागमतीमा ३ हजार ४४, गण्डकीमा ३ हजार १ सय ४७, लुम्बिनीमा ४ हजार १ सय ७४, कर्णालीमा २ हजार ६ सय ९४…

Read More

काठमाडौं । आदिबासी जनजाति मातृभाषा चलचित्र  निर्माण प्रवर्द्धन समितिको आयोजनामा  आदिवासी जनजाति मतृभाषा  चलचित्र पवर्दन र बजारिकरण सम्बन्धि विचार गोस्टी चलचित्र विकासको प्रागंणमा  समपन्न भएको छ ।  सभाको  सभापतित्व आदिवासी जनजाति मतृभाषा  चलचित्र प्रवर्द्धन समितिका सभापति ज्योतिराज राईले गर्नु भएको थियो । कार्यक्रममा चलचित्र विकासका पूर्वअध्यक्ष तथा निर्मता राजकुमार राई,चलचित्र निर्देषक निर्मता मिलन चाम्स, आदिवासि जनजाति चलचित्र महासंघका अध्यक्ष पुर्खाजित राई ,चलचित्र निर्मता तथा निर्देषक सुरज नोल्बु  सुब्बा, ललितपुर जिल्लाका सहयाक प्रमुख जिल्ला अधिकारी अमिरदिप सुनुवार  लगायत धेरै जातिय संघ संस्था तथा कलाकार पत्रकार  ज्यूहरुको उल्लेखनिय उपस्थित रहेको थियो । कार्यक्रममा उपस्थित अतिथि ज्यूहरुलाई स्वागत मनतव्य राख्नु हुँदै अदिवासि जनजाति…

Read More

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा चार सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको छ। आयोगको रिक्त चार पदमा सरकारले पदपूर्ति गर्न नियुक्त गर्ने निर्णय गरेको हो। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौंकी प्राध्यापक संगीता सिंह, जुम्लाका डा. कुसेन्द्रबहादुर महत, पाल्पाका शिवराज अधिकारी र ललितपुरका अरनिकोकुमार पाण्डेलाई आयोगको सदस्यमा नियुक्त गरिएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

Read More