Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा राज्यले जिम्मेवार ढंगले अगाडि नबढेको भन्दै सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार बिर्तामोडमा आयोजना गरेको सरोकारवालाबीचको बैठकमा सहभागीले मानव बेचबिखन विभिन्न स्वरूपमा फैलिँदै गएको र राज्य गम्भीर नदेखिएको बताएका हुन्। बैठकमा मानव बेचबिखन र ओसारपसारलाई मानव अधिकारको गम्भीर उल्लंघनका रूपमा व्याख्या गर्दै सहभागीहरूले यसको नियन्त्रणका लागि राज्य, स्थानीय सरकार तथा सरोकारवाला निकायहरूको साझा प्रयास अपरिहार्य रहेको धारणा राखे। स्थानीय तहहरूले समेत नीति निर्माण गरी, मानव बेचबिखनविरुद्ध क्रियाशील समितिहरूलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिइएको थियो। बैठकमा प्रलोभनमा पारेर मानिस ठगिने, बेचिने, यौन तथा श्रम शोषणमा पारिने घटना बढ्दै…

Read More

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने घोषणापछि नेकपा एमाले भित्र यस विषयमा औपचारिक निर्णय गर्ने तयारी भएको छ। आज च्यासलस्थित पार्टी कार्यालयमा बसेको पोलिटब्युरो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति भइसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्किनु गम्भीर विषय रहेको टिप्पणी गरेका छन्। पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, अध्यक्ष ओलीले राष्ट्रपति राष्ट्रको परमाधिपति र गणतन्त्रको प्रतीक भएकाले यस्तो व्यक्तिले सक्रिय राजनीतिमा फर्कने विषयमा गम्भीर छलफल आवश्यक रहेको बताएका थिए। पूर्वराष्ट्रपति भण्डारीले पार्टीको सदस्यता नविकरण गरी राजनीतिमा सक्रिय हुने संकेत दिएकी छन्। तर, पार्टीभित्रै यस विषयमा मत विभाजन देखिएको छ। एक पक्षले राष्ट्रपति पदको गरिमा कायम राख्दै राजनीतिमा फर्किन…

Read More

काठमाडौँ। दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यु–२० च्याम्पियनसिपमा नेपाल श्रीलङ्काविरुद्धको खेलमा विजयी भएको छ । बङ्लादेशको ढाकास्थित बसुन्धरा किङ्स इरिनाको अभ्यास मैदानमा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ७-० गोलअन्तरले पराजित गरेको हो । यसअघि पनि पहिलो खेलमा नेपालले श्रीलङ्कालाई समान ७-० गोल अन्तरले नै हराएको थियो । योसँगै नेपालले चार खेलबाट ९ अङ्क जोडेको छ । चार खेल खेलेको श्रीलङ्का भने अङ्कविहीन छ । श्रीलङ्विरुद्धको खेलमा आज पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा तीन गोल थप्यो । नेपालका लागि कुसुम खतिवडा र समीक्षा मगरले समान दुई-दुई गोल गरे । पूर्णिमा राई, बिर्सना चौधरी र सरिता नाथले समान…

Read More

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्र पढ्ने र विभिन्न मन्त्रालयका मन्त्रीहरूले मौखिक प्रश्नहरूको उत्तर दिने कार्यसूची छ। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२ू माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत गर्ने छन्।

Read More

झापा । प्रधानमन्त्री केपी ओलीले ईलामको माई नगरपालिका–२ मा आयोजना गरिएको विशेष समारोहमा खानेपानी आयोजना शिलान्यास, माई नगर अस्पतालको उद्घाटन तथा सुकुम्बासीलाई जग्गाधनी प्रमाण–पुर्जा वितरण गरेका छन्। १५ शैयाको क्षमता भएको माई नगर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताए। साथै, शुद्ध र सुरक्षित खानेपानी पहुँचका लागि निर्माण हुन लागेको आयोजनाले हजारौं स्थानीयलाई लाभ पुर्‍याउने अपेक्षा गरिएको छ। कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेत, प्रदेशसभा सदस्य सुहाङ नेम्बाङ, कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्की, पूर्वमुख्यमन्त्री शेरधन राईलगायतको उपस्थिति रहेको थियो। सुकुम्बासीलाई जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै प्रधानमन्त्री ओलीले सरकारको प्राथमिकतामा भूमिहीन नागरिकको अधिकार सुनिश्चित गर्नु…

Read More

२८ असार, मेचीनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले उपचार सेवाबाट कोही पनि नागरिक वञ्चित हुनु नपरोस् भनेर सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । उनले अस्पतालको सञ्चालनपछि बुद्धशान्ति गाउँपालिकाका बासिन्दाले गुणस्तरीय र भरपर्दो आधारभूत स्वास्थ्य सेवा आफ्नै गाउँमा पाउने विश्वास गरे । नेपालकै पहिलो महिला प्रधानपञ्च भागीरथा न्यौपाने थिइन् । स्व.न्यौपाने तत्कालीन बुधवारे गाउँ पञ्चायतको प्रधानपञ्च हुन् । उनकै स्मृतिमा उनका छोरा–छोरीले निःशुल्क प्रदान गरेको १५ कठ्ठा जग्गामा अस्पताल निर्माण गरिएको बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले । उहाँकै स्मृतिमा अस्पतालको नामाकरण गरिएको हो । अस्पतालमा एक जना एमडी, ४ जना…

Read More

काठमाडौं । विश्वका प्रसिद्ध अर्बपति उद्यमी एलन मस्कले अमेरिकी स्वतन्त्रता दिवसको अवसर पारेर नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल ‘एक्स’मा आधिकारिक रूपमा गरिएको घोषणामा उनले ‘अमेरिका पार्टी’ को नाममा नयाँ दलको स्थापना गर्ने बताएका छन् ।मस्कको यो घोषणाले अमेरिकी राजनीतिक वृत्तमा ठूलो तरंग ल्याएको छ । विशेषगरी रिपब्लिकन पार्टीका राष्ट्रपति डोनाल्ड ट्रम्पकलागि यो घोषणाले गम्भीर रणनीतिक चुनौती थपेको छ। लामो समयसम्म ट्रम्पको राजनीतिक साझेदार रहेका मस्कले यतिबेला एकाएक अलग बाटो समाउँदै स्वतन्त्र दलको घोषणा गर्नुले आगामी निर्वाचनमा सन्तुलन बदल्न सक्ने संकेत देखिएको छ। मस्क र ट्रम्प : साझेदारीदेखि चिसोपनसम्मएक समय ट्रम्प प्रशासनका प्रविधि र उद्योगसम्बन्धी निर्णयहरूमा प्रत्यक्ष…

Read More

बिर्तामोड । झापाको बिर्तामोड–३ स्थित बिराटपोखरी क्षेत्रमा शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। सिद्दार्थ बैंकको सहयोगमा आयोजित उक्त कार्यक्रममा नगर प्रमुख पवित्रा महत, वडा नं. ३ का अध्यक्ष मदन बुढाथोकी, स्थानीय टोल समिति, बुद्धिजीवी, समाजसेवी तथा बिर्ताबजार प्रहरी चौकीका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा साना बालकदेखि जेष्ठ नागरिकसम्मको सक्रिय सहभागिता देखिएको थियो। सहभागीहरूले वातावरण संरक्षण र हरियाली प्रवर्द्धनमा वृक्षरोपणको भूमिका महत्वपूर्ण रहेको भन्दै यस्ता कार्यक्रम निरन्तर भइरहनुपर्ने आवश्यकता औंल्याएका थिए। वृक्षरोपणमा धूपी, सुपारी, सितारा, बेलीलगायत ३०० भन्दा बढी बिरुवा रोपिएको आयोजकले जानकारी दिएको छ। कार्यक्रममा सिद्दार्थ बैंकका कोशी प्रदेश प्रमुख सुवास श्रेष्ठ पनि सहभागी थिए। सस्थागत तथा सामुदायिक सहकार्यमा सम्पन्न…

Read More

१९ असार २०८२,जनमत पार्टीका स्थायी समिति सदस्य ई. दीपक कुमार साहले पार्टीभित्र नेतृत्व चयनमा बढ्दो “परिवारवाद”प्रति कडा आपत्ति जनाउँदै सार्वजनिक रूपमा गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। एक प्रेस विज्ञप्ति जारी गर्दै उनले पार्टी अध्यक्षले आफ्ना पारिवारिक सदस्यहरूलाई योजनाबद्ध ढंगले उच्च पदमा मनोनयन गर्दै पार्टीको आन्तरिक लोकतन्त्र र मूल्य–मान्यतालाई कमजोर बनाएको आरोप लगाएका छन्। साहका अनुसार, २०७७ सालमा अध्यक्षकी श्रीमती बबिता कुमारी राउतलाई उपाध्यक्ष पदमा नियुक्त गरेर सुरु भएको यो प्रवृत्ति हाल अध्यक्षका दाजु डा. जय कान्त राउतलाई राष्ट्रिय उपाध्यक्ष पदमा मनोनयनसँगै झन स्पष्ट भएको छ। उनले अघिल्लो जिम्मेवारीहरू जस्तै योजना आयोग सदस्य, राष्ट्रिय परिषद अध्यक्ष, संगठन विभाग प्रमुख लगायतका जिम्मेवारीहरू…

Read More

किशोर कुमार सार्की, मेचीनगर । आर्थिक वर्ष २०८१/८२ मा मेचीनगर नगरपालिकामा खेलकुद विकासले नयाँ आयाम थपेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता, विद्यालय, युवा र समुदायमा आधारित पहलले खेल प्रतिभालाई उजागर गराउँदै खेलकुदलाई सांस्कृतिक तथा आर्थिक विकासको बलियो आधार बनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा मेचीनगर नगरपालिका संरक्षक रही पाँचौं मेचीनगर गोल्डकप सफल पार्ने काम भएको छ । २०८१ फागुन २१ देखि फागुन २८ सम्म काँकरभिट्टामा सञ्चालन भएको पाँचौँ “मेचीनगर गोल्डकप” ले मेचीनगरलाई राष्ट्रियस्तरमा फुटबलबाट परिचित गराउन सफल भयो । ए–डिभिजन क्लबहरू (चर्च ब्वाइज, मच्छिन्द्र, एपीएफ) र भारत–उज्बेकिस्तानका विदेशी क्लब जर्जियन एफसी, ब्ल्याक बुल्स एफसी सहभागी थिए । चर्च ब्वाइज युनाइटेडले…

Read More