Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडौँ । जाजरकोटमा गएको शक्तिशाली भूकम्पबाट प्रभावितहरूका लागि छिमेकी राष्ट्र चीनले १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सङले यसबारे जानकारी दिएका हुन् । साउथ एसियन कन्ट्रीज इमरर्जेन्सी सप्लाइज रिजर्भबाट सो सहयोग गर्न लागिएको राजदूत सङको भनाई छ । राहत सामग्रीमा टेन्ट, ब्ल्याङ्केटलगायत सामग्रीहरू रहेका छन् । ती सामग्री केही दिनमा नेपाल आइपुग्ने बताउँदै उनले थप राहत पनि घोषणा गरिने बताएका छन् ।

Read More

काठमाण्डाै : यूएईलाई हराउँदै नेपाल आउँदाे वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनाेट भएकाे छ । आज शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएकाे आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायाे । यूएईले दिएकाे १ सय ३५ रनकाे लक्ष्य नेपालले १७ ओभर १ बलमा भेटायाे । नेपालका आसिफ शेखले अर्धशतक बनाए । आसिफले ५० बलमा ६३ रन जाेडे । यस्तै कप्तान पाैडेलले ३३ रन बनाए । बलिङतर्फ यूएईका बसिल हमीद र निलान्श केसवानीले समान १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनायो । यूएईका वृत्य अरविन्दले सर्वाधिक ६४…

Read More

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दुई मन्त्री नियुक्त गरेसँगै उनीहरूले शपथ लिएका छन्। शुक्रबार माओवादी केन्द्रका सांसद गणेश उप्रेती र एकीकृत समाजवादीका कमल जवेगुले शपथ लिएका हुन्। कार्कीले कात्तिक १ गते बुधबार कोशी प्रदेशसभाबाट भारी बहुमतसहित विश्वासको मत पाएका थिए। उनी नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए। तर अहिले एमालेको समर्थन विपरीत कार्कीले माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएका हुन्।

Read More

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल कोशी प्रदेश सरकारमा सहभागी नहुने भएको छ । आज इटहरीमा बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको पार्टीका प्रदेश अध्यक्ष दीपक याक्खाले जानकारी दिए । कोशी प्रदेश सरकारलाई जसपाको समर्थन रहेको छ ।

Read More

काठमाडौँ — सानदार ब्याटिङ गरेपछि नेपाल ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले मंगलबार मलेसियालाई ६ विकेटले पराजित गरेको हो । कुशल भुर्तेलले २५ बलमा ४३, आसिफ शेखले २३ बलमा ३५ र कुशल मल्लले ३४ बलमा ६५ रन बनाएपछि नेपालले १ सय ६६ रनको लक्ष्य १८ ओभरमा पूरा गरेको थियो । नेपालको यो लगातार दोस्रो विजय हो । अघिल्लो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो । मलेसियामाथि नेपालको विजयसँगैं ओमान पनि समूह ‘ए’ बाट सेमिफाइनल पुगेको छ । ओमानले पहिलो दुई खेलमा मलेसिया र सिंगापुरलाई पराजित गरेको थियो । नेपाल र ओमान बिहीबार समूहचरणको अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछन् । मलेसिया र सिंगापुर…

Read More

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकतामा जोड दिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । सोमबार पोखरामा आयोजित पार्टीको प्रदेशस्तरीय कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टीलाई सफल र सबल बनाउन पार्टीका नेता, कार्यकर्ताहरुलाई एकतावद्ध भएर अघि बढ्न सचेत गराएका हुन् । उनले कम्युनिष्ट आचरण र अभ्यास बिना पार्टीलाई एकतावद्ध बनाउन नसकिने भएकाले त्यस कुराको ख्याल गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे । घमण्डले पतनको बाटोमा लैजाने उल्लेख गर्दै अध्यक्ष ओलीले सो बाटोमा जान नहुनेतर्फ पनि नेता, कार्यकर्ताहरुको ध्यानाकर्षण गराए । उनले एमालेले समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय संकल्प लिएकाले त्यसलाई पूरा गर्न सिंगो पार्टी परिचालित हुनुपर्ने बताए…

Read More

काठमाडौं । भक्तपुरका राजीव चिकंवन्जार र ओखलढुंगाकी सुस्मिता खड्का तेश्रो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् । स्पिन इभेन्ट प्रालिद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्स फाइनलमा राजीवले सिरहाका कृष्ण थापामगरलाई हराएर उपाधि हासिल गरेका हुन् । उनले सो खेल ११–८, ११–७, १०–१२, ७–११ र ११–९ को सेटमा आफ्नो पक्षमा पारेका थिए । यो विधामा बेल्कोटगढीका गणञ्जय दाहाल तथा सिन्धुपाल्चोकका सुजन गडाल संयुक्त रूपमा तेश्रो भए । खेल प्रेमी सुमन खड्गीको मुख्य प्रायोजनामा भएको प्रतियोगिताको महिला सिंगल्सको फाइनलमा सुष्मिताले भक्तपुरकी मञ्जु सुवाललाई हराएकी हुन् । उनले सो खेल ११–७, ११–७ र ११–१ को सोझो सेटमा जितेकी थिइन् । यो…

Read More

झापा । पर्यटन प्रवर्धनको उद्देश्य लिएर मकवानपुरका १३ जना साइकलयात्रीले आज विहान पूर्वी नेपालको काँकडभिट्टाबाट मेची–महाकाली यात्रा सुरु गरेका छन् । मेचीनगर नगरपालिकाका निवर्त्तमान नगरप्रमुख बिमल आचार्य र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले खादा र अबिर लगाएर यात्रीहरुलाई विदाई गर्नुभयो । मकवानपुरको हिमालयन राइडर्स सोसाइटीको आयोजनामा भएको साइकलयात्रामा निवृत्त निजामती कर्मचारी, शिक्षक, पत्रकार र व्यवसायीहरुको सहभागिता रहेको छ । सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्यले नेपालमा साइकल संस्कृतिको प्रोत्साहनको खाँचो रहेको धारणा व्यक्त गर्दै पर्यटन, स्वास्थ्य र पर्यावरणका लागि संस्थागत रुपमा मेची–महाकाली साइकलयात्राको आयोजना गरिएको बताउनुभयो । यात्रा क्रममा मुलुकका प्रमुख पर्यटकीय स्थलहरुको अवलोकन गरिने र त्यसको प्रचारप्रसार गरिने…

Read More

कतारको अदालतले जासुसी गरेको आरोपमा आठ भारतीय नागरिकलाई मृत्युदण्डको फैसला सुनाएको छ । उनीहरू सबै भारतका पूर्वनौसैनिक अधिकारी हुन् । कतारको अल दहरा कम्पनीमा कार्यरत उनीहरू दोहामा पक्राउ परेका थिए । लगत्तै उनीहरूविरुद्ध कतारको कोर्ट अफ फर्स्ट इन्स्टेन्समा मुद्दा दायर भएको थियो । मृत्युदण्डको सजाय सुनाइएका आठ भारतीय सन् २०२२ को अक्टोबरदेखि उक्त कम्पनीमा कार्यरत थिए । उनीहरूमाथि पनडुब्बी कार्यक्रमका लागि जासुसी गरेको आरोपमा अदालतले मृत्युदण्डको फैसला सुनाएको हो । भारतले आफ्ना नागरिकमाथि मृत्युदण्डको फैसला आएको पुष्टि गर्दै यसले भारतीय सरकार स्तब्ध भएको जनाएको छ ।  भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै कतारी अदालतको फैसलाबाट स्तब्ध भएको जनाएको हो । ‘कतारको…

Read More

एजेन्सी । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको आज बिहान सांघाईमा निधन भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्यसमेत रहेका लीको हृदयाघातका कारण निधन भएको हो । पछिल्ला दिनहरुमा सांघाईमा आराम गरिरहेका लीलाई बिहीबार अचानक हृदयाघात भएको थियो । सबै उद्धारका उपायहरू असफल भएपछि स्थानीय समय अनुसार गए राति १२ः१० मा उनलाई मृत घोषणा गरिएको थियो । उनको ६८ वर्षको उमेरमा निधन भएको हो । उनको अन्त्येष्टिबारे चीन सरकारले कुनै निर्णय गरिसकेको छैन ।

Read More