काठमाडौं । सरकारले इजरायलमा उद्धारको पर्खाइमा रहेका नेपालीलाई स्वदेश ल्याउन नेपाल एयरलाइन्सको जहाज पठाउने भएको छ । इजरायलमाथि प्यालेस्टिनी विद्रोही समूह हमासले आक्रमण गरेपछि उद्धारका लागि गुहारिरहेका नेपालीलाई लिन आज राति ११ बजे जहाज पठाउन लागिएको हो । नेपाल एयरलाइन्सको जहाज राति ११ बजे काठमाडौंबाट उड्ने परराष्ट्र मन्त्री एनपी साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिए । नेपाल एयरलाइन्सको जहाज दुबई ट्रान्जिट हुँदै इजरायल जाने उनले जनाए । आजै बिहान मात्र प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्ड्यन प्राधिकरण र नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का प्रमुखलाई बोलाएर नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका…
Author: सन्देश पोस्ट
काठमाडौं । इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपालीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकारले मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार राष्ट्रिय शोक घोषणा गर्दै देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। ‘यस अकल्पनीय घटनामा दिवंगत हुनुभएका नेपालीहरूप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय क्याबिनेटले गरेको छ,’ बैठकपछि पत्रकारहरूसँग मन्त्री शर्माले भनिन्। इजरायल सरकारसँग समन्वय गरी आक्रमणमा निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउने निर्णय पनि…
झापा । रोजगारीका लागि सिक्किम पुगेका इलामका १० नेपाली सम्पर्कविहीन भएका छन् । असोज १७ गते सिक्किमा भीषण वर्षापछि बाढी पहिरो गएको थियो । घटनापछि इलामका १० जना सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीनमध्ये पाँच जना एकै गाउँका छन् । उनीहरुलाई सम्पर्कको प्रयास गर्दा सम्पर्क हुन नसकेको र अवस्था पनि थाहा हुन नसकेको इलाम ९ गोलाखर्कका विक्रम लिम्बूले बताए । सम्पर्कविहीन भएका पाँच जना लिम्बूका छिमेकी हुन् । ८ दिनदेखि सम्पर्कविहीन भएकाहरुको खोजी गर्दा अवस्था पत्ता नलागेको उनले बताए । उनका अनुसार इलाम ९ गोलाखर्कका ४० वर्षीय सेनबहादुर कार्की(सानु) ३० वर्षीय लाक्पा शेर्पा, सोही स्थानकी नरमाया बस्नेत, कुमार बस्नेत र खुशी…
काठमाडौं । प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् । इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले जानकारी गराए अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् । यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ । सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी घाइते भएका छन् । उनीहरुको स्थानीय…
झापा । कोशी प्रदेशका प्रदेश प्रमुखले १६८ (५) अन्तरगत कोशी प्रदेशमा सरकार गठनको आह्वान गरेका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि पाँच दिनको समय दिएर सरकार गठनको आव्हान गरेका छन् । संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको लागि आव्हान गर्दै प्रदेश प्रमुख खापुङले उक्त समय दिएका हुन् । अब बहुमत पुर्याउन सक्ने प्रदेश सांसद्ले मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गर्न सक्छन् । मिडियामार्फत नेकपा माओबादीका नेता इन्द्र आंगबो, नेपाली कांग्रेसका नेता उद्धव थापा र राप्रपाका नेता भक्ति सिटौलाले मुख्यमन्त्रीको दावी गरेका छन् ।
विराटनगर, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । कोशी प्रदेशसभाको आजको बैठकमा उहाँले राजीनामाको घोषणा गर्नुभएको हो । नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री कार्कीले यही असोज १७ गते विश्वासको मतका लागि कोशी प्रदेशसभाको सचिवालयमा प्रस्ताव दर्ता गराउनु भएको थियो । कोशी प्रदेशसभाको आजको बैठकमा विश्वासको मत पाउने सम्भावना नदेखेपछि मुख्यमन्त्री कार्कीले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो । मुख्यमन्त्री कार्कीले नेकपा (एमाले) संविधानको सर्वोच्चताको पक्षमा जहिले पनि उभिने प्रतिवद्धता व्यक्त गर्दै कोशी प्रदेशका जनताले निर्वाचन नचाहेकाले राजीनामा दिएको उल्लेख गर्नुभयो । उहाँले अहिलेको नजिर र जटिलताको नजरअन्दाज भएमा मध्यावधीमा जाने…
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जघन्य अपराधमा अदालतबाट दोषी ठहर गरी जन्मकैदको सजाय भोगिरहेका व्यक्तिलाई संविधान दिवसको अवसरमा दिइएको माफीबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग जानकारी माग गरेको छ। सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ (४)को खण्ड (घ) एवं मानव अधिकारको मान्यताअनुरूप कैद माफी मिनाहा नगरेको जनाउँदै प्रधानमन्त्री कार्यालयसँग त्यसबारे आयोगले जानकारी माग गरेको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए। आयोगका अध्यक्ष तपबहादुर मगरले प्रधानमन्त्रीलाई सम्बोधन गरी लेखेको पत्रमा पीडितको न्याय पाउने अधिकार सुनिश्चित गर्न र दण्डहीनतालाई प्रश्रय नदिन सम्बन्धित निकायलाई निर्देशन दिन आग्रह गरिएको छ। साथै आयोगले गणतन्त्र दिवसका दिन राष्ट्रपतिबाट आममाफी पाएका व्यक्तिको विवरण…
किएभ । युक्रेनको खार्किभ दक्षिणपूर्वी एउटा गाउँमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा ५१ जना नागरिकको ज्यान गएको छ । ह्रोजा गाउँका उनीहरु एक जना आफन्तको श्रद्धाञ्जली सभामा सहभागी रहेका बेला आक्रमण भएको बीबीसीले जनाएको छ । आक्रमणमा एक आठ वर्षीय बालकसहित कम्तीमा ५१ जनाको ज्यान गएको युक्रेनले जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणमा मारिएका व्यक्तिप्रति सम्मान व्यक्त गर्दै शवमाथि घुँडा टेकेर खिचिएको तस्बिर सार्वजनिक गर्नुभएको छ । गृहमन्त्री इगोर क्लाइमेन्कोले राष्ट्रिय टेलिभिजनलाई सम्बोधन गर्दै एक जना मृतकको सम्झनामा गाउँलेहरु श्रद्धाञ्जली सभामा रहेको र त्यहाँ आक्रमण भएको बताउनुभएको छ । एजेन्सी
जनकपुरधाम । धार्मिक तथा साम्प्रदायिक हिंसा भड्काउन उत्तेजक अभिव्यक्ति दिएपछि पक्राउ परेका हिन्दु धर्मगुरु आचार्य श्रीनिवास गल्ती स्वीकार गरेर रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालयले उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा ५०० रुपैयाँ जरिवाना तिराएर रिहा गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए । उनका अनुसार श्रीनिवासले आफूले उत्तेजक अभिव्यक्ति दिएर गल्ती गरेको स्वीकार गरेपछि ५०० रुपैयाँ जरिवाना तिराएर छाडिएको हो । असोज १२ गते श्रीनिवासले जनकपुरधाममा भएको एक कार्यक्रममा उत्तेजक अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले समाजमा नकारात्मक असर पर्ने र हिंसा भड्किन सक्ने भन्दै सार्वजनिक रुपमा विरोध भएको थियो । मंगलबार उनलाई सुनसरीको बराहक्षेत्र नगरपालिका–चक्रघट्टीबाट जिल्ला प्रहरी कार्यालयले…
बर्दीबास । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संविधान, लोकतन्त्र र राष्ट्रिय एकताको रक्षाका लागि कानुनी शासन एवं राष्ट्रिय सुरक्षालाई बलियो बनाउनुपर्ने बताएका छन् । धार्मिक एवं सामुदायिक सद्भाव भड्काउने तत्वलाई समयमै पहिचान र नियन्त्रण गर्न र चाडबाडको मुखमा हुनसक्ने चोरी, निकासी तथा कृतिम महंगी रोक्न समेत उनले निर्देशन दिएका छन् । मधेस प्रदेशको समसामयिक सुरक्षाबारे आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र सबै सुरक्षा निकायका प्रदेश र जिल्ला प्रमुखहरूसँग रिपोर्टिङ लिएपछि उनले सो निर्देशन दिएका हुन् । महोत्तरीको बर्दिबासमा सम्पन्न गृह प्रशासन र सुरक्षा अधिकारीहरुबीचको अन्तरक्रियात्मक बैठकमा गृहमन्त्री श्रेष्ठले जनताले सुशासन तथा गुणात्मक आर्थिक समृद्धि चाहेकोले सेवा प्रवाहलाई सहज र गुणस्तरीय…