Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा पछिल्ला केही दिनमा देशका केही स्थानहरुमा धार्मिक, साम्प्रदायिक असहिष्णुता बढाउने प्रकृतिका गतिविधि भइरहेको भन्दै न्यूनीकरणका लागि अनपनाउनुपर्ने भावी रणनीतिसम्बन्धी विषयमा छलफल भएको छ । आज सिंहरदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको परिषद्को ३१औँ वैठकमा विभिन्न प्रदेशको सुरक्षा स्थिति, बढ्दो सामाजिक सञ्जालको दुरुपयोगलगायतका राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय र घटना तथा त्यसको समाधान र न्यूनीकरणका लागि अपनाउनुपर्ने भावी रणनीतिसम्बन्धी छलफल भएको परिषद्ले जनाएको छ । बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्यसचिव, प्रधानसेनापति र रक्षा सचिवको उपस्थितिमा वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा…

Read More

झापा । विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् ।  सद्भाव भड्काउने विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले मंगलबार सुनसरीको चक्रघट्टीबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले श्रीनिवासलाई नियन्त्रणमा लिएको बताए । श्री निवास यसअघि २०७६ सालमा आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका थिए ।

Read More

काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ । यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने पनि उनले बताए । कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको…

Read More

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेसनल पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचार गरेको आरोपमा बहालवाला सचिव तथा नेपाल टेलिकमका कार्यकारी निर्देशकसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्रले २५ करोड रुपियाँको अस्वाभाविक लागतमा पेमेन्ट गेटवे खरिद गर्दा भ्रष्टाचार भएको ठहर गरेको छ । अख्तियारले सो अनियमिततामा संलग्न भएको आरोपमा अर्थ मन्त्रालयका बजेट महाशाखाका तत्कालीन सहसचिव तथा हाल वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा हाल टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव एवं सूचना…

Read More

हाङझाउ । १९औं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा सोमबार बिहान बंगलादेशलाई ३७-२४ अंकले पराजित गर्दै नेपाल कम्तीमा कांस्य पदककाे हकदार बनेको छ। नेपाली महिला कबड्डी टोलीले बंगलादेशलाई पराजित गर्दै पदकको बलियो सम्भावना बनाएको हो । अब समूहको अर्को खेलमा बंगलादेश इरानसँग हारे नेपाल सेमिफाइनल पुग्नेछ । सेमिफाइनलमा पुग्ने टोलीको पदक पक्का भएसँगै नेपालले जारी एसियाली खेलकुदमा पहिलो पदक जोड्ने सम्भावना करिब पक्का भएको छ । महिला कबड्डीमा कुल ७ टोली सहभागि भएकोमा नेपाल रहेको समूहमा इरानसहित तीन टिम मात्र छ । पहिलो खेलमा नेपालले जित हात पारेपछि सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको हो र अब अर्को खेलमा इरानले बंगलादेशलाई हराएमा…

Read More

१२ असोज २०८०, शुक्रबार, नेपालको कुल सार्वजनिक ऋण २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख बराबर पुगेको छ। सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म नेपालले कुल ११ खर्ब ४० अर्ब ५३ करोड बराबर आन्तरिक र ११ खर्ब ६९ अर्ब ३३ करोड बराबर बाह्य ऋण तिर्न बाँकी देखिएको हो। ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/८० सकिँदासम्म २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर थियो। चालु आर्थिक वर्षको शुरुआती दुई महिनामा मात्रै १० अर्ब ५१ करोड बराबर ऋण थपिएको छ। मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को तुलनामा कुल राष्ट्रिय ऋण दायित्व करिब ४३ प्रतिशत बराबर पुगेको छ।…

Read More

काठमाडौं । अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार उनलाई भक्तपुरको साँगाबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोलीले पक्राउ गरेको हो। कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार केसीले आपराधिक विश्वासघात गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। जाहेरीकर्ता सुप्रिया कटवाल थापाले केसीले रावायण नामक फिल्म खेल्नका लागि एक करोडभन्दा बढी पैसा लगेको तर सम्झौता गर्न नमानेको भन्दै उजुरी दिएकी थिइन्।

Read More

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनको बन्द सत्र आज बिहान ११ बजेदेखि सुरु हुने भएको छ ।बुधबारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा उद्घाटन भएको अधिवेशनको बन्द सत्र आजबिहान ८ बजेदेखि नै सुरु गर्ने तय भए पनि कार्ड छपाइमा ढिलो हुँदा पछि सारिएको प्रचार विभाग प्रमुख सूर्यमणी गौतमले जानकारी दिए । उनका अनुसार बन्द सत्रमा महासचिव शङ्कर पोखरेलले अधिवेशनको विषयमा सम्बोधन गर्नेछन् । अधिवेशनको बन्द सत्रमा अध्यक्ष विनोदकुमार शाहले राजनीतिक र सचिव टेकराज पछाईले संगठनात्मक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेका छ । त्यसपश्चात् ती प्रतिवेदनहरूमा छलफल चल्ने र निर्वाचनको प्रक्रिया भोलि बिहानबाट सुरु हुँनेछ । प्रदेशको नेतृत्व सकेसम्म सर्वसम्मतिबाट नै गर्न…

Read More

काँकरभिट्टा । पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा बुधबार मेचीनगर स्तरीय अन्तरमावि वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विश्व पर्यटन दिवस २०२३ को अवसर पारेर पर्यटन कार्यालयले ‘नेपालमा पर्यटनको सम्भावना र चुनौति’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा सहभागि विद्यालयलाई पछि पार्दै सरस्वती माविका चिरञ्जीवी कोइराला प्रथम भए । दोस्रो पुरस्कार बालसुबोधनीका रमेश नेपालले प्राप्त गरे । त्यसैगरी ईष्ट होराइजन माविकी रेजिना वन तेस्रो भइन् । प्रतियोगितामा सान्त्वना पुरस्कार आदर्श मावि इटाट्टाका विकास गौतमले प्राप्त गरे । उनीहरुलाई क्रमश ५हजार, ४ हजार, ३ हजार र २ हजार नगद सहित प्रशंसापत्र द्वारा पुरकृत गरिएको थियो । पर्यटन कार्यालय परिसरमा आयोजित प्रतियोगितामा…

Read More

झापा । डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित भएका छन् । तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ भने १९ हजार चार सय ३२ जना सङ्क्रमित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत विवेचना चम्लागाईँले जानकारी दिनुभयो । कोशी प्रदेशको १४ जिल्लामै डेङ्गु फैलिएको छ । उहाँका अनुसार मोरङमा चार हजार दुई सय ४२ जना सङ्क्रमित छन् भने एक जनाको मृत्यु भएको छ । झापामा दुई हजार नौ सय ६४ जना सङ्क्रमित भएका छन्…

Read More