Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडौं । त्रिकोणात्मक टी-ट्वेन्टी सिरिजको चौथो खेलमा नेपाल विजयी भएको छ । पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको नेपालले आजको रोमाञ्चक खेलमा नामिबियालाई ३ रनले पराजित गरेको हो । टीयू क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो । १ सय ८१ रनको लक्ष्य पच्छ्याएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ७७ रन मात्र बनाउन सक्यो । नेपालका लागि करण केसी, दीपेन्द्रसिंह ऐरी र सोमपाल काकीले नामिबियाका २-२ विकेट लिए । ३ परिवर्तनसहित मैदान उत्रिएको नेपालले ओपनर आसिफ शेख दोस्रो ओभरमा १ रन बनाएर बेन शिकोन्गोको सिकार…

Read More

उर्लाबारी  । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी सडक खण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुसार मृत्यु हुनेहरूमा झापाको कमल गाउँपालिका २ का ५२ वर्षीय यदुकान्त भट्टराई, ४४ वर्षीया दीपा खनाल र ३६ वर्षीय कृष्ण गजुरेल छन्। त्यस्तै, दुर्घटनामा परी गम्भीर घाइते भएका हरि खनाल र गायत्री भट्टराईको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। बेलबारीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ज २८५६ नम्बरको जिपलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.२–००१ ख ९६७६ नम्बरको टिपरले ठक्कर दिँदा दुर्घटना भएको थियो। टिपरले जिपलाई ठक्कर दिनुअघि काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–क–००१…

Read More

राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशले फागुन २४ देखि २६ गतेसम्म ल्होछार मेला गर्ने भएकाे छ । संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्जुश्री सम्बत २८६० डुक ल्हो सोनाम ल्होछार तमु ल्होछार र २५५१ औं ग्याल्पो ल्होछारको शुभ अबसरमा बृहत ल्होछार सांस्कृतिक कार्यक्रम २०८० आयोजना गरिने जानकारि दिएकाे हाे ।तामाङ समुदायकाे ल्हाेछार पर्वलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गरि यसकाे महत्व र औचित्यबारे जानकारि दिने गरि मेलाकाे आयाेजना गरिएकाे राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशका अध्यक्ष दावा फिन्जो तामाङले बताउनुभयाे । ल्होछार समारोहको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गर्ने बताइएको छ । कार्यक्रमको दोस्रो दिन प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङ…

Read More

काठमाडौं । नेपाल साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आज जोर्डनसँग खेल्दैछ। जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा यो खेल नेपाली समय अनुसार राती ९: ४५ बजेदेखि सुरु हुँदै छ। नेपालले मंगलबार राति सम्पन्न सेमिफाइनल खेलमा लेबनानलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने जोर्डन भने सेमिफाइनलमा प्यालेस्टाइनलाई ५-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो। तुलनात्मक रूपमा नेपाल भन्दा जोर्डन बलियो टिम रहेको छ। जोर्डन फिफाको महिला फुटबलको वरियतामा ७४औं स्थानमा रहेको छ। जोर्डन वाफ च्याम्पियनसिपको डिफेन्डिङ च्याम्पियन समेत हो। जोर्डनले अहिलेसम्म सबैभन्दा बढी पाँच पटक वाफको उपाधि विजेता राष्ट्र…

Read More

काठमाडौं : माइतीघरलाई निषेधित क्षेत्रबाट हटाउन माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ। लोसपा छोडेर ‘राष्ट्रिय मुक्ति क्रान्ति अभियान’ घोषणा गरेका नेता राजेन्द्र महतो नेतृत्वमा भएको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी भएको छ। प्रदर्शनकारीहरूले माइतीघरको निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरूलाई रोकेको थियो। त्यसक्रममा प्रहरी र आन्दोलनकारीबीच धकेलाधकेल भएको हो। त्यसपछि उनीहरूले भद्रकालीमा सरकारविरुद्ध नाराबाजी र प्रदर्शन  गरेका थिए। भृकुटीमण्डबाट निस्किएको र्‍याली माइतीघर मण्डला पुगेको थियो। प्रदर्शनका क्रममा निषेधित क्षेत्र खारेज गर,हाम्रो मुख बन्द गर्न पाइँदैन’ जस्ता नारा लगाएका थिए। प्रदर्शनमा केही आन्दोलनकारी घाइते भएको बुझिएको छ।

Read More

काठमाडौं । साउदी अरेबियामा भएको वेष्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपमा नेपालले लेबनानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । साउदी अरेबियाको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्टस् सिटी स्टेडिययमा गए राति सम्पन्न सेमिफाइनल खेलमा नेपालले लेबनानलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनमा प्रवेश गरेको हो । नेपालले पहिलोपटक वाफ च्याम्पियनसिपमा सहभागिता जनाएको हो । नेपालको जितमा सावित्रा भण्डारी र प्रीति राईले समान एक–एक गोल गरे । खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा प्रीतिले गोल गरेपछि नेपालको जित सुनिश्चित भएको हो । त्यसअघि खेलको ३८औँ मिनेटमा नेपालकी रक्षक पूजा रानाले आत्माघाती गोल गरेपछि नेपाल दबाबमा परेको थियो । पूजाले गोलकिपर एञ्जिला…

Read More

काठमाडौँ । प्रहरीले आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीको अनुरोधमा उनलाई बाह्रबिसेबाट पक्राउ गरिएको सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले बताए । कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गर्न सिन्धुपाल्चोक प्रहरीसँग समन्वय गरेको थियो । केही दिनअघि शर्मिला, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी पवन बसेको घरमा गएर उनीमाथि कुटपिट गरेको आरोप छ । उनीविरुद्ध कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

Read More

बिर्तामोड : बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक व्यावसायिक प्यानलका राजु न्यौपाने विजयी भएका छन् ।मतगणनाको अन्तिम मतपरिणाम अनुसार न्यौपानेले २२२५ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका प्रतिष्पर्धी स्वतन्त्र व्यावसायिक प्यानलका अर्जुनकुमार मैनालीले १५२० मत पाएका छन् । जुन ७०५ मतको अन्तर हो । बहुमतसहित लोकतान्त्रिक प्यानल विजयी भएको हो भने केही पदमा स्वतन्त्र प्यानलका उम्मेदवारहरुले विजय हासिल गरेका छन् । १९ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे, उद्योग उपाध्यक्षमा विशाल थापा, वाणिज्य उपाध्यक्षमा जिवनकुमार खड्का जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराई, महासचिवमा कुशल खतिवडा, सचिवमा पुकार बराल, वाणिज्य सचिवमा राजकुमार शाह, कोषाध्यक्षमा युवराज निरौला, सहकोषाध्यक्षमा…

Read More

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूलाठूला भ्रष्टाचार काण्डको अनुसन्धान टुंग्याएर विशेष अदालतमा मुद्दा दायर गर्ने तयारीलाई तीव्रता दिएको छ। सार्वजनिक जग्गा हडप्ने समूहविरुद्ध कठोर बन्दै आइरहेको अख्तियारले अन्य ठूलाठूला भ्रष्टाचार मुद्दामा पनि छानबिनलाई तीव्रता दिएको हो । अख्तियारले हाल टेरामक्स प्रकरण, ७० करोडको टेप प्रकरण, एमडीएमएस, वाइडवडीलगायतका विषयमा विस्तृत छानबिन र अनुसन्धान गर्दै आइरहेको छ। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियारले ठूलाठूला भ्रष्टाचार प्रकरणका छानबिनलाई तीव्रता दिइरहेको बताउनुभयो। उहाँले टेरामक्स खरिद प्रकियामा भएको अनियमिततासम्बन्धी छानबिन अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। ‘टेरामक्स छानबिन अन्तिम चरणमा पुगिसकेको छ, सबै बयान सकिसकेका…

Read More

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ७० करोड टेप प्रकरणको अनुसन्धान भइरहेको र टेरामक्स अनुसन्धानको रिजल्ट पनि चाँडै आउने बताएका छन् । मंगलबार बसेको संसदको सार्वजनिक लेखा समितिको बैठकमा प्रमुख आयुक्त प्रेमकुमार राईले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको विषयमा अनुसन्धान भइरहेको र सबुत प्रमाण नभएसम्म कसैलाई पनि अभियुक्त बनाएर मुद्दा दर्ता नगरिने स्पष्ट पारे । २०७६ फागुनमा तत्कालीन सञ्चारमन्त्री तथा एमाले नेता गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मागेको भनिएको अडियो सार्वजनिक भएको थियो । साथै उनले टेरामक्स प्रकरणको पनि अनुसन्धान भइरहेकाले चाँडै रिजल्ट आउने दाबी गरेका छन् । अनुसन्धान…

Read More