Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट तेस्रोपटक विश्वासको मत पाएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए । मत विभाजनद्वारा सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । मत विभाजनको परिणामअनुसार बैठकमा २६८ जना सांसद उपस्थित रहेका र प्रस्ताव पक्षमा १५७, विपक्षमा ११० र मत दिन्नँ भन्ने तटस्थमा १ मत खसेको सभामुख घिमिरेले जानकारी दिए । प्रस्तावको पक्षमा खसेको १५७ मत बहुमत पुगेकाले प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको सभामुख घिमिरेले बैठकमा जानकारी गराए ।

Read More

झापा । मेचीनगर खेलकुद विकास समितिको आयोजनामा मेचीनगरमा ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया (२०८०’ सुरु भएको छ । काँकरभिट्टा माबिको खेल मैदानमा आयोजित कार्यक्रमको उद्घाटन प्रदेश सांसद गोपाल तामाङले गरेका थिए । कार्यक्रममा खेलकुदको क्षेत्रमा योगदान पुर्याउने तीन जना अग्रज खेलाडीलाई सम्मान गरिएको थियो । लामो समयदेखि खेलकुदमा योगदान गर्ने फुटबलमा गणेशबिक्रम नेङ्वाङ, कराँतेमा अर्जुन लम्साल र टेकनाथ पराजुलीलाई प्रमुख अतिथि तामाङले सम्मानपत्रद्वारा सम्मान गरेका थिए । फुटबल बक्सिङ र तेक्वान्दो, सामुदायिक भवन काकर्भिट्टामा कराँते, पुर्वेली खेल मैदानमा क्रिकेट, काँकरभिट्टामा खानेपानी हलमा चेस, धुलाबारी माबीमा भलिबल, कवर्डी र ऎथ्लेन्टिक्स खेल प्रतियोगिताको स्थान तयारी गरेको समितिले जनाएको छ । १५ वटाबाट प्रतियोगितामा…

Read More

काठमाडौं । माओवादी केन्द्रका सांसद नारायण दाहाल राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएका छन् । मंगलबार भएको मतदानमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । राष्ट्रिय सभा बैठकमा सत्ता गठबन्धनको तर्फबाट गोपी सार्की अछामीले पेस गरेको नारायण दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो । सत्तारुढ माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा अध्यक्षका उम्मेदवार रहेका दाहालले एमाले, नेकपा एस तथा जसपाको समर्थन पाएका छन् । यसअघि कांग्रेसका उम्मेदवार युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । निर्वाचनमा उपस्थित ५६ सदस्यमध्ये शर्माको पक्षमा १७ र विपक्षमा ३९ मत पाएका थिए । मतदान प्रक्रियामा कुल ५६ सांसद उपस्थित भएका…

Read More

झापा । नाइजेरियन स्ट्राइकर अबायोमी ओलुवासेउन फकुन्लेको दुई गोल प्रेरित चर्च ब्वाइज युनाइटेड झापा गोल्डकप फुटबलको नयाँ च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीलाई ३–० ले पराजित गरेकाे हाे।  सहिद स्मारक ए डिभिजन लिग विजेता चर्चको जितमा फकुन्लेले दुई तथा राजेश परियारले एक गोल गरे। चर्च ब्वाइज पहिलो सहभागितामै च्याम्पियन बन्न सफल भएको हो। टोली अपराजित रहँदै च्याम्पियन भयो। च्याम्पियन चर्च ब्वाइजले १३ लाख रुपैयाँ प्राप्त गरेको छ। पहिलोपटक च्याम्पियन बन्ने लक्ष्य राखेको एपिएफ भने उपविजेता बन्दै सात लाखमा चित्त बुझाउन बाध्य भयो। खेलको १२औँ मिनेटमा फकुन्लेले पहिलो गोल गरे। गोलकिपर एन्जल श्रेष्ठ…

Read More

झापा । छैठौं झापा गाेल्कपकाे उपाधिका लागि आज झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सशस्त्र प्रहरीको एपीएफ क्लब र चर्च ब्वाइज युनाइटेड आम्ने साम्ने हुदैछन् । डोमालाल राजवंशी रंगशालामा दिउँसो ३ बजेबाट हुने खेलमा उनीहरु उपाधि आफ्नो हातमा पार्न सशक्त रुपमा प्रस्तु हुने दाबी गरेका छन् । पहिलो पटक झापा गोल्डकपको उपाधि भिड्न्तमा पुगेका दुवै टिमले नतिजा आफ्नो पक्षमा पार्ने दाबी गरेका हुन् । फाइनल खेलको पूर्व सन्ध्यामा बिर्तामोडमा आयोजित प्रि–म्याच कन्फ्रेसमा दुबै टिमले उपाधि हात पार्ने दाबी गरेका हुन् । यसअघिका पाँच संस्करणमा सहभागी भएको एपीएफ एफसी फाइनलमा पुगेको यो पहिलो पटक हो । सहिद स्मारक ए डिभिजन लिग बिजेता…

Read More

झापा । झापाको विर्तामोडमा जारी झापा गोल्डकपको उपाधीका लागि चर्च ब्वाइज युनाइटेड फुटबल क्लव र सस्त्र प्रहारीको एपिएफ फुटबल क्लव बिच प्रतिस्पर्धा हुने भएको छ । डोमालाल रंगशालामा भोली दिउँसो दुइ बजे पछि सुरु हुने फाइनलमा दुवै टोली उपाधी हत्याउने दाउमा मैदान उत्रने छन् । एपिएफले अर्को बिभागिय टोली त्रिभुवन आर्मी क्लवलाई हराएर फाइनलको यात्रा तय गरेको हो । शुक्रबार भएको पहिलो सेमिफाइलनमा एपिएफले आर्मीलाई १–० ले पराजित गरेको थियो । त्यस्तै चर्च व्बाइजले भने हिजो भएको अन्तिम सेमिफाइनलमा आयोजक झापा ११ एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै उपाधी नजिक पुगेको हो । यति ब्रुअरी मुख्य प्रायोजक एवं अन्तर्राष्ट्रिय…

Read More

बिर्तामोड । चर्च ब्वाइज युनाइटेड झापा गोल्ड कपको छैटौँ संस्करणको फाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न भएको दोश्रो सेमिफाइनल खेलमा आयोजक झापा ११ एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै चर्च ब्वाइज युनाइटेड फाइनलमा प्रवेश गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी खेलमैदानमा निर्धारित ९० र अतिरिक्त १४ मिनेटमा गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । सहिद स्मारक ‘ए’ डिभिजन लिग बिजेता चर्च ब्वाइज झापा गोल्ड कपमा पहिलोपटक सहभागी हुँदै फाइनलमा प्रवेश गर्न सफल भएको हो । झापा यसअघिका पाँचै संस्करणमा फाइनल पुगेर पनि उपाधिबाट टाढा रहँदै आएको छ । पेनाल्टी सुटआउटमा चर्च ब्वाइजको लागि सुरज जिउ ठकुरी, विजय…

Read More

झापा । चारपटकको च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लब छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलोपटक सहभागिता जनाएको मच्छिन्द्र फुटबल क्लबलाई २–१ ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र वसन्त जिम्बाले एक–एक गोल गरेका थिए । यस सिजनको सर्वाधिक सफल क्लब मच्छिन्द्र अग्रता जोगाउन नसक्दा क्वार्टरफाइनलबाटै बाहिरिएको हो । आर्मीले फाइनल प्रवेशका लागि शुक्रबार एपिएफविरुद्ध प्रतिस्पर्धा गर्नेछ । आर्मीले लगातार दोस्रोदेखि पाँचौँ संस्करण जितेको थियो । खेलको ११औँ मिनेट मच्छिन्द्रका विदेशी खेलाडी स्टेफन बिनोङले १–० को अग्रता गोल गरेका थिए । हिसुब थपलियाको पासमा बिनोङले गोल गरेका हुन् । एक महिनाको अन्तरमा मच्छिन्द्रले केपी ओली कप र बागमती गोल्डकप…

Read More

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तोलामा १ लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार थप १५ सय बढ्दै १ लाख २५ हजार रुपैयाँ कायम भएको हो । यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख २४ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ । यसैगरी, तेजावी सुनको मुल्य हिजो (बुधवार) तोलाको १ लाख २९ हजार ९ सय रुपैयाँ निर्धारण भएको थियो । त्यस्थै चाँदीको मुल्य भने तोलामा ३० रुपैँयाले बढेको छ । आज चाँदीको मुल्य तोलाको १४ सय ७० रुपैयाँ कायम रहेको छ ।…

Read More

काठमाडौं । सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् । जसमा नेकपा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीमा सचिव रघुवीर महासेठसहित ८ जना रहेका छन् । कानून, न्याय तथा संसदीय मामिलामा पदम गिरी, रक्षामा हरि उप्रेती, महिला बालबालिकामा भगवती चौधरी, खानेपनी मन्त्रीमा राजेन्द्र राई, उद्योग मन्त्रीका रुपमा दामोदर भण्डारी, कृषि मन्त्रीमा ज्वालाकुमारी साह र भूमि व्यवस्था तथा सहकारी मन्त्रीका रुपमा बलराम अधिकारीले शपथ लिएका छन् । त्यस्तै, माओवादीबाट नारायणकाजी श्रेष्ठले परराष्ट्र, वर्षमान पुनलाई अर्थ, शक्ति बस्नेतलाई उर्जा, रेखा शर्मालाई सञ्चार र हितबहादुर तामाङलले पर्यटन…

Read More