झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । प्रदेशसभामा बुधबार भएको मतदानमा कार्कीको पक्षमा ८६ मत परेको छ भने विपक्षमा ५ मत मात्र खसेको छ । राप्रपा बाहेक प्रदेशसभामा भएका सबै दलले कार्कीलाई मत दिएका छन् । मतदानमा ९३ प्रदेशसभा सदस्यमध्ये ९१ जना सहभागी थिए ।
Author: सन्देश पोस्ट
एजेन्सी २०८० असोज ३० मंगलबार १५:२४:०० मानवीय आधारमा इजरायल र हमासबीच युद्धविराम गर्ने रुसी प्रस्तावलाई संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अस्वीकार गरेको छ। युद्धविराम गर्ने रुसी प्रस्ताव पारित हुन आवश्यक न्यूनतम मत प्राप्त हुन नसकेपछि प्रस्ताव अस्वीकृत भएको हो। रुसले परिषदमा गाजामा मानवीय आधारमा युद्धविराम गर्नुपर्ने प्रस्ताव पेस गरेको थियो। उक्त प्रस्तावको पक्षमा चीन, ग्याबोन, मोजाम्बिक, रुस र संयुक्त अरब इमिरेट्सले समर्थन गरेका थिए। सोमबार भएको मतदानमा संयुक्त अधिराज्य, अमेरिका, फ्रान्स र जापानले विपक्षमा मतदान गरेका थिए। इजरायलमाथि हमासले गरेको आक्रमणप्रति रुसी प्रस्तावले हमासको आलोचना नगरेको भन्दै फ्रान्स, अमेरिका र संयुक्त अधिराज्यले प्रस्तावको विपक्षमा मतदान गरेका थिए। ६ मुलुक अल्बानिया, ब्राजिल, इक्वेडर, घाना,…
टोरोन्टो । प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायल बिचको युद्ध जारी छ । इजरायलले अहिले गाजापट्टीको भुमीमा हवाई र जमिन दुवैतर्फवाट आक्रामण गरिरहेको छ । यसैबिच, क्यानडाका अधिकारीहरूले गत अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा दुई क्यानेडियनको मृत्यु भएको पुष्टि गरेका छन । इजरायली–क्यानेडियन नेट्टा एपस्टेनलाई र उनको घरमा हमास लडाकुहरूले आक्रमण गर्दा मृत्यु भएको हो । टोरन्टोस्थित इजरायली वाणिज्य दूतावासका अनुसार उनले आफ्नो मंगेतरलाई गोली र ग्रेनेडबाट जोगाउँदै थिए, त्यहीबेला उनीहरुलाइ गोली हानियो र घटनास्थलमा नै उनीहरूको मृत्यु भएको हो ।
उदयपुर । जिल्लाको उदयपुर गढी गाउँपालिका वडा नं ७ स्थित अधेरी भन्ने ठाउँमा काठमाडौँबाट झापा जाँदै गरेको माइक्रो हायस गाडी दुर्घटना भएको छ । दिउँसो १:३० बजे भएको सो दुर्घटनामा घाइते भएका १८ जना मध्ये २ जनाको अवस्था गम्भीर भएकोले थप उपचारका लागि विराटनगर पठाइएको छ । बाग्मती प्देश ०१ ००४ क २०७६ नं को हायस गाडीको पछाडि बाया तर्फको टायर खुस्किएर अनियन्त्रित भै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले बताए । टायर खुस्किएर अनियन्त्रित भएको गाडी ५ मिटर तल खसेर सालको रुखमा ठोक्किएर दुर्घटना भएको र घाइतेहरुलाई उदयपुर जिल्ला अस्पताल गाईघाटमा भर्ना…
विराटनगर, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीलाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराउनुभयो । मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रिमण्डल पनि गठन गर्नुभएको छ । मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले रामबहादुर रानामगर र शम्शेर राईलाई बिनाविभागीय मन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । रानामगर नेकपा एमाले र राई नेपाली कांग्रेसका तर्फबाट मन्त्रिमण्डलमा सहभागी हुनुभएको हो ।
काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । स्वचालित मूल्य प्रणालीअनुसार आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । त्यस्तै डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटाइएको छ ।
विराटनगर, २७ असोज । कोशी प्रदेशको मुुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त हुनुभएको छ । आज ४७ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएपछि उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । कार्कीलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुअघि नेकपा (एमाले) का ३९ तथा कांग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएको थियो । लगत्तै प्रदेश प्रमुख परशुराम खापुङ्गले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । कार्कीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो । मुख्यमन्त्री पदको शपथ भने आइतबार हुने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । यसअघि नेकपा (एमाले) का ३९ तथा कांग्रेसका आठ (मुख्यमन्त्रीमा नियुक्त कार्कीसहित इन्दिरा थापा, शम्शेर…
वासिंटन डिसी। हमास आतंककारी समूहको आक्रमणबाट गतहप्ता इजरायलमा मारिएका नेपालीलगायत इजरायल र अरु देशका निर्दोष नागरिकको स्मृतिमा अमेरिकाको मेरिल्याण्डमा दीप प्रज्वलन तथा शोकसभाको आयोजना गरिएको छ। शुक्रबार आयोजित सो कार्यक्रममा मेरिल्याण्ड राज्यका विधायकहरू डा ह्यारी भण्डारी, कार्ल ज्याक्सन, निक एलनसहित, यहाँस्थित स्थानीय नेपाली र अमेरिकी नागरिकको पनि सहभागिता रहेको थियो। सो सभामा उनीहरुले हमासले इजरायलमाथि आक्रमण गरेर निर्दोष तथा निहत्था मानिसको हत्या गर्नु, बन्धक बनाउनु मानवता विरोधी जघन्य अपराध भएको टिप्पणी गर्दै यस्ता कार्यको जति धेरै निन्दा गरे पनि कम हुने बताए। त्यस अवसरमा ड्रिस्ट्रिक्ट¬ ८ का नेपालीमूलका विधायक डा ह्यारी भण्डारीले हमासले इजरायलमाथि आक्रमण गरेर मानवताविरुद्धको गम्भीर अपराध गरेको…
काठमाडौँ। राजावादी समूहले राजसंस्था पुनःस्थापनाको माग गर्दै मोटरसाइकल र्याली गरेका छन्। शनिबार अनवरत तत्पर फौज (एटिएफ) लगायत राजावादी समूहले राजसंस्था पुनःस्थापनाको निमित्त मोटरसाइकल र्याली गरेका हुन्। उनीहरूले अहिलेको देशको अवस्थालाई राजाले मात्रै समाधान गर्नसक्ने बताए। राजसंस्था अहिलेको अपरिहार्य भएको भन्दै देशमा राजसंस्था पुनः स्थापना हुनुपर्ने माग समेत उनीहरूले गरेका छन्। अहिले राष्ट्रिय हित, शान्ति, सम्मुन्नति र राष्ट्रिय एकता अखण्डताका आधारहरू क्रमशः कमजोर बन्दै गएकाले राजसंस्था पुनः स्थापना हुनुपर्ने उनीहरुको भनाइ छ।
काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु हुनेको संख्या १ हजार २ सय नाघेको छ । शनिबार बिहान हमासको आक्रमणमा परी मृत्यु हुनेको संख्या १ हजार २ सय नाघेको र ३ हजारभन्दा बढी घाइते भएको टाइम्स अफ इजरायलले जनाएको छ । हमासले गाजापट्टी लगेका करिब १ सय ५० जनाको अवस्था अझै अज्ञात रहेको पनि समाचारमा उल्लेख छ । इजरायली स्वास्थ्य मन्त्रालयका अनुसार अझै पनि ५ सय जना अस्पतालमा उपचाररत छन् । टाइम्स अफ इजरायलका अनुसार इजरायलका विभिन्न ठाउँमा अन्तिम संस्कार गरिएको छ । इजरायली डिफेन्स फोर्सका अनुसार हमासले शनिबार बिहान ५ हजारभन्दा रकेट प्रहार गरेको थियो । इजरायली डिफेन्स फोर्सले ७० भन्दा बढी हमासको अड्डामा आक्रमण…