Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडौँ ।  नेपाल प्रहरीले दसैँ–तिहार तथा छठ पर्वलाई लक्षित गर्दै यही असोज २१ गतेदेखि यस वर्षको दसैँ–तिहार सुरक्षा विषेश योजना लागू गर्ने भएको छ।  विगतका चाडपर्वमा भएको सुरक्षा कमीकमजोरीलाई मध्यनजर राख्दै केन्द्रीय सुरक्षा योजनासहित युनिटहरूले आआफ्नै सुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारी यसवर्षको दसैँतिहार सुरक्षा योजनालाई बलियो र मजबुद पारिने केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले बताए। ‘दसैँ तिहारमा कुनै पनि आपराधिक क्रियाकलाप हुन नदिन प्रहरी व्यापक चरिचालन गरिने छ, असोज २१ गतेदेखि यसवर्षको दसैँ–तिहार सुरक्षा विषेश योजना लागु हुन्छ,’ उनले भने। यसैगरी उनले दसैँ–तिहारको समयमा नेपाल प्रहरीका गण तथा गुल्ममा रिजर्भमा रहेको फोर्सलाई परिचालन गरिने राससलाई…

Read More

काठमाडौं । खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्याको मामिलामा अमेरिकाले क्यानडाको अनुसन्धान अगाडि बढाउनुपर्ने र अपराधीहरूलाई न्यायको कठघरामा ल्याउनुपर्ने कुरा दोहोर्‍याएको छ। क्यानडाले निज्जरको हत्यामा भारतीय अधिकारीको हात रहेको आरोप लगाएको छ । भारतले क्यानडाको आरोपलाई ‘आधारहीन’ र ‘राजनीति प्रेरित’ भन्दै अस्वीकार गरेको छ। अमेरिकाको विदेश विभागका प्रवक्ता म्याथ्यु मिलरले भने ‘हामी प्रधानमन्त्री ट्रुडोले लगाएको आरोपबाट चिन्तित छौं। हामी क्यानाडाका सहकर्मीहरूसँग नजिकको सम्पर्कमा छौं।’ एक प्रश्नको जवाफमा मिलरले भने, ‘हामीलाई यो महत्त्वपूर्ण घटना हो भन्ने विश्वास छ । क्यानाडाको अनुसन्धान अगाडि बढ्नुपर्छ र अपराधीहरूलाई न्यायको दायरामा ल्याउनु पर्छ। हामीले सार्वजनिक र निजी रूपमा भारत सरकारलाई क्यानडाको अनुसन्धानमा सहयोग गर्न आग्रह…

Read More

बेइजिङ ।  चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  र उहाँका चिनियाँ समकक्षी लि छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ ।  यहाँको स्थानीय समयअनुसार बिहान ११ बजे ग्रेट हल अफ दि पिपलमा सो भेटवार्ता सुरु भएको हो । यसअघि प्रधानमन्त्री दाहाललाई चिनियाँ प्रधानमन्त्री लिले ग्रेट हल अफ दि पिपुलमा स्वागत गर्नुभएको थियो । उहाँहरूबीच नेपाल–चीन सम्बन्धका विविध पक्ष एवं द्विपक्षीय हित र चासोका विषयमा विचारविमर्श भएको छ । सो भेटवार्तामा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको समेत सहभागिता छ । भेटवार्तापछि द्विपक्षीय सहयोग एवं सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम छ । रासस

Read More

बेइजिङ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार (हिजो) भएको भेट र छलफलले आफू उत्साहित भएको बताएका छन्। चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आज साँझ बेइजिङस्थित नेपाली दूतावासमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उक्त वार्ता निकै सौहार्द्रपूर्ण रहेको र यसले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास आफूले लिएको बताए। प्रधानमन्त्री दाहालले भने, “यस पटकको चीन भ्रमणको यो फरक र विशिष्ट उपलब्धि भएको छ र राष्ट्रलाई चीनसँगको कुराकानीबाट विश्वासको थप वातावरण सिर्जना भएको महसुस मैले गरेको छु ।” नेपाल-चीन बीचको सदियौँ पुरानो सम्बन्धलाई यो भ्रमणले नयाँ आयाम थपेको भन्दै उनले सीसँगको वार्ताका क्रममा नेपालको विकासका लागि सहयोगका साथै…

Read More

काठमाडौं । मानिसहरु उचाईबाट खसेको धेरै घटनाहरु तपाईले सुन्नु भएको होला । कोही पहाड चढ्ने क्रममा लड्छन्, कोही स्टन्ट गर्दै । कोही भवन चढ्दा खस्छन्, कसैले लापरवाही वा जानाजानी गर्छन् । तर यो मामला यी सबै भन्दा फरक छ। यो किनभने एक व्यक्ति ‘स्वर्गतर्फ लैजाने’ सिँढी चढ्दै गर्दा अचानक ३०० फिटको उचाइबाट खसे। उनको मृत्युको कारण यही थियो । उनी बेलायतका बासिन्दा थिए । यी सीढीहरूको नाम ‘स्वर्गको सिँढी’ हो। यी अस्ट्रियाको पहाडमा बनाइएका छन्। यहाँ धेरै साँघुरो सीढीहरू जडान गरिएको छ। यो ठाउँ पर्यटकहरु माझ धेरै प्रसिद्ध छ। घटना १२ सेप्टेम्बरको हो। जसमा ४२ वर्षीय पुरुषको मृत्यु भएको थियो…

Read More

काठमाडौं । युक्रेनले शुक्रबार सेभास्टोपोलमा मिसाइल आक्रमणको बारेमा थप जानकारी दिएको छ। युक्रेनले क्राइमियामा क्षेप्यास्त्र आक्रमण नौसेना कमाण्डरहरूको बैठकलाई लक्षित गर्न गरेको बताएको छ। एक संक्षिप्त विज्ञप्तिमा, युक्रेनको सेनाले आक्रमणमा धेरैको मृत्यु र घाइते भएको दाबी गरेको छ। तर, थप जानकारी दिइएको छैन । रुसको ब्ल्याक सी फ्लीटका कमाण्डरहरुको बैठकलाई लक्षित गरी यो हमला गरिएको हो । शुक्रबार रुसले आक्रमणपछि एक सैनिक बेपत्ता भएको बताएको थियो । रुसको ब्ल्याक सी फ्लीटको सेभास्टोपोल, क्रिमियामा बेस छ। यो रूसी नौसेनाको सबै भन्दा राम्रो समूह मानिन्छ। युक्रेनी सेनासँग सम्बन्धित एक स्रोतले बीबीसीलाई यस हमलामा स्टर्म स्याडो मिसाइल प्रयोग गरिएको बताएको छ। युक्रेनले यी…

Read More

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरुमाथि गहिरो अनुसन्धान नभएको बताएका छन् । आइतबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरुमाथि गहिरो अनुसन्धान नभएको बताएका हुन् । उनले अनुसन्धान हेर्दा भद्दा मजाक जस्तो देखिएको बताए । सभापति लामिछानेले सरकारले गर्ने अनुसन्धान ‘बम’ होला भन्ने अपेक्षा आफूहरुले गरेको भएपनि सलाईको काँटीजति पनि नपड्किएको भन्दै टिप्पणी गरे। उनले शंकाको घेरामा रहेका व्यक्तिहरु मोबाइल फम्र्याट गरेर प्रहरीकोमा पुगेको भन्दै उनले प्रहरी अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको हो कि भनि आशंका व्यक्त गरे । सभापति…

Read More

७ असोज २०८०, आईतवार, काठमाडौं । एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका बीच बिदाइ गर्दै नेपाली टोलीलाई शुभकामना दिएका हुन् । क्यानको नयाँ कार्यसमिति शनिबार मात्रै चयन भएको थियो । नेपालले यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ । नेपालले समूह चरण पार गरेपछि भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये कुनै देशसँग प्रतिस्पर्धाको अवसर हुनेछ । यसअघि एसिया कप खेलेको टिमलाई केही परिवर्तन गरी एसियन गेम्सका लागि नयाँ टोली बनाइएको छ । विकेटकिपर विनोद भण्डारी, अलराउण्डर विवेककुमार यादव र फास्ट बलर अविनाश बोहराले टिममा पुनरागमन…

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एसियाली खेलकुद महोत्सवको उद्घाटन समारोहमा सहभागी भएका छन् । प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ एसियाली खेलकुद महोत्सवमा उद्घाटन समारोहमा सहभागी भएका हुन् । त्यसअघि आजै दिउँसो चार बजे प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलले चिनियाँ राष्ट्रपति सी जिनपिङ सँग भेटवार्ता गरेको थियो । साथै राष्ट्रपति सीले एसियाली खेलकुदमा सहभागी हुन आएका विशिष्ट पाहुनालाई दिएको दिवा भोज कार्यक्रममा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी भएका थिए । प्रधानमन्त्री प्रचण्ड शनिबार बिहान चिनियाँ समय अनुसार १०ः १० बजे चीन पुगेका थिए । उनको चीन भ्रमण एकसाताको हुनेछ । प्रधानमन्त्री हाङचौंबाट, बेइजिङ, छोङछिङ, तिब्बत र छेन्दु हुँदै ३० सेप्टेम्बरमा नेपाल फर्कने कार्य तालिका…

Read More

काठमाडौं । पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिट्पुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले धार्मिक अगुवाहरूलाई आज गृह मन्त्रालयमा बोलाएर गम्भीर छलफल गरेका छन्  ।त्यसक्रममा उनले विश्वकै मौलिक धार्मिक सहिष्णुता भएको नेपालमा निहित उद्देश्यका कतिपयले धार्मिक उद्दण्डता देखाएर परिस्थिति भड्काउन खोजेको हुनसक्ने तर त्यसको प्रशासनिक भन्दा पनि समुदायगत समाधान दीर्घकालीन र प्रभावकारी हुने आफ्नो मान्यता सुनाए। मुलुकको एकता र सार्वभौमिकताका लागि धार्मिक एवम् सामुदायिक एकता अपरिहार्य भएको र अगुवाहरूको त्यस पहलले समुदायमा सचेतता फैलिने विश्वास समेत उनले व्यक्त गरे। उपस्थित हिन्दु, बौद्ध, मुस्लिम र क्रिश्चियन धर्मसँग सम्बन्धित अगुवा संस्थाका प्रमुखहरूले धार्मिक सद्भावका लागि संयुक्त अपिल नै…

Read More