एजेन्सी । अर्बपति एलन मस्कको कम्पनी न्युरालिंकलाई मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गर्नका लागि अनुमति प्राप्त भएको छ । रोयटर्सका अनुसार त्यस्तो अनुमति पाएसँगै न्युरालिंकले मस्तिष्कमा चिप जडान गर्ने मानिसको खोजी सुरु गरिसकेको छ । एउटा विशेष भर्ना प्रक्रियाबाट त्यस्तो व्यक्तिको छनोट गरिने बताइएको छ । उक्त ट्रायलका क्रममा सुरुमा पक्षघातका रोगीको मस्तिष्कमा चिपसेट जडानको परीक्षण गरिनेछ । न्युरालिंकले यस्ता व्यक्तिको खोजी गरिरहेको छ जसमा सर्भाइकल स्पाइनल कर्डको समस्याका कारणले पक्षघात भएको छ वा एमायोट्रोफिक ल्याटरल स्क्लेरोसिस जस्ता स्वास्थ्य समस्या छन् । यद्यपि न्युरालिंकले यो अध्ययनका क्रममा सुरुमा कतिजना मानिसमा परीक्षण सुरु गर्न लागेको छ भन्ने चाहिं खुलेको छैन । यो…
Author: सन्देश पोस्ट
विर्तामोड । नेकपा (एकीकृत समाजवादी) ले १४ असोजदेखि समाजवाद जागरण यात्रा सुरु गर्ने भएको छ । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीले झापाको काँकडिभिटास्थित मेची नदीबाट १४ असोजदेखि सुरु गर्ने समाजवाद जागरण यात्रालाई माहाकाली पुगेर सम्पन्न गर्ने भएको हो । नेकपा (एकीकृत समाजवादी) ले १४ असोजदेखि समाजवाद जागरण यात्रा सुरु गर्ने भएको छ । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीले झापाको काँकडिभिटास्थित मेची नदीबाट १४ असोजदेखि सुरु गर्ने समाजवाद जागरण यात्रालाई माहाकाली पुगेर सम्पन्न गर्ने भएको हो । विर्तामोडस्थित पार्टी कार्यालयमा आज (बुधबार) आयोजित बैठकमा जागरण यात्रालाई व्यवस्थित र सफल बनाउन केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज पुष्प पोख्रेलको संयोजकत्वमा जिल्ला कमिटीका…
काठमाडौं : नेपाल शिक्षक महासंघ सदनमा दर्ता भएको शिक्षासम्बन्धी विधेयकप्रति आपत्ती जनाउँदै आन्दोलित भएको छ। महांसघले संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने बनेको विधेयक २०८० शिक्षकहरूको हकहित विपरीत भएको भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो। देशभरबाट विद्यालय नै बन्द गरेर काठमाडौं आएका शिक्षकहरू माइतीघरमा भेला भइ प्रदर्शनमा उत्रिएका हुन्। शिक्षकहरूको प्रदर्शनका कारण सो सडक खण्डको ट्राफिक अस्तव्यस्त बनेको छ। विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरुको सवालमा ध्यान दिन नसकेको महासंघको आरोप छ । त्यस्तै अस्थायी अवधि गणना तथा निवृत्तिभरण,शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा समेत…
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानको कार्यान्वयनलाई गति दिँदै राजनीतिक स्थायित्व, शान्ति र सुशासन कायम गरी देश र जनताको आकाङ्क्षा परिपूर्ति गर्ने दिशामा सरकार निरन्तर प्रयासरत रहेको बताएका छन् । संविधान दिवस, २०८० का अवसरमा आज मूल समारोह समितिले सैनिक मञ्च (टुँडिखेल)मा आयोजना गरेको कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री खड्काले संविधानप्रति सबैको सच्चा सम्मान र समर्पणले नै देशलाई समृद्ध लोकतन्त्रको नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । उनले संविधानका आधारस्तम्भहरू क्रमशः सवल बन्दै गएसँगै देशमा राजनीतिक स्थायित्व कायम भएकाले अबको कार्यसूची सुशासन, समृद्धि र सामाजिक न्याय भएको स्पष्ट पारे । ‘भौतिक पूर्वाधारका साथै आर्थिक र सामाजिक पूर्वाधार निर्माणमा जोड दिँदै…
विराटनगर । जातीय पहिचान पक्षधर संघसंस्था र राजनीतिक दलसम्वद्ध भातृ संगठनहरुले विराटनगरमा कोशी नामकरणविरुद्ध मंगलबार प्रदर्शन गरेका छन् । उनीहरुले सुनसरीको इटहरीदेखि विराटनगरको महेन्द्र चोकसम्म मोटरसाइकल र्याली आयोजना गरेका हुन् । उनीहरुले प्रदेशको नाम कोशी खारेज गर्न माग गरेका छन् । त्यसैगरी मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा समेत मागेका छन् । प्रदेशको नामकरणमा जातीय पहिचानका आधारमा हुनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका पहिचानवादी संघसंस्थाहरुमाथि एमाले विरुद्ध आन्दोलन गर्ने गरेको आरोप लाग्दै आएको छ । यसअघि कोशी प्रदेशमा नेपाली कांग्रेसका मुख्यमन्त्री उद्धव थापा रहँदासम्म चुपचाप बसेका पहिचानवादी संघसंस्थाहरुले एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार गठन भएपछि आन्दोलनका गतिविधि सुरु गरेका हुन् । कोशी नामाकरण…
झापा । नेपाल शिक्षक महासंघ मेचीनगरले असोज ३ गतेदेखि मेचीनगर क्षेत्रका सबै विद्यालय बन्द गर्न आव्हान गरेको छ । महासंघ नगरसमिति र शिक्षक तथा कर्मचारीहरुका विभिन्न संगठनको संयुक्त बैठकले शिक्षा बिद्येयकमा भएका बिषय संशोधनका लागि शिक्षक महासंघको आव्हानमा असोज ३ गतेदेखि हुने काठमाण्डौ केन्द्रीत आन्दोलनमा सहभागि हुन मेचीनगरका सबै विद्यालय बन्द गरेर काठमाण्डौको आन्दोलनमा सहभागि हुन आव्हान गरेको छ । धुलाबारीमा आज बसेको बैठक पछि महासंघ र शिक्षकसंग सम्बद्ध विभिन्न संगठनहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘आन्दोलनमा जानु शिक्षकहरुको रहर होईन बाध्यता हो ।’ सरकारले शिक्षक महासंघसंग गरेको पटक पटकको सहमति उल्लघंन गर्दै शिक्षा विद्येयक संसदमा दर्ता गरेकोका…
मेचीनगर । एक दिने दिदिबहिनी आत्मिक जागृति सम्मेलन सम्पन्न भएको छ । कृपा फ्रि मेथोडिस्ट चर्च काँकरभिट्टाको दिदिबहिनी परिषद्को आयोजनामा एक दिने आत्मिक जागृति सम्मेलन भएको हो ।कार्यक्रकमकी प्रमुख बक्ता गुरुआमा रोजी शेर्पाले तीन सेसनसम्म बाइबलीय बचनबाट बोल्नुभएकी थिइन् ।कार्यक्रमको पहिलो सेसनमा योएलको पुस्तकबाट बोल्दै भन्नुभयो,– प्रभुको दिन नजिक आएकाले तुरही फुक्दै चेताउनीको ध्वनीहरु बजाउदै आत्मिक उपासनाको रुपमा पवित्र र परमेश्वरलाई ग्रहणयोग्य जिउदो बलिदानको अर्पण गर्नुपर्ने बताउनुभयो । आफ्नो लुगा होइन, तर आफ्नो हृदय फटाएर परमप्रभु परमेश्वरतिर फर्कनु पर्ने बताउनु भयो । त्यसैगरी दोस्रो सेसनमा संसारिक विधि–बिधान व्यवस्थाले जीवन दिँदैन, तर ख्रीष्ट येशूमा बिश्वास र आत्मिक नजिकताले मात्र जीवन प्राप्तगर्न…
काठमाडौँ । संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले स्वागत गरेका छन्। आइतबार न्युयोर्क पुगेका प्रधानमन्त्रीसहितको टोलीलाई परराष्ट्रमन्त्री साउदले स्वागत गरेका हुन्। महासभाको पूर्वतयारीका लागि परराष्ट्रमन्त्री साउद गत भदौ २६ गते नै न्युयोर्क पुगेका थिए। प्रधानमन्त्री प्रचण्डको टोलीलाई जोन एफ. केनेडि इन्टरनेशल अन्तर्राष्ट्रिय विमानस्थलामा संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थायी प्रतिनिधि लोक बहादुर स्वागत गरेका थिए। प्रधानमन्त्रीले असोज ४ गते ७८ औं महासभालाई सम्बोधन गर्नेछन्। प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाटै चीन जाने कार्यक्रम छ। चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार, यातायात, कृषिलगायत विषयमा दुई पक्षीय छलफल र समझदारी हुने परराष्ट्र मन्त्रालयले जनाएको…
काठमाडाै । सरकार र आन्दोलनरत चिकित्सक संघ बीच ६ बुँदे सहमति भएको छ। आइतबार साँझ भएको उक्त सहमतिसँगै चिकित्सिकहरूले थालेको आन्दोलन स्थगित भएको छ। हेटौंडास्थित सञ्चो अस्पतालका दुई जना डाक्टरलाई बिरामीका आफन्तले कुटपिट गरेको घटनाको विरोधमा चिकित्सकहरूले आइतबार आकस्मिकबाहेकका सेवा बन्द गरेर प्रदर्शन गरेका थिए। चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि स्वास्थ्य मन्त्रालयले आजै वार्ता समिति बनाएको थियो। सरकार र चिकित्सकबीच भएको सहमतिमा सञ्चो अस्पतालमा डाक्टरमाथि कुटपिट गर्ने अभियोगमा पक्राउ परेका ४ जना र पक्राउ पुर्जी जारी भएका अरू ५ जनालाई पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने, उक्त ऐन कार्यान्वयनमा सरकारका सरोकारवाला निकाय प्रतिवद्ध रहने, स्वास्थ्यकर्मी तथा…
झापा । लामो समयदेखि वकालत गर्दै आएका दक्षिणी झापाका पूर्णप्रसाद राजवंशी आफ्नो समुदायबाट न्यायाधीश बन्ने पहिलो व्यक्ति हुने भएका छन् । राजवंशीलाई न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेसँगै उनी राजवंशी समुदायको पहिलो न्यायाधीश बन्ने भएका हुन् । झापाको कचनकवल गाउँपालिका–३ स्थायी घर भएका राजवंशीलाई न्याय परिषद्ले हिजो उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । शुक्रबार बसेको परिषदको बैठकले राजवंशीसँगै २७ जनाको नाम सिफारिस गरेको थियोे । राजवंशी कानुन व्यवसायीको समूहबाट उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका हुन् । सिफारिस सूचीमा उनीसँगै छजना कानुन व्यवसायी पनि छन् । झापाबाट सिफरिसमा पर्ने उनी मात्र हुन् । नेपाल ल क्याम्पसबाट कानुन विषयको अध्ययन…