राजनीतिक परिस्थितिका कारण निर्धारित मिति जेठ १५ गतेबाट पोस्टपोन्ड भएको फिल्म ‘महाभोज’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । निर्माण पक्षले जेठ ३० गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । यो मितिमा फिल्मलाई एकल रिलिजको अवसर मिलेको छ । यसअघि ‘भाइरल गोर्खे’ले उक्त मिति रोजेको भए पनि विभिन्न कारणले फिल्मको रिलिज स्थगन गरिएको छ । नयाँ प्रदर्शन मिति घोषणा गर्दै निर्देशक दिनेश राउतले भनेका छन्, ‘हामीले धेरै मिहिनेतका साथ तयार पारेको ‘महाभोज’ केही विशेष परिस्थितिका कारणले निर्धारित मितिमा रिलिज गर्न सकेनौँ । यसबाट दर्शकहरूमा असहजता सिर्जना भएकोमा क्षमा प्रार्थी छौँ । अब जेठ ३० गते फिल्म प्रदर्शन हुँदैछ । यो…
Author: सन्देश पोस्ट
१७ जेठ, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा २ र डिजेल र मट्टितेलमा भने एक रुपैयाँले मूल्य वृद्धि भएको हो । वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ । हवाइ इन्धनको मूल्य भने घटेको छ । निगमले उपलब्ध गराएको विवरण अनुसार, आन्तरिकतर्फ ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलो लिटर २२ अमेरिकी डलरले घटाइएको छ । यससँगै अब काठमाडौंमा पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १ सय ५९ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा भने पेट्रोलको मूल्य १ सय ५८ रुपैयाँ पर्ने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ…
बिर्तामोड । मंगोल नेशनल अर्गनाइजेसन झापाले १८औँ गणतन्त्र दिवसको अवसरमा बिर्तामोड मुक्तिचोक आसपास बजारक्षेत्र र्यालीसहित अतिथि सदन सभा हलमा एक भव्य कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि सानबहादुर मेचे थिए। विभिन्न क्षेत्रबाट उपस्थित नेताहरू, समाजसेवीहरू र कार्यकर्ताहरूले गणतन्त्र दिवसको शुभकामना आदानप्रदान गरेका थिए। कार्यक्रम प्रमुख अतिथि मेचेबाट मैनबत्ती बालेर उद्घाटन गरियो। आफ्नो मन्तव्यमा प्रमुख अतिथि मेचेले लोकतान्त्रिक गणतन्त्र सबै नेपालीका लागि समान रूपमा महत्वपूर्ण रहेको उल्लेख गरे । गणतन्त्रलाई जोगाउने जिम्मेवारी हाम्रै हो उनले भने। उनले मंगोल विचारधाराका प्रणेता डा.गोपाल गुरुङको त्याग र बलिदानको स्मरण गर्दै भने, गणतन्त्र भनेको डा. गुरुङको बलिदानको प्रतिफल हो। त्यसैले मंगोलहरूले गणतन्त्रलाई विशेष महत्वका…
काठमाडौं। काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक घटनामा संलग्न रहेको अभियोगमा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ६५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार ६२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । बाँकी ३ जना नाबालक प्रतिवादीविरुद्ध सोमबार मुद्दा दायर गर्ने तयारी गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेले दुर्गा प्रसाईं, रवीन्द्र मिश्र, धवलशमशेर राणालगायतलाई प्रतिवादी बनाएर अदालतमा अभियोजन दर्ता गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार दुर्गा प्रसाईंमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, हत्या, संगठित अपराध, ज्यान मार्ने उद्योग र एकीकृत कसुरमा अभियोग लगाइएको छ ।…
इलाम । विषाक्त च्याउ खाएर बिरामी परेका इलाम माङसेबुङगाउँपालिकाको एकै वडाका तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरु दुई युवती र एक जना पुरुष रहेका छन् । प्रहरीका अनुसार विषाक्त च्याउ खाँदा माङसेबुङ गाउँपालिका ५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो । बिर्तामोडस्थित बिएन्डसी अस्पतालका सूचना अधिकारी डा अनुपम घिमिरेका अनुसार छ दिनअघि चिया बगानमा उम्रिएको च्याउ खाएका उनीहरू एक्कासी बिरामी परेका थिए । मनिषा र नुमाको विराट नर्सिङ अस्पताल विराटनगरमा यसअघि नै मृत्यु भएको थियो । लावतीको भने आज झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा मृत्यु भएको हो ।
झापा ।करीब साढे तीन महिनादेखि हराइरहेका मोरङको विराटनगर–८ मथुरा टोल निवासी ११ वर्षीय बालक दिप अग्रवालको सकुशल उद्धार गरिएको छ। काँकरभिट्टा नाकामा कार्यृरत सामाजिक संस्था नव अभियान नेपाल र भारतको कोलकातामा अवस्थित नेपाली दूतावासको संयुक्त पहलमा बालकलाई फेला पारेर आज काँकरभिट्टा इलाका प्रहरी कार्यालयमा ल्याइ उनको दिदी खुसी अग्रवालको जिम्मा दिइएको हो। बालक अग्रवाल हराएपछि विभिन्न निकायमार्फत खोजीकार्य भइरहेको थियो। नव अभियान नेपाल र नेपाली दूतावास कोलकाताको समन्वयमा भएको खोजी तथा उद्धार अभियान सफल भई बालकलाई सुरक्षित रूपमा घर फिर्ता गराइएको नव अभियान नेपाल शाखा काँकरभिट्टाका प्रमुख कुमार बस्नेतले सन्देश पोस्ट डटकमलाई जानकारी दिनुभयो । बालकको पुनर्मिलनप्रति परिवारजनले खुसी व्यक्त…
काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ थानकोटस्थित सिद्धार्थ बैंक नजिकै थानकोट यातायातको फोर्स गाडीले भारतीय नम्बर प्लेटको कारलाई ठक्कर दिएको छ । उक्त गाडी कारलाई ठक्कर दिएर नजिकै रहेको घरमा बज्रिन पुगेको थियो । शनिबार दिउँसो साढे २ बजेको समयमा नागढुंगाबाट कलंकीतर्फ आउँदै गरेको बीआर ०१ पीसल नम्बरको भारतीय कारलाई बा २ ख ९३९३ नम्बरको फोर्स गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ । उक्त घर धनिको विवरण खुलिसकेको छैन । घरको भित्तामा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । गाडी ठक्कर दिएका चालक भने फरार छन् ।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । शनिबार भर्चुअल रूपमा बसेको पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकले मन्त्री लेखकलाई राजीनामा दिएर निष्पक्ष छानबिनमा सहयोग गर्न माग गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन् । झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विगतमा सांसदको रूपमा रमेश लेखकले ‘प्रश्न उठेपछि राजीनामाले छानबिनमा सघाउनुपर्छ’ भनी दृष्टान्त पेश गर्नुभएको थियो। सोही कुरा स्मरण गराउँदै उहाँलाई यथाशीघ्र गृहमन्त्री पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानमा सहयोग गर्न माग गर्छौँ ।” रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री र उनको सचिवालय मानव तस्करीमा संलग्न रहेको भन्ने कुरा सार्वजनिक…
झापा । बिश्वव्यापी प्रार्थना घरले आफ्नो छैटौं वार्षिक उत्सव झापाको शिवसताक्षी ११ झिलझिलमा एक भव्य समारोहका साथ सम्पन्न गरेको छ। कार्यक्रममा झापा जिल्ला इसाई समाज महिला समितिका अध्यक्ष ममता रेग्मीलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएको थियो, जसले बिश्वव्यापी प्रार्थना घरले आत्मिक एकताको सन्देश र निरन्तर प्रार्थनाले बिश्व रुपान्तरण भएको औंल्याए। कार्यक्रमका संयोजक निरु साम्सोहाङ्गले बिश्वव्यापी प्रार्थना घरलेको स्थापना, उद्देश्य र हालसम्मका गतिविधिबारे संक्षिप्त जानकारी गराइन्। यस प्रार्थना घरद्धारा १० वटा देशबाट जाडिएको र अझ अन्य देशहरुपनि जोडिने साम्सोहाङ्गको भनाइ थियो । उनले बिश्वव्यापी प्रार्थना घरले गरेको विविध आत्मिककार्य र भावी योजना पनि प्रस्तुत गरेकी थिइन्। प्रमुख वक्ता दार्जिलिङ्गबाट एलवी सुब्बाले…
– होमराज राई, आँगन छेउमा रहर लाग्दा लटरम्म फलेका झुप्पाहरु, आमा थालमा भात पस्किदै थिइन्, र जुनेली सपना बुन्दै थिइन् सुन्दर शहरको …….।, छोरी, तिमी त पढेकी छौ, अब त जागिर खोज्नुपर्छ नि….?, आमाले मुसुक्क हाँस्दै माया गर्दै जिस्केर भनेकी थिइन्। केही महिनापछि त्यही आमाको माया र जिम्मेवारी बोकेर जुनेली राजधानी छिरिइन्। एक जना गाउँकै चिनजान दाईकोमा बसिन् उनी। केही दिनपछि, एउटा अनजान मान्छे भेटियो । जागिरको खोजिमा गाउँबाट आएको सम्झि ऊ आफैँले जागिर लगाइदिने भनेर नजिकियो। ऊ मुस्कुराउदै भनि तिमी जस्ती पढेकी केटीलाई म एउटा राम्रो रेष्टुरेन्टमा काम दिलाउँछु।जुनेलीलाई विश्वास लाग्यो। उसले आफ्नो प्रमाणपत्रहरू देखाइन्। भोलिपल्ट बिहान उसैले एउटा…