Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री र मन्त्रालयकाे टुंगो लगाएकाे छ । एकीकृत समाजवादीले भानुभक्त जोशी र धनबहादुर बुढालाई मन्त्रीका रूपमा पठाउने निर्णय गरेको हो। जोशीलाई संघीय मामिला र बुढालाई शहरी विकासमन्त्री बनाउने नेकपा एसले जनाएको छ।  एकीकृत समाजवादीबाट मन्त्री भएकाहरूले पनि आजै शपथ खाने भएपछि पौने ६ बजेका लागि तय भएको शपथ कार्यक्रम केही समय पछि सरेको छ। नेकपा एकीकृत समाजवादीले शर्तसहित सरकारमा जाने निर्णय गरेको थियो। लगत्तै अध्यक्ष नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए। प्रधानमन्त्रीसँगको छलफलपछि नेकपा एकीकृत समाजवादीले पनि आफ्नो तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम बुझाएको हो।

Read More

काठमााडौं । नयाँ मन्त्रिपरिषदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना मन्त्री बन्ने भएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ । रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । उनीहरुको सपथ आजै बेलुका ५ बजे हुने तय भएको छ ।

Read More

बिर्तामोड । चर्च ब्वाइजले छैटौँ अर्ना झापा गोल्ड कपको सेमिफाइनल यात्रा तय गरेको छ । बिर्तामोडमा जारी प्रतियोगितामा क्लब स्थापनाको ९०औँ वर्ष मनाउँदै गरेको न्यु रोड टिम (एनआरटी) फुटबल क्लबलाई १–० को झिनो गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले सेमिफाइनलको यात्रा तय गरेको हो । कठिन जित निकालेर लिग च्याम्पियन चर्च ब्वाइजले अन्तिम चारमा आफूलाई सुरक्षित गर्न सफल भएको छ । चर्च ब्वाइजको जितका लागि एकमात्र गोल विदेशी खेलाडीबाट सम्भव भयो । खेलको ३६औँ मिनेटमा अवयोमी फकुन्लेले पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । दायाँ साइडबाट सञ्जित राई (लाहुरे) ले दिएको पासलाई फकुन्लेले गोल गरेका थिए । चर्च…

Read More

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता गठबन्धन बन्ने र भत्कने क्रमको यो अन्त्य नभएको भन्दै विदेशी शक्तिको अभिप्रेरणा, उक्साहट र सौजन्यमा यो खेल निरन्तर जारी रहने टिप्पणी गरेका छन्। आज पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम बारे धारणा राख्दै थापाले यो अन्तिम गठबन्धन नभएको र आगामी दिनमा नयाँ नयाँ गठबन्धन बन्दै जानेसमेत दाबी गरे। नितान्त निहित स्वार्थ, व्यक्तिगत महत्वाकांक्षा र स्वार्थी मनोवृत्ति हाबी भएपछी गठबन्धन परिवर्तन भइरहनु अनौठो नहुने उनले बताए। मुलुकमा अस्थिरता सिर्जना गर्न चाहने र विदेशी शक्तिको गोटी बन्न राजी हुने दलहरूको मुलुक र जनताको बृहत्तर हित कहिल्यै प्रमुखतामा नपरेको चर्चा गर्दै…

Read More

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मंगलबार दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने कार्यसम्पादन समितिको बैठकबाट कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट तीन वटा निर्णय हुने रातोपाटीलाई बताए । ‘आज हामीले तीन वटा निर्णय गर्छौँ,’ उनले भने, ‘सरकारबाट फिर्ता हुने, सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने निर्णय लिने गर्छौँ ।’ आइतबार साँझदेखि प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमाले नेतृत्वको गठबन्धनमा फर्किएका छन् । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा सम्मिलित…

Read More

सत्ताको नयाँ समीकरणबारे टिप्पणी: ६ बुँदागत भनाइ १) स्वाभाविक -गठबन्धनका मुख्य शक्तिका नेताजीहरूबीच देश बनाउनेभन्दा पनि सत्ता टिकाउने-सिध्याउने खेलको प्राथमिकतामा प्रतिक्रियावादी, भ्रष्टाचारी र सामन्ती चरित्रको पकड बलियो बन्दै गएकोमा त्यसलाई भत्काउन आवश्यक थियो, केहीबेरका लागि भत्कियो! २) अप्रत्याशित -गठबन्धनका शक्तिहरूबीच आफू सुरक्षित रहन कसले कसलाई पहिले पाखा लगाउने भन्ने आशंका बढ्दै जाँदा प्रधानमन्त्री प्रचण्डले फेरि पनि आफूलाई सबैभन्दा ‘चतुरो’ खेलाडी सिद्ध गरेको अवस्था । ३) अविश्वास झाँगियो -मुख्य पात्रका बीचमा केवल फाइदा-बेफाइदाको हिसाबले प्राथमिकता पायो। सबैभन्दा ठूलो दल भएर पनि दोस्रोपटक नेपाली कांग्रेस जिल्लियो। यसले सत्तामा विश्वासको वातावरण शून्य बनाएको छ। नयाँ समीकरणको आयु पनि सहमतिअनुसार सहजरूपमा बढ्नेमा उनीहरू आफैं…

Read More

काठमाडौं, नयाँ गठबन्धन दलहरूबाट तीन जना मन्त्रीले शपथ लिएका छन्। नेकपा (एमाले) बाट पदम गिरी, नेकपा (माओवादी केन्द्र) बाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्याल (डिपी) ले शपथ लिएका हुन्। नवनियुक्त मन्त्रीहरूलाई सोमबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन्। नवनियुक्त मन्त्रीहरूले कुन मन्त्रालय सम्हाल्ने भन्ने तय भइसकेको छैन। उनीहरूलाई बिनाविभागीय मन्त्री नियुक्त गरिएको हो। यसैबीच नेपाली कांग्रेसलगायत पुरानो गठबन्धन दलबाट मन्त्री भएकाहरू बिदा भएका छन्। प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको सहकार्य तोड्दै एमाले, रास्वपासहित नयाँ समीकरण बनाएका थिए। नयाँ गठबन्धन दलभित्र कसले कुन मन्त्रालय लिने भन्ने समझदारी बनिसकेको छैन। त्यसैले आज सानो…

Read More

काठमाडौं । साफ यू-१६ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपालद्वारा भुटान पराजित भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्पलेक्समा सम्पन्न खेलमा नेपालले भूटानलाई ३-० गोलअन्तरले पराजित गरेको हो । नेपालको जितमा पुजा गिरी, भूमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले समान एक-एक गोल गरे । खेलको १४औं मिनेटमा नेपालले अग्रता लिएको थियो । पूजा गिरीले पेनाल्टी क्षेत्र भित्रबाट गरेको फितलो प्रहारलाई गोलरक्षक केल्जाङ वाङमोले बचाउन नसक्दा नेपालले अग्रता लिएको थियो । त्यसको चार मिनेटपछि नै कप्तान भूमिका बुढाथोकीले गोल गर्दै नेपाललाई २-० ले अघि राखेका थिए । खेलको २८औं मिनेटमा ग्यान्सु डोल्मा लोले २५ यार्ड टाढाबाट गरेको फ्रिकिक…

Read More

झापा । ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले अर्ना झापा गोल्ड कपको छैटौँ संस्करणमा विजयी सुरुवात गरेको छ । नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । झापा गोल्ड कपमा पहिलोपटक सहभागिता जनाएको चर्च ब्वाइजले पहिलो खेलमा नतिजा आफ्नो पक्षमा पार्न सफल भएको छ । पुलिस भने यसअघिका ५ वटै संस्करणमा पहिलो चरणमै घर फर्किएको थियो । पुलिस योपटक पनि पहिलो चरणमै घर फर्किन बाध्य बन्यो । आइतबारको खेलमा दुवै टिमको मिडफिल्ड चल्न सकेन । निर्धारित ९० मिनेटमा पुलिसले तीन र चर्च ब्वाइजले एउटा मात्र डेन्जर मुभ बनाउन सकेको…

Read More

झापा । झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ भने अर्की बालिका गंभीर घाइते भएकी छन् । हिजो साँझ ७ बजेको समयमा मेचीनगर नगरपालिका- ५ घोडाधिनस्थित भित्री पक्की सडकखण्डमा घैलाडुब्बाबाट नकलबन्दातर्फ जाँदै गरेको मे ११ प ५७६५ नम्वरको सेतो कलरको बुलेट मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने बर्ष ५५ की देवीमाया बि.क. र नबिन वि.क.की छोरी बर्ष ६ की निशा बि.क. लाई ठक्कर दिएको थियो । घाईतहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याइएकोमा उपचारको क्रममा देवीमायाको साँझ ७.३० बजे मृत्यु भएको हो । नाकमा चोट लागेकी बालिका निशाको अवस्था मध्यम रहेको जनाइएको छ । मोटरसाइकल ईलाका प्रहरी कार्यालय नकलबन्दाको…

Read More