काठमाडौँ । नेपाल नामिबियासँग पराजित भएको छ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो । नामिबियाले दिएको २०७ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा अल आउट हुँदै १८६ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४८ रन बनाए भने कप्तान रोहित पौडेलले ४२ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ३२, सोमपाल कामीले ११ बलमा २६ रन तथा गुलशन झाले १२ रन बनाएका थिए । नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले सर्वाधिक ४ विकेट लिए भने बेर्नार्ड स्कोल्ज, जान फ्राईलिंक र जान निकोलले २-२ विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिङ…
Author: सन्देश पोस्ट
काठमाडौं । इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा गायक कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दायर भएको छ। काठमाडौं जिल्ला अदालतमा आइतबार कँडेलविरूद्ध एक महिलाले मुद्दा दर्ता गरेको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए। पीडित महिलाले कँडेलविरूद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २२४ अनुसार कारबाहीको मागसहित मुद्दा दर्ता गरेकी हुन् । उक्त दफामा यौन दुर्व्यवहार गर्न नहुने कसुर उल्लेख छ। कसैमाथि यौन दुर्व्यवहार गरेमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ। यसमा हदैसम्मको कारबाही गरी क्षतिपूर्ति समेत दिलाउन माग गरेको छ। पछिल्लो समय पीडित महिलाले सामाजिक सञ्जालमार्फत् आफूलाई कँडेलले यौन दुर्व्यवहार गरेको भन्दै सार्वजनिक गरेकी थिइन्।
नयाँ बानेश्वर स्थित संसद् भवनमा लघुवित्तका ऋणीहरू प्रवेश गरेको घटनाबारे छलफल गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रमुखहरूलाई सिंहदरबारमा बोलाएका छन् । तीनवटै सुरक्षा निकायका प्रमुखहरू र गृहमन्त्री श्रेष्ठबिच साँझ गृह मन्त्रालयमा छलफल भइरहेको छ । बैठकमा नेपाल प्रहरीका आईजीपी वसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी छन् । उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापा र काठमाडौँका प्रमुख जिल्ला अधिकारी पनि बैठकमा सहभागी छन् ।सुरक्षा प्रमुखहरूले संसद् भवन परिसरमा लघुवित्तका ऋणीहरू प्रवेश गरेकोबारे ‘ब्रिफिङ’ गरिरहेको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए। सो घटना छानबिन गर्न उपत्यका प्रहरी कार्यालयका प्रहरी…
काठमाडौँ। काठमाडौँको बानेश्वरस्थित संसद भवन परिसरबाट ४९ जना पक्राउ परेका छन्। निषेधित क्षेत्र तोडेर संसद भवनमा प्रवेश गरेकाे आरोपमा ४८ जना महिला र १ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। निषेधित क्षेत्र तोड्न खोज्नेहरु लघुवित्त प्रभावित हुन् । उनीहरुलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ।
काठमाडौं । नेकपा एमालेका सांसदहरूले नाराबाजी गरेपछि संसद् बैठक स्थगित भएको छ। सोमबार प्रतिनिधिसभा बैठक सुरु भए लगत्तै एमालेका सांसद गोकुल बाँस्कोटाले प्रतिपक्षी दलले बालकुमारीसहितका घटनाका विषयमा मागेको जवाफ सरकारले नदिएको भन्दै आपत्ति जनाएका थिए। सभामुखबाट समेत रुलिङ भएको विषयमा प्रधानमन्त्रीले जवाफ नदिएको भन्दै एमालेसहित प्रतिपक्षी दल राप्रपा र रास्वपाले विरोध जनाएका थिए। तर, सभामुख देवराज घिमिरेले बैठक अघि बढाउन नखोजेपछि एमाले सांसदहरूले नाराबाजी गरे। सभामुख घिमिरेले सोमबारको बैठक महत्त्वपूर्ण रहेकाले सहयोग गर्न आग्रह गरे। तर, ‘भ्रष्ट मन्त्री राजीनामा दे’जस्ता नारा लगाउँदै एमाले सांसद उठेर विरोध जनाइरहे। यसपछि सभामुख घिमिरेले सोमबार नै बस्ने गरी १५ मिनेटका लागि संसद् बैठक स्थगित…
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा व्यक्तिको नाममा गराई भ्रष्टाचार गरेको अभियोगमा झापाको नापी र मालपोतका कर्मचारीसहित १७२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। झापाको दमक नगरपालिका वडा नं १३ र १४ का विभिन्न स्थानका झन्डै चार सय रोपनी गैरकानुनी रूपमा व्यक्तिको नाममा ल्याएको भन्दै अख्तियारले नापी कार्यालय चन्द्रगढी, नापी कार्यालय दमक र मालपोत कार्यालय दमकका कर्मचारीसहित १७२ जनाविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो। २०२१ सालको सुरु नापीका वेला दमक नगरपालिका वडा नं. १३ र १४ बालुवाटारको (रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तरतर्फ)का विभिन्न कित्ताका २९ बिघा १७ कट्ठा चार धुर (३९७ रोपनी आठ आना एक पैसा तीन दाम) सार्वजनिक जग्गा…
काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा आगामी वैशाख १५ गते उपनिर्वाचन गर्ने भएको छ । आयोगको आइतबार बसेको बैठकले प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ मा वैशाख १५ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले २०८१ वैशाख १५ गते शनिबार दुबै स्थानमा उपचुनाव गर्ने निर्णय भएको जानकारी दिए । यसअघि इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधन भएयता उक्त पद रिक्त छ भने बझाङ प्रदेशसभा–१ बाट पनि निर्वाचित पृथ्वीबहादुर सिंहको पनि निधन भएपछि त्यहाँको १ सिट खाली छ ।
सर्लाही। प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल विविधताको दृष्टिले विश्वको उच्च कोटिको देश भएको बताएका छन्।शनिबार सर्लाहीको बागमतीमा आयोजित शैक्षिक महोत्सवलाई सम्बोधन गर्दै उनले विविधतालाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिए। ‘नेपालभित्र राष्ट्रिय एकता कायम गर्नु भनेको सबै संस्कृति, भाषाभाषी, जाति र धर्मलाई एउटै सूत्रमा बाँधेर राख्नु हो।’ उनले भने ‘सबैको पहिचान र सबैको अधिकारलाई समान रुपले स्थापित गर्नुपर्छ।’ उनले राष्ट्रिय एकतालाई सुदृढ गर्न यो अत्यावश्यक भएको बताए। ‘कुनै एक जात विशेष वा भाषा विशेषमा मात्र राज्य चलाउन खोज्नु भनेको लोकतन्त्र होइन, निरंकुशतन्त्र भएको दुई सय पचास वर्षको इतिहासले राम्ररी प्रमाणित गरिसकेको छ।’ प्रधानमन्त्री दाहालले भने। शैक्षिक मेलामा करिब तीन हजार विद्यार्थीले सातै प्रदेशको…
काठमाडौं, फागुन ११ गते । सरकारले फागुन १३ गतेदेखि देशभर राष्ट्रिय दादुरा—रुबेला खोप अभियान २०८० सञ्चालन गर्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्र तथा परिवार कल्याण महाशाखाले यसबारेमा जानकारी दिएको हो । खोप अभियान फागुन १३ देखि चैत्र ७ गतेसम्म सञ्चलन हुनेछ । पत्रकार सम्मेलनमा बोल्नुहुँदै राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितले दादुरा, रुबेला क्याम्पियन अभियानको रुपमा खोप कार्यक्रम फागुन १३ देखि चैत्र ७ गतेसम्म अधिराज्यभर सञ्चालन गर्न लागेको बताउनु भयो । उहाँकाअनुसार रुकुमपश्चिम र जाँजरकोटमा भने खोप अभियान सकिसकेको छ । उहाँले भन्नुभयो, ‘‘दादुरा, रुबेला क्याम्पियन…
काठमाडौं । राजधानी केन्द्रीत आन्दोलनमा रहेका लघुवित्त पीडितहरु र प्रहरीबीच शुक्रबार झडप भएको छ । बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय घेराउन गर्न गएका पीडितहरुलाई प्रहरीले हस्तक्षेप गर्दा झडपको अवस्था आएको हो । सिफल चौधरबाट मार्चपास गर्दै बालुवाटार पुगेका हजारौंको संख्यामा रहेका पीडितहरुले निषेधित क्षेत्र तोडेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको थियो । भडपबाट दर्जनौं प्रर्दशनकारी घाइते भएका छन् भने प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । घाइतेहरुको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ज्यादती गरेको भन्दै प्रदर्शनकारीहरुले निशेधका लागि राखिएको बार फालिदिएका थिए । विभिन्न जिल्लाबाट मुग्लिनमा भेला भएका उनीहरु मुग्लिनबाट सात दिनको पैदल यात्रा गर्दै…