बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजको आयोजना तथा एसबि निकेतन गाडागल्लीको सह आयोजनामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । काँकरभिट्टा आइ केयर सेन्टरको प्राविधिक सहयोगमा शनिवार एसबी निकेतनमा आयोजित कार्यक्रममा १ सय ३३ जनाको आँखा परिश्रण गरिएको थियो । जसमा ८ जना सल्यक्रिया, ७ जना मोतिबिन्दु, १ जना आँखामा मासु पलाएको विरामीहरुको आँखा परिश्रण गरिएको थियो । यसैगरी ३३ जनालाई औषधी र १४ जनालाई चस्माको सिफारिस गरिएको मार्केटिङ पर्सन करण रायाले बताउनु भयो । उहाँहरुको आइ सेन्टरका अप्थोलोजिष्ट डाक्टर रोजल थापा आँखा परिश्रण गर्नु भएको थियो । आयोजक शाखाका अध्यक्ष देबु बानियाँको सभापतित्व तथा वडा नम्बर १ का वडा…
Author: सन्देश पोस्ट
मोरङ । मोरङको पथरी शनिश्चरे वडा नम्बर १ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा गए राति आगलागी हुँदा एक करोड ५० लाख रुपैयाँको क्षति भएको छ । राति १२ बजे मिलमा आगलागी हुँदा मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी भएको छ। मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए । स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो। मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने भएन। आगो निभाउन पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी र बेलबारी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो। आगलागीको कारणबारे यकिन जानकारी प्राप्त नभएको प्रहरी कार्यालय पथरीले जनाएको छ।
काठमाडौं ।जनजागरण पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक केन्द्रिय अध्यक्ष डा. विपी खनालको अध्यक्षतामा हिजो पार्टी केन्द्रीय कार्यालयमा बसेको छ। बैठकले समसामयिक विषयहरूमा छलफल गर्दै अल्पसंख्यक, पीडित, प्रताडित तथा सीमान्तीकृत समुदायमाथि विभिन्न क्षेत्रहरूबाट भइरहेको प्रहार र सोप्रति राज्यको उदासीनता, अस्पष्ट नीति र न्यायोचित व्यवस्था हुन नसकिरहेको अवस्थाउपर वृहत्तर छलफल गरेको छ । हालको विकसित राजनीतिक घटनाक्रमलाई सूक्ष्म अध्ययनगरी समसामयिक विषयमा छलफल तथा भावि रणनीतिक योजना तथा नवगठित सोह्र दलीय “राष्ट्रवादी गणतान्त्रिक मोर्चा” सँग आबद्ध हुने सामुहिक गतिविधिहरूमा पार्टीको सक्रियता बढाउनेबारे पनि निर्णय गरेको छ। आसन्न उपनिर्वाचन तथा त्यसपछिका निर्वाचनहरूमा अध्यक्ष नेतृत्वको रणनीतिक योजना निर्माण टोलीले आवश्यक गतिविधि अघि बढाउने निर्णय…
नयाँदिल्ली। भारतीय निर्वाचन आयोगले राष्ट्रिय चुनाव अप्रिल १९ देखि सुरु हुने शनिबार घोषणा गरेको छ । “हामी प्रजातन्त्रलाई देशको हरेक कुनामा लैजान्छौँ”, चुनावी मिति घोषणा गर्न नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले भने, “हामी विश्वभर प्रजातन्त्रको ज्योति बनेर राष्ट्रिय निर्वाचन गराउने बाचा गर्दछौँ ।” राष्ट्रिय निर्वाचनमा अप्रिल १९ देखि जुन २१ सम्म सात चरणमा मतदान हुनेछ । देशभरका मतपत्रहरू एकैपटक सङ्कलन गरेर जुन ४ मा मतगणना गरिनेछ र सामान्यतया सोही दिन नतिजा घोषणा गरिनेछ । छ हप्ताभन्दा बढी समय सञ्चालन हुने निर्वाचनमा कूल ९७ करोड मतदाता मतदान गर्न योग्य छन् । उक्त सङ्ख्या संयुक्त राज्य अमेरिका, यूरोपेली…
भोजपुर । भोजपुरको हतुवागडी गाउँपालिका वडा नम्बर ७ पात्लेपानीमा आगालागि हुँदा एउटै परिवारको ३ जना बालबालिकाको मृत्यु भएको छ। आगालागिबाट ७ वर्षको छोरी ६ वर्षका छोरा र ३ वर्षीया छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। मृत्यु हुने बालबालिकाको नाम भने खुल्न सकेको छैन।
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर रु एक र डिजेल-मट्टिेलको मूल्यमा प्रतिलिटर रु दुई घटाएको छ । निगमले पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ७० र तेस्रो वर्गका लागि रु एक सय ७१ तोकेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ५७ र तेस्रो वर्गका लागि रु एक सय ५८ कायम भएको निगमका प्रवक्ता मनोज…
काठमाडौं । रुसी फौजीमा भर्ना भएका थप ७ नेपाली युवाको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै पछिल्लोपटक युक्रेनसँगको युद्धका क्रममा रुसी सेनामा भर्ती भएका ७ नेपाली युवाको मृत्यु भएको पुष्टि गरेको हो। परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक।, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनका कारण गरिब, महिला, बालबालिका र आदिवासी बढी मारमा परेको बताएका छन् । बिहीवार काठमाडौँमा ‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नविन केन्द्र’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘विशेषगरी हाम्रो जस्तो अतिकम विकसित एवं पहाडी मुलुकहरूका लागि जलवायु परिवर्तनको कठोर वास्तविकता मात्र नभइ त्यसका परिणामहरू ज्यादै महत्वपूर्ण छन् । यस्ता प्रकोपले सबैभन्दा कमजोरलाई असर गरेको छ । यहाँका गरिब, महिला, बालबालिका र आदिवासी एवं जातीय समूह मारमा पारेका छन् ।’ समुदायमा बढ्दो रोग, कुपोषण, प्रदुषण र प्राकृतिक प्रकोपहरूबाट उत्पन्न…
मेचीनगर । प्रथम मेचीनगर स्पोर्टस् मेनिया २०८० जारी रहेको छ । प्रथम मेचीनगर स्पोर्टस् मेनिया २०८० अन्तर्गत पुरुष फुटबल खेलतर्फ मेचीनगर वडा नम्बर ६, ७ र १५ ले विजयी शुरुवात गरेका छन् । काँकरभिट्टा माविको खेलमैदानमा जारी प्रतियोगितामा वडा नम्बर १४, ५ र ८ पहिलो चरणबाटै बाहिरिएका छन् । बुधबार सम्पन्न पहिलो चरणको खेलमा वडा नम्बर ६ ले १४ लाई ३–० को गोल अन्तरले पराजित गरेको हो । वडा नम्बर ६ का लागि मुन्ना सुब्बाले २ र मनिष तामाङले १ गोल गरे । खेलको म्यान अफ दी म्याच मुन्ना सुब्बा घोषित हुँदै नगद २ हजारसहित प्रमाण पत्र प्राप्त गरे ।…
मेचीनगर । मेचीनगर नगरपालिकाको दोस्रो नगरसभाको चौथो अधिवेशन बुधबारबाट शुरु भएको छ । मेचीनगर नगरपालिकाको सभाहलमा शुरु अधिवेशनको उद्घाटन कार्यक्रमका अध्यक्ष नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । नगरसभाको उद्घाटन अवसरमा नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले अधिवेशनमा विनियोजन ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक, २०८० तथा प्रगति प्रतिवेदन प्रस्तुत गरे । मेचीनगरकोे दोस्रो नगरसभाको तेस्रो अधिवेशनबाट चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि कुल १ अर्ब ३५ करोड ८९ लाख ६० हजार ५ सय ५५ रुपैयाँको आय–व्यय सहितको बजेट, नीति तथा कार्यक्रम स्वीकृत भएको थियो । हालसम्मको वित्तिय प्रगति विनियोजनतर्फ चालु खर्च ८३ करोड ८७ लाख ६४ हजार ५२ रुपैयाँ २४…