Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

जनकपुरधाम । सर्लाहीको सदरमुकाम मलंगवामा दुर्गा पूजाको मूर्ति सेलाउन जाने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा परेर दुईजना प्रहरी घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पजियार थारले जानकारी दिए । उनका अनुसार अवस्था नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास प्रहार गरेको छ । मलंगवाको जिविस चोकमा गरिएको दुर्गा पूजाको मुर्ति सेलाउन लैजान प्रशासनले रुट निर्धारण गरेको थियो । विगतमा मुर्ति विर्सजनको क्रममा भएको विवादलाई मध्यनजर गर्दै प्रशासनले रुट निर्धारण गरेको थियो । तर स्थानीयले विगतकै मुस्लिम वस्ती हुँदै जाने रुटबाट लैजान खोजेपछि प्रहरीले रोकेको थियो । त्यस क्रममा तनाव बढेपछि थप प्रहरी परिचालन गरी स्थानीय प्रशासनले…

Read More

काठमाडौं   । त्रिकोणात्मक टी–२० आई क्रिकेट सिरिजअन्तर्गत यूएईविरुद्धको खेलमा नेपाल ५ विकेटले विजयी भएको छ। यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले १९।२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ६२ रन बनाए। यस्तै, रोहित पौडेलले ४७ रन बनाए। चौथो नम्बरमा क्रिजमा आएका दीपेन्द्र सिंह ऐरीले नटआउट ४० रन बनाए। नेपालले सुरुवातमै महत्त्वपूर्ण ३ विकेट गुमाएको थियो। ३ ओभर नखेल्दै कुशल भुर्तेल, सोमपाल कामी र कुशल मल्ल आउट भएका थिए। त्यसपछि क्रिजमा आएका कप्तान रोहित पौडेल र ओपनिङ ब्याटर आसिफ शेखले ९९ रनको साझेदारी गर्दै नेपालको ब्याटिङ लाइन सम्हालेका थिए। आसिफ आउट भएपछि क्रिजमा आएका दीपेन्द्रले उत्कृष्ट…

Read More

काठमाडौं । दशैंसँगै काठमाडौँ उपत्यका सुनसान भएको छ । अधिकांश मानिस दशैं मनाउन उपत्यका बाहिर गएपछि काठमाडौँमा सुनसान भएको हो । अन्य समयमा व्यस्त हुने काठमाडौंका सडक सुनसान भएका छन् भने सार्वजनिक यातायात पनि कम मात्र चलेको पाइन्छ । दशैं लागेपछि काठमाडौँबाट दैनिक १ लाखसम्म यात्रु बाहिरिएका थिए । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आइतबारसम्म उपत्यकाबाट झण्डै ११ लाख मानिस बाहिरिएको अनुमान छ । दशैं मनाउन धेरैजसो उपत्यका बाहिर गएको अवसरमा काठमाडौंका हुन सक्ने आपराधिक घटनाको निगरानीका लागि विशेष सुरक्षा योजना बनाएको प्रहरीले जनाएको छ । व्यस्त रहेर भ्याइ नभ्याई हुने ट्राफिक प्रहरीलाई अहिले दशैंको अवसरमा भने ट्राफिक व्यवस्थापनको झन्झट…

Read More

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन…

Read More

पाल्पा । रानीमहल नजिकै भएको जीप दुर्घटनाका सबै मृतकको पहिचान खुलेको छ् । आइतबार बेलुकी ५ बजेतिर भएको दुर्घटनामा परी मृत्यु हुनेमा नवलपरासीको देवचुली नगरपालिका–१६ का रजघराका ६५ वर्षीय कृष्णबहादुर लोहनी, ३५ वर्षीया सविना धिताल, ५५ वर्षीया पार्वती लोहनी, ११ वर्षका सविस लोहनी, साढे दुई वर्षका इशव लोहनी र लम्जुङको बेसीशहर नगरपालिका–२ बस्ने ५५ वर्षीया चुना धिताल रहेको प्रहरीले जनाएको छ । घटनामा परी गम्भीर घाइते चालक ३५ वर्षीय ईश्वर लोहनी पनि देवचुलीकै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्व शर्माले जानकारी दिए । घाइते लोहनीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । रानीमहल पुगेर तानसेनतर्फ फर्किएको…

Read More

काठमाण्डौ । रुसी अर्थोडक्स चर्चसँग नजिकको सम्बन्ध रहेको युक्रेनी अर्थोडकस चर्चलाई युक्रेनको सिमाभित्र सञ्चालन गर्न युक्रेनी संसँदले बिहिबार एक विधेकको लागि प्रारम्भिक मतदान गरेको छ । मस्यौदा कानून ८३७१ ले युक्रेनमा स्थापित भएका संस्थाहरुको सम्बन्ध रसियासँग कस्तो छ भन्ने जाँचा गर्छ र रसिया सँग सम्बन्धित कुनै पनि संस्थालाई बन्द गर्ने अधिकार पाउने छ । मस्यौदा कानून, युक्रेनको संसदीय नियमहरू अन्तर्गत, अझै पनि दोस्रो मतदानबाट पारित गरेपछि यसलाई संशोधन गर्न सकिन्छ । यो कानून बन्नु अघि राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको स्वीकृति गर्नुपर्ने हुन्छ । रसिया र युक्रेन बीचको पूर्ण स्तरको युद्धको प्रकोपको कारण युक्रेन र विश्वभरका रूसी अर्थोडक्स पादरीहरुले द्धन्दको आरोप खेप्नु…

Read More

मेचीनगर : मेचीनगरका सञ्चारकर्मी माझ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । बडा दशैं २०८० को अवसरमा प्रेस क्लब मेचीनगले आफ्ना सदस्य तथा मेचीनगरमा रहेका सञ्चारकर्मीबीच भेटघाट कार्यक्रमको आयोजना गरेको हो । शुक्रबार क्लबको कार्यालय इटाभट्टामा आयोजित कार्यक्रममा क्लबका पूर्व पदाधिकारी, अग्रज सञ्चारकर्मी, क्लबका सदस्यलगायतको उपस्थिति रहेको थियो । शुभकामना कार्यक्रममा अग्रज पत्रकारहरुले चाडपर्वले सबैमा सकारात्मक उर्जा प्रवाह गर्ने विश्वास व्यक्त गरे । उनीहरुले सञ्चारमाध्यमलाई स्थानीय सरकारबाट सहयोग प्राप्त नभएको गुनासो गरे । प्रमुख अतिथि वडा नम्बर ७ का अध्यक्ष प्रह्लादमणी ओलीले स्थानीय सरकारको तर्फबाट चाहेजति सहयोग गर्न नसकिएको बताए । उनले सरकारका सकारात्मक गतिविधिलाई समेत नगरवासीसमक्ष पुर्याउन आग्रह गरे…

Read More

काठमाडौं । यू–१९ प्रिमियर कपको समूह चरणमा अपराजित रहँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ । बिहीबार साउदी अरेबियालाई १९.१ ओभरमा ४६ रनमा अलआउट गर्दै नेपालले साउदी अरेबियामाथि ३०१ रनको फराकिलो जित निकालेको छ । ३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदीले नेपालको स्पिन अट्याक झेल्न सकेन । नेपालको लागि यूएसडी यूकेएम ओभलमा बिहीबार पनि स्पिनरको जादु चल्यो । नेपालका लागि दिपेश कँडेलले ९.१ ओभर बलिङ गरेर ६ विकेट लिए । अर्का स्पिनर सुवास भण्डारीले ५ ओभर बलिङ गरेर एक विकेट लिए । पावरप्लेमा साउदी अरेबियाले ६ विकेट गुमाउँदा जम्मा १८ रन बनाएको थियो । पावरप्लेमा अब्दुल्लाह सिराजले सर्वाधिक ९ रन जोडे…

Read More

भारतको तमिलनाडुस्थित विरुधुनगरमा मङ्गलवार पटाका कारखानामा भएका छुट्टाछुट्टै दुई विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार पहिलो विस्फोट विरुधुनगर जिल्लामा भएको थियो। यस्तै अर्को विस्फोट सोही जिल्लाको कम्मपट्टी गाउँमा भएको हो। विस्फोटबारे अनुसन्धान जारी रहेको भारतीय प्रहरीले जनाएको छ।

Read More

काठमाडौँः सरकारले कार्तिक १७ र १८ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कार्तिक १७ र १८ गते तय गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ। सरकारले यसअघि प्रत्येक वर्ष पहिलो चरण कार्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो। तर, यस वर्ष दशैं परेका कारण पहिलो चरणको कार्यक्रम कार्तिक १७ र १८ गते संचालन गर्न लागिएको हो। महाशाखा प्रमुख डा. विवेक कर्ण लालका अनुसार दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकाहरुलाई भिटामिन…

Read More