काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिक वृत्त स्तब्ध भएको छ । संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको गएराति अकस्मात निधन भएको हो । हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल पुर्याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । नेम्वाङको निधनप्रति नेपालका सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । राष्ट्रपति पौडेल, प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवाले नेम्वाङको निधनले मर्माहत बनाएको बताउँदै श्रद्धाञ्जली अर्पण गरेका छन् । यस्तै, नेकपा एमालेका नेताहरू प्रदीप ज्ञवाली नेम्वाङको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भएको बताएका छन् भने महेश बर्तौलाले मियो गुमाएको बताएका छन् । दिवंगत नेम्वाङलाई श्रद्धाञ्जली…
Author: सन्देश पोस्ट
बाँके । नेपालगन्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख रुपैयाँसहित दाङको तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका छन् । श्री एयरलाइन्सको उडानमार्फत नेपालगन्जदेखि काठमाडौं जान लाग्दा विमानस्थलमा जाँचका क्रममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको २६ लाख रुपैयाँसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सापकोटासँगै रहेका सोही कार्यालयमा कार्यरत दीपक पौडेल भने फरार रहेका प्रहरीको भनाइ छ ।
मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई डेंगु पोजेटिभ देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि आज धुलाबारी स्थित हरिहलेसी मेडिकल हलमा गरिएको परिक्षणमा डेंगु पोजेटिभ देखिएको उनको सचिवालयले जानकारी दिएको छ । सचिवालयले केहीबेर अघि सामाजिक संजाल फेसबुकमार्फत मेयर वुढाथोकीलाई डेंगु पोजेटिभ भएको जानकारी दिएको हो ।
मकवानपुर, प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू राम्रो काम गरेर देखाउन तेस्रोपटक प्रधानमन्त्री भएको बताएका छन्। प्रधानमन्त्रीका रूपमा आफ्नो तेस्रो कार्यकाललाई अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले प्रधानमन्त्री भएसम्म राम्रो काम गर्ने उनको भनाइ छ। आइतबार हेटौँडामा चार दल सम्मिलित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राम्रो काम गर्दा पदबाट हटाइन्छ कि भन्ने चिन्ता नभएको प्रस्ट पारे। ‘म प्रधानमन्त्री भएदेखि नै सरकारले धेरै राम्रा कामहरू गरिरहेको छ। सरकारले देशमा व्याप्त रहेको भ्रष्टाचार, बेथिति र कुशासनका विरुद्ध अभियान नै सञ्चालन गरेको छ। म प्रधानमन्त्रीहुन्जेल यो अभियान रोकिन्न,’ उनले भने। केही व्यक्तिलाई आफ्नो सरकारले चालेको सुशासनको अभियान मन नपरेको उनले दाबी गरे।…
तुलसीपुर : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालमा बनेको जाँडलाई ब्रान्डिङ गरेर विदेश निर्यात गर्नुपर्ने बताएका छन्। दाङको भालुवाङमा आज आयोजित प्रदेशस्तरीय नागरिक शिखर सम्मेलनमा उनले सरकारले जाँड बनाएर निर्यात गर्नका लागि बजेटको व्यवस्थासमेत गरेको बताए। ‘कोरियाको जाँड नेपाल आउँछ, त्यो सबैले खान मिल्ने। यहाँको जाँड त्यहाँ बेच्न नमिल्ने?,’ उनले प्रश्न गरे। उनले स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर बजारीकरण गर्ने गरेको बताए। उनले कोइलाबास नाका खुलाउनेतर्फ ध्यान दिनुपर्ने आफूले पहल अगाडि बढाएको बताए। उनले नेपाललाई धार्मिक, पर्यटन र आर्थिक सुधार गर्नुपर्ने बताए।
काठमाडौं । गायक प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको छ । उक्त गीत दुई वर्षअघि तीजपर्वमा सार्वजनिक ‘कुरा बुझ्न पर्च’को दोस्रो भाग हो । गायक सपूतको शब्द÷सङ्गीत रहेको उक्त गीतमा गायिका समीक्षा अधिकारीले स्वर दिनुभएको छ । गीतको म्युजिक भिडियोमा नायिका स्वस्तिमा खड्का, आँचल शर्मा, अभिनेता गौरव पहारी, विशाल पहारी र स्वयं सपूतको अभिनय रहेको छ । आरन प्रोडक्सनले प्रस्तुत गरेको सो गीत गायक सपूतको आफ्नै युट्युब च्यानलबाट गए राति सार्वजनिक गरिएको हो । महिलामाथि हुने विभेद अन्त्यका लागि कानुन प्रभावकारी हुनुपर्ने सन्देश गीतले दिन खोजेको गायक सपूतले बताउनुभयो । नेपाली समाजको संवेदनशील र महत्त्वपूर्ण कथालाई…
काठमाडौं । कोशी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको छ । उसले आज (आइतबार) बजेट ल्याउने तयारी गरेको हो । हिक्मतकुमार कार्की पुनः मुख्यमन्त्री बनेपछि पहिलोपटक उनले अध्यादेशमार्फत बजेट ल्याउन लागेका हुन् । कार्कीले शुक्रबार बेलुका मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । सोही दिनको बैठकको निर्णयअनुसार आजै अध्यादेश जारी गर्ने तयारी गरिएको छ ।
मराकेस (मोरक्को) । मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ८२० जनाको मृत्यु भएको छ । ६७२ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये २०५ जनाको अवस्था गम्भीर छ । भूकम्पमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका छन् । उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लांका, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ । शुक्रबार राति ११ः११ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए । अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् । शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का आज पनि महसुस गरिएको मोरक्कोका सञ्चारमाध्यमले जनाएका छन्…
काठमाडौं । गृह मन्त्रालयले १० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ। गृहले मातहतका १० प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको शुक्रबार जनाएको छ। उनीहरूको हालको पद, कार्यरत कार्यालय, सरुवा भएको पद र सरुवा भएको स्थानबारे गृहले सूचनामा उल्लेख गरेको छ। सरुवा भएको स्थानबारे गृहले सूचनामा उल्लेख गरेको छ।
झापा । चाडबाड नजिकिएसँगै झापाका सीमा नाकाबाट प्रतिबन्धित बारुदजन्य पदार्थ पटाका भित्रिन थालिसकेको छ । सशस्त्र प्रहरीले कचनकवल गाउँपालिका ५ स्थित सुनकोशी चिया बगानबाट ठूलो परिमाणमा पटाका बरामद गरेसँगै नाकाबाट भित्रिन थालेको प्रमाणित भएको हो । तिहार आउन करिब २ महिना बाँकी रहँदा बिहीबार साढे ८ बजेको समयमा सशस्त्र प्रहरीले ठुलो परिमाणको पटाका बरामद गरेको छ । योसँगै तस्कर समूह अहिलेदेखि नै पटाका भित्र्याउन लागिपरेको पाइएको हो । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट डाँगावारीबाट खटिएका सशस्त्रको टोलीले भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएको करिब ४ लाख ७० हजार मुल्यबराबरको पटाकासहित एउटा मोटरसाइकल नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण…