काठमाडौँ । प्रदेश र स्थानीय तह गरी विभिन्न १८ जिल्लाका २१ जनप्रतिनिधिको पद रिक्त भएको छ । गत वर्ष वैशाख ३० मा भएको स्थानीय तह निर्वाचन र मङ्सिरमा भएको आम निर्वाचनमा निर्वाचित प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समिति प्रमुख एक–एक र १७ वडाध्यक्ष पद रिक्त भएको पाइएको हो । निर्वाचन आयोगबाट रातोपाटीले प्राप्त गरेको सूचीमा अधिकांशको मृत्युको कारण पद रिक्त भएको देखिन्छ । २१ पद रिक्त पदमध्ये कांग्रेसका १२ स्थान, एमालेका ४, माओवादी ४ र स्वतन्त्र एक रहेका छन् । सात वटा प्रदेशमध्ये सबैभन्दा धेरै पद सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका छन् । कोशी र मधेस प्रदेशमा दुई–दुई पद…
Author: सन्देश पोस्ट
काँकरभिट्टा । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औं रास्ट्रिय दिवसको अवसरमा काँकरभिट्टामा विविध कार्यक्रम सम्पन्न भएको छ । कारितास नेपालको आयोजना तथा जिल्ला प्रशासन कार्यालय झापाको संयोजन र मेची सामुदायिक सेवा केन्द्रको सहकार्यमा आयोजित कार्यक्रममा मानव बेचबिखन बिरुद्धको अभियान सञ्चालन गर्दै आएका क्रियाशील नौ वटा गैरसरकारी संस्थालाई जिल्ला प्रशासन कार्यालय झापाले सम्मान गरेको छ । सम्मानीत हुनुहुनेमा मााइती नेपाल, कारितास नेपाल, एबीसी नेपाल, शक्ति समूह, विश्व सेवा विस्तार, साहसी महिला नेपाल, साना हातहरु नेपाल, आफन्त नेपाल र मानवाधिकारका लागि एकल महिला समूहलाई मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औं दिवसको अवसर पारेर आज काँकरभिट्टामा सम्मान गरिएको हो । कोशी…
इनरुवा (सुनसरी) । सुनसरी सदरमुकाम समेत रहेको इनरुवामा रहेको नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जुकुमार महतोलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीले मङ्गलबार नियन्त्रणमा लिएको छ । विद्युत् प्राधिकरणबाट उद्योगमा विद्युत् क्षमता वृद्धि गरिदिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भनी गोप्य सूचनाका आधारमा अख्तियारको इटहरीबाट खटिएको टोलीले रु २५ हजारसहित पक्राउ गरेको अख्तियारका केन्द्रिय प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो । प्राधिकरणबाट उद्योगमा विद्युत् क्षमता वृद्धि गरिदिए बापत सेवाग्राहीसँग घुस/रिसवत लिएको अवस्थामा पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । मेहतालाई इनरुवा नगरपालिका–३ मा रहेको एक होलमा घुस रकम लिइरहेको अवस्थामा रु २५ हजारसहित रङ्गेहात पक्राउ गरिएको प्रवक्ता दाहालले जनकारी दिनुभयो…
फुङ्लिङ (ताप्लेजुङ) । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा रु तीन करोडभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९-८० मा रु तीन करोड १९ लाख १६ हजार आठ सय भेटी सङ्कलन भएको हो । नोट पैसा रु दुई करोड ८५ लाख ६२ हजार चार सय ९८, सिक्का सटहीबाट रु आठ लाख १५ हजार छ सय, दाताले बैंकमा जम्मा गरिदिएको रु १४ लाख ५४ हजार चार सय तीन र भेटीवापतको भारु रु १० लाख ८४ हजार तीन सय सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिका कायकारी निर्देशक मनमणि काफ्लेका अनुसार अघिल्लो आवमा भने रु दुई करोड…
काठमाडौं । नेपालले टेस्ट राष्ट्र भारतविरुद्ध शानदार ब्याटिङ गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० रन बनाएको छ । एसिया कपमा भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाए । ओपनर कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका आसिफले ८ चौकाको मद्दतमा ५८ रन बनाए । अलराउण्डर सोमपाल कामीले महत्वपूर्ण इनिङ खेले । दिपेन्द्रसिं ऐरी र सन्दीप लामिछाने साझेदारी गरेका सोमपालले दुई छक्का र एक चौका सहित ४८ रन जोडे । ओपनर कुशल भुर्तेलले २५ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा २५ बलमै ३८ रन जोडे । दिपेन्द्र सिंह ऐरी…
काठमाडाैं । आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपालले भुटानलाई तीन विकेटले हराएको छ । नेपालले लगातार तेस्रो जित हासिल गरेको छ । यसका साथ नेपाल समूह ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । पहिले ब्याटिङ्ग गरेको भुटानले नेपाललाई ४० रनको लक्ष्य दिएको थियो । यो लक्ष्य नेपालले १३ ओभर २ बलमा ७ विकेट गुमाउँदै भेटाएको हो । नेपालका कप्तान रुविना क्षेत्री १२ रनमा अविजित रहिन् । कविता जोशी ९ रनमा आउट भइन् । सीता रानामगरले ८ तथा पूजा महतोले बलमा ३ रन जोडिन् । भुटानका कप्तान डिन्चिन वान्ग्मोले २१ रन बनाउनुबाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन…
काठमाडौं । अमेरिकी प्रथम महिलादेखि बेलायती राजकुमारीसम्म, हलिउडदेखि बलिउडसम्म नेपालीमूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङको डिजाइनलाई संसारका चर्चित सेलिब्रिटीले पहिरिएका छन् । गुरुङको पहिरन पहिरिने ए–लिस्टर सेलिब्रिटीको सूचीमा लेडी गागा थपिएकी छन् । यी पपस्टार तथा हलिउड अभिनेत्रीले शनिबार राति अमेरिकाको लस भेगासस्थित रेसिडेन्सीमा आयोजित जाज–पियानोको डल्बी लाइभ समारोहमा प्रबलको पहिरन लगाएर प्रस्तुति दिएकी थिइन् । प्वाँख र क्रिस्टलले बनेको सिल्क लेमी गाउनमा उनी सजिएकी थिइन् । जसलाई गुरुङले इन्स्टाग्राममार्फत सेयर गरेका छन् । गत साता प्रबलको सन् २०२३ को फल कलेक्सनमा हलिउड अभिनेत्री जेसिका चेस्टेन पनि सजिएकी थिइन् । चेस्टेनले नेभी ब्लु ब्लेजर र पाइन्ट लगाएर न्युयोर्कमा हिंडिरहेकी थिइन्…
एजेन्सी, सिड्नी । अस्ट्रेलियाको अधिकांश स्थानमा गर्मी बढेको भन्दै सम्भावित विपद्बाट सतर्क रहन चेतावनी जारी गरिएको छ । जङ्गलमा डढेलो लाग्न सक्ने र गर्मी अत्यधिक बढ्न सक्ने भन्दै सबैलाई सतर्क रहन त्यहाँको मौसम विज्ञान ब्युरोले चेतावनी दिएको हो । बिहीबार जारी गरिएको पूर्वानुमानमा २०२३ मा अस्ट्रेलियाका अधिकांश स्थानमा वर्षा कम हुने बताइएको छ । त्यस्तै तापक्रम पनि उच्च हुने बताइएको छ । गर्मीका कारण जङ्गलमा डढेलोको सम्भावना उच्च रहेकोले सावधानी अपनाउन आग्रह गरिएको छ । अधिकांश क्षेत्रमा गत वर्षको तुलनामा कम मात्रै वर्षा हुने र त्यसको असर कृषि उत्पादनमा पनि पर्ने बताइएको छ । अहिले अस्ट्रेलियाको तापक्रम १९६१—१९९० को औसतमा भन्दा…
काठमाडौँ। पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । शाहलाई मुटुमा केही असहज भएपछि शुक्रबार मण्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना गरिएको हो । पारसको स्वास्थ्य अवस्था हाल सामान्य रहेको अस्पतालले जनाएको छ । तर, मुटुमा यसअघि पनि समस्या देखिएको र आईसीडी राखिएकोले २४ घन्टा सुपरिवेक्षणका लागि भर्ना गर्ने निर्णय लिइएको जनाइएको छ । उनलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन् ।
मेचीनगर । झापाका एक बालकको उपचार गर्न युएईमा कार्यरत काँकरभिट्टाका युवाहरुले “काँकरभिट्टा परोपकारी हातहरूद्धारा” आर्थिक सहयोग गर्नुभएको छ । सो रकम मेचीनगर–६ काँकरभिट्टा निवासी मञ्जु घिमिरेको छोरा निकित घिमिरेलाई उपचारको लागि काँकरभिट्टाका यूवा राजेश गुरुङ्गको हातबाट हस्तान्तरण गर्नुभएको हो । गुरुङ्गले निकितको आमा मञ्जु घिमिरेलाई ९२ हजार प्रदान गर्नुभएको छ । काँकरभिट्टा निवासी यूवा राजेश गुरुङ्गका अनुसार मञ्जु घिमिरेले बिर्तामोडको बिएनसी अस्पतालबाट आफ्नो नानी बचाईदिन कारुणिक अपिल भिडियोमा देखेपछि मन थाम्न नसकेर काँकरभिट्टाकै बिदेशमा हुनेएक यूवा भाईलाई सो भिडियो शेयरगरि सहयोग गरौं भनेपछि युएईमा कार्यरत यूवाहरुद्धारा “काँकरभिट्टा परोपकारी हातहरूद्धारा” सो रकम तुरुन्त पठाईदिनुभयो । आज केहि थप उपचारको लागि भएपनि…